कांग्रेस आत्तिनुपर्दैन – केपी शर्मा ओली

एमाले र माओवादीवीच असोज १ गते सम्पन्न तीनबुँदे सम्झौता प्रति कांग्रेसले आशंका व्यक्त गरेका छ नि?
– यसमा कांग्रेस चिढिनुपर्ने आवश्यकता छैन। यो कांग्रेसका विरुद्ध लक्षित छैन। उल्झनको राजनीतिलाई सहजतातर्फ, सरलतातर्फ लान, सकिन्छ भनेर हामीले गरेको प्रयासबाट त्यो सहमति भएको हो। माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिने भन्ने त्यसको सार कुरा हो। शान्ति प्रक्रिया अगाडि बढाउने र संविधान लेख्न अनुकुल हुने भएकाले सहमतिकै सरकार बनाऔं भन्ने मुख्य कुरा पनि हो। धेरै उम्मेदवार प्रतिस्पर्धामा रहिरहँदा स्वभावतः सहमति बन्न गाह्रो हुन्छ। पहिले हाम्रा अध्यक्षले उम्मेदवारी फिर्ता लिनुभयो, त्यसपछि असोज १० गतेको निर्वाचनमा माओवादी अध्यक्षले उम्मेदवारी फिर्ता लिनुभयो। यद्यपि माओवादी अध्यक्षले उम्मेदवारी फिर्ता लिनुहुन्न कि भन्ने आशंका थियो। यसपटक अच्चमै भयो, माओवादी पार्टीकै इतिहासमा पहिलोपल्ट प्रतिवद्धता अनुरूप प्रचण्डले उम्मेदवारी फिर्ता लिनुभएको छ। यसलाई सकारात्मक रूपमा लिनुपर्छ। अब गलत उद्देश्यमा यसको प्रयोग गरिनुहुन्न। एमालेको प्रयासमा भएको यो सहमतिलाई कांगे्रसले आशंका गर्नुपर्ने कुनै कारण छैन। अहिलेको अवस्थामा जनताले आफूलाई प्रधानमन्त्री बनाउन चाहेका रहेनछन् भन्ने यर्थाथ र सच्याइलाई बुझेर माओवादीले उम्मेदवारी फिर्ता लियो यो नै मुख्य कुरा हो। माओवादी र एमालेबीच सहमति हुन त एकवर्षै लाग्यो नि? यसरी दलहरू भड्किँदै गएको अवस्थामा कसरी सहमति हुन्छ? – मलाई भड्किँदै गएको भन्ने लाग्दैन। कुनै पनि कुरामा क्रियाप्रतिक्रिया ,समझदारी–असमझदारी, आशंकाका पक्षहरू हुँदैमा त्यसैलाई प्रमुख ठान्नुहुँदैन। अहिले पनि मैदानमा नेपाली कांग्रेस निर्विरोध उम्मेदवार छँदैछ। सहमतिका निम्ति उसले पनि उम्मेदवारी फिर्ता लिनुपर्छ भन्ने हाम्रो भनाइ हो। माओवादीको उग्ा्रपन्थी विचार, व्यवहार र उद्देश्यका कारण हामीले समर्थन फिर्ता लिएकाले प्रचण्डको सरकार ढलेको थियो। सरकार ढल्नुअघि हामीले त्यसो नगर्न चेतावनी दिएको कुरालाई प्रचण्डले गम्भीरतापूर्वक लिएका भए अहिले पनि सिंहदरबारमा नै हुन्थे। तर हाम्रा सुझावलाई बेवास्ता गरी अहंकार र उन्माद देखाए। बाबुनानुहरूको घैँटोमा घाम लागेन। यसले हाम्रो आँखा खोलिदियो। उग्रपन्थीलाई, लोकतान्त्रिक मूल्यमान्यता नमान्ने उपद्रोकारीलाई सत्ता सुम्पिएर शान्ति प्रक्रिया सफल हुन्छ भन्ने भयानक भ्रम हामीले पालेका थियौं। माओवादीले लोकतन्त्रसँग मतलब छैन भनेपछि झस्याङ्ग भएर हामी उसलाई सपार्न लागिपरेका हौं। डेढ वर्षपछि त्यसमा हामीले केही सफलता हात पारेका छौं। यो कुरा कांग्रेसले बुझ्नुपर्छ। कतिपयले त एमालेको राजनीतिक कित्ता छुट्टिएन प्रस्ट पार्नुपर्यो। भनिरहेका छन् नि? – नेपालमा दुइटा कित्ता मात्रै छन्। एउटा जनताको बहुदलीय जनवादी कित्ता। त्यसको नेतृत्व नेकपा एमालेले गरेको छ। त्यो कित्तामा लोकतन्त्रमा विश्वास गर्ने प्रगतिशील, सामाजिक न्याय र समानतामा आधारित, जनमुखी, अग्रगामी, परिवर्तनकारी शक्ति छन्। अर्को गैरजिम्मेवार, स्वार्थका लागि जे पनि गर्न तयार हुने उग्रपन्थी, हत्याहिंसा र आतंकमा विश्वास गरी सत्ता कब्जा गर्ने मानसिकता बोकेको कित्ता छ। यसले चर्का र क्रान्तिकारी कुरा गरेर गरिब, मजदुरलाई अल्मल्याइरहेको छ। त्यो उग्रवामपन्थी सोचलाई उनीहरू (माओवादी) पहिलेपहिले प्रचण्डपथ भन्थे। तर आजकल प्रचण्डपथ भन्दा बिक्री हुन छोडेपछि अब के भन्छन् थाहा छैन । तर प्रचण्डपथ भनेको त्यति सुनिँदैन। जेसुकै होस् जनताको बहुदलीय जनवादका रूपमा एमालेले अंगीकार गरेको लोकतान्त्रिक सिद्धान्त र प्रचण्डपथका रूपमा माओवादीले अंगीकार गरेको उग्रवामपन्थी अतिवादी अराजकतावादी जनविरोधी गैरजिम्मेवार सिद्धान्तका यी दुई पाटाबीच नेपाली राजनीतिमा लडाइँ चलिरहेको छ। कांग्रेसले यो दुई कित्तामा लोकतान्त्रिक पक्षलाई समर्थन गर्नुपर्छ भन्ने हाम्रो कुरा हो। कांग्रेससँग डेढ दशक भिड्नु भो, अहिले माओवादीसँग भिड्दै हुनुहुन्छ, यी दुई पार्टीमध्ये कसलाई यथार्थको धरातलमा ल्याउन बढी गाह्रो परेको छ? – कांग्रेसले आफूलाई आधारभूत रूपमा लोकतान्त्रिक पार्टी भन्ने गरेको छ। प्रचलित शब्दमा त्यसलाई बुर्जुुवा लोकतान्त्रिक पार्टी, उदार लोकतान्त्रिक पार्टी लगायतका नामले चिनिन्छ। कांग्रेसले आफूलाई लोकतान्त्रिक भने पनि संस्थागत विकास गर्न सकेन। ४६ को परिवर्तनपछि थातथलोविहीन भएका पुरानो व्यवस्थाका शासक र सञ्चालकलाई आश्रय दियो। कांग्रेसभित्र त्यस्ता तत्वहरूको हालिमुहाली भयो। अर्को कुरा सोभियत संघ, पूर्वी यूरोपमा वामपन्थीहरूले धक्का खाएपछि त्यसबाट कांग्रेसमा भयानक भ्रम पर्न गयो। कम्युनिष्टको विरोध नै लोकतन्त्र हो, लोकतन्त्र भनेपछि जे गरे पनि हुन्छ, हामीले बहुमत पाएका छौं, बहुमत नै स्वेच्छाचारिताको लाइसेन्स हो भन्ने भ्रम कांग्रेसले पाल्दा लामो समय उससँग लड्नुपर्यो्। यद्यपि त्यो लडाइँ लोकतान्त्रिक मान्यताको मोटो फ्रेम अन्तर्गत भएकाले त्यति असहज थिएन। तर माओवादीसँगको लडाइँ भने विरोधीलाई काट्ने र मारिहाल्ने सक्कली गुरिल्लाहरूसँग पर्योग। अफ्रिकी बाँदरको तरिकालाई गुरिल्ला भनिन्छ। गुरिल्ला भन्ने शब्द त्यतैबाट आएको हो। अप्रिकी बाँदरको शैली देखाउने भएकाले त्यो युद्धकौशललाई 'गुरिल्ला वारफेयर' भनिएको हो। माओवादीले ठ्याक्कै त्यसको नक्कल गर्योन। काटमार, लुटपाट, हाटहुट, कब्जाभन्दा बढी माओवादीले केही बुझेन। माओवादीले युवालाई गरिखान सिकाएन। अहिले पनि युवालाई माओवादीले काम गरी खानुपर्छ भन्दैन। लुटी खाऊ, चोरी खाऊ तर माओवादी होऊ, माओवादीको नीति यही छ। आफ्नो पक्षमा नआउनेलाई मारिहाल भनेर सिकाएको छ। अहिले पनि मान्छे मारेको मार्यैव छ। युवापंक्तिका लागि माओवादी सवैभन्दा ठूलो शत्रु हो। किनभने त्यसले युवालाई हुल्याहा बनाएर बर्बाद गरिदियो। त्यति मात्र होइन माओवादीले जातीय, भाषिक, साँस्कृतिक, धार्मिक, लैंगिक तथा क्षेत्रीय कलह सिर्जना गरेर मुलुकमा वितण्डा मच्चाइरहेको छ। त्यसैले माओवादीलाई सुधार्न सहज छैन। तर पनि म ऊ(माओवादी सुधि्रयोस् भन्ने चाहन्छु। तपाईंलाई माओवादीले नरुचाउनुको कारण के होला? – (हाँस्दै...) नरुचाउनु? जँड्याहाले दूध खाँदैनन्। दूध बेचेर भए पनि जाँडै खान्छन्। त्यही हो। विगतमा तपाइँ बिरामी पर्दा आफूसँगै एमाले पनि बिरामी परेको बताउनुहुन्थ्यो। अहिले स्वस्थ हुनुहुन्छ र सक्रियता पनि बढेको छ। तपाईंको सक्रियताबाट लोकतन्त्रले, जनताले र एमालेले के पाउँछन् त? – पहिले एउटा परिस्थिति थियो। मैले कतिपय अवस्थामा खेल्नुपर्ने भूमिका खेल्न सकिनँ। साथीभाइलाई सम्झाउनुपर्ने र राजनीतिक पार्टीलाई सम्झाउनुपर्ने कुरा सम्भव हुन सकेन। राजनीति पार्टीमा, कार्यकर्तामा र जनतामा मप्रति जुन विश्वास बनेको छ त्यो कतिपय कारणले प्रकट हुन पाएन। झन्डैझन्डै बिमारीको कारणले म नेपाली राजनीतिमा अनुपस्थितिको अवस्था जस्तोमा रहेँ। त्यो स्थितिको भरपूर लाभ माओवादीले उठाउन पाए। मैले यस कुरामा पटकपटक संकेत गरेको थिएँ। देशका राजनीतिक शक्तिहरूले मुलुक हाँक्ने कुरामा गम्भीर बन्न नसक्दा माओवादीका ट्याक्टिसमा ट्याकल गर्न नसक्दा माओवादीको फन्दामा मुलुक फस्यो। तर, अब यदि चुनाव हुन्छ भने माओवादीको यो हैसियत कायम रहँदैन। माओवादीले अहिले आफू प्रथम शक्ति भएको डंका पिटिरहेको छ। तर यो अस्थायी हो भन्ने उसले बुझे हुन्छ। चुनाव हुने हो भने तेस्रो पोजिसनमा भए धन्न। राजनीतिमा कहिलेकहिले धोकापूर्ण चुम्बकत्व हुन्छ। त्यही कृतिम चुम्वकत्व माओवादीमा प्रकट भएको थियो। माओवादीको चुम्बकत्व भ्रमपूर्ण र धोकापूर्ण थियो। त्यो समयले प्रस्ट्याइरहेको छ। अहिले मान्छेले माओवादीको असली चरित्र थाहा पाइसकेका छन्। तपाईंले जनकपुर महाधिवेशनमा अघि सार्नुभएको लोकतान्त्रिकरणको सिद्धान्तलाई बुटवल महाधिवेशनले अंगीकार गरेका छ। अहिले यस नीतिको प्रयोग र परिणामको समीक्षा कसरी गर्नुभएको छ? नेपालको कम्युनिष्ट आन्दोलनमा यो नयाँ कुरा होइन। २०१४ सालमा सम्पन्न दोस्रो महाधिवेशनमा पुष्पलालको नीति पास भएको थियो र पुष्पलाललाई नेतृत्वमा आउनबाट अनेक षड्यन्त्र, तिकडम गरेर रोकिएको थियो। त्यसबेला केशरजंग रायमाझी महासचिव भएका थिए। सातौं महाधिवेशनमा कमसेकम नेतृत्वमा आउनबाट रोक्नका निम्ति, सही नीति पनि रोक्नु पर्छ भनेर प्रयत्न भयो। नीति आएपछि नेतृत्व आउने खतरालाई ध्यानमा राखेर सही नीतिलाई रोक्ने काम भएको थियो। आठौं महाधिवेशनमा पुग्दा सही नीति रोक्न सकिएन। त्यसो भएपछि २०१४ सालको विधि अपनाइयो – नीति पास गर्ने, नेतृत्व नदिने। अन्योल र अराजनीतिक तथा असैद्धान्तिक तबरले संचालन, परिचालन, व्याख्या, विश्लेषण सबै काम गरियो। छलछाम, कपटी खालका सबै कुरा हाबी भए। बुटवल महाधिवेशनको इतिहासले समीक्षा गर्नेछ। तथापि बुटवल महाधिवेशन लोकतान्त्रिकरणको पक्षमा अत्यन्तै सफल भयो। कम्युनिष्ट आन्दोलनका निम्ति मात्र हैन, नेपालको समग्र लोकतान्त्रिक आन्दोलनका निम्ति ऐतिहासिक थियो त्यो महाधिवेशन। तर यसले नेतृत्व निर्माणका संन्दर्भमा जे गर्योम, त्यो म अहिले उठाइरहन आवश्यक ठान्दिनँ। त्यसको पनि इतिहासले मूल्याङकन गर्छ। नीति निर्माणमा त्यो सफल भए पनि १३ सय प्रतिनिधि चयन भएपछि ७ सय भर्तिनिधि चयन गरिएपछि र जिल्लामा चुनाव हारेर आएका मान्छेलाई प्रतिनिधिको ट्याग लगाएर बुटवल पुर्याशइएकाले यो परिणाम आएको हो। सचिवालय आफ्नै छ, एकलौटी छ, मतपत्र कहाँ छापिन्छ कसैले थाहा पाउँदैनन्। क–कसलाई कति दिए, कति छापिए, छाप कहाँ लागे, त्यो पनि थाहा पाइँदैन। त्यस्तो अवस्थामा, गणकहरू पनि आफ्नै राखियो। एउटाका नाममा लागेको रेजामा भोट पाएको नाम उच्चारण अर्कैकोमा गरियो। जितेको मान्छे हारेको घोषणा गरियो। परिणाम आउनुभन्दा चार घन्टा अगाडि ११ सय ६० पुगेकोलाई ६ सय ४० मात्र आयो भनेर घोषणा गरियो। त्यस्तो अवस्थामा त्यो भन्दा भिन्न परिणामको अपेक्षा गर्न सकिँदैन थियो। तथापि त्यो परिणामलाई महाधिवेशनले कमसेकम लोकतान्त्रिक मूल्य मान्यता त पारित गरेकाले स्वीकार गरियो। – एमालेमाथि कांग्रेस र माओवादी हावी भइरहेका छन् नि? किन रोइस् मंगले आफ्नै ढंगले भन्ने भनाइ जस्तै भइरहेछ यहाँ। माओवादी बाहेकका सबै दलले समर्थन दिएर बहुमत हुँदाहुँदै आफ्नै सरकारलाई राजीनामा गराउने काम हाम्रो पार्टी एमालेबाट भयो। आफ्नै सरकार एमालेका नेताहरूलाई अपच भयो। आफ्नै सरकारविरुद्ध माओवादीसँग मिल्दा, कुद्दा, आन्दोलनका नाममा वितन्डा मच्चाउँदा, वक्तव्यबाजी गर्दा, हस्ताक्षर अभियान चलाउँदा, संसद्भित्र हस्ताक्षर अभियान चलाउने, नाराजुलुस गर्ने अनुशासनहीन र अराजकतालाई नेतृत्वबाट प्ा्रोत्साहन दिनेसम्मका काम एमालेभित्र हुन्छन् भने एमालेको हैसियत के हुन्छ? पार्टीले सरकारको नेतृत्व गर्ने मौका पाएको अवस्थामा सरकार टिकाउन भूमिका खेल्नुपर्नेमा पार्टीकै नेताले राजीनामा गर् कि गर् भन्छन्। अर्कोतर्फ पार्टीकै केही नेताले र सत्ता गठबन्धनका साझेदार दलले जराजीनामा नगर्नुहोस् भन्दाभन्दै कोही खुसुक्कै राजीनामा गर्दिन्छन्। अनि त्यस्तो परिस्थितिमा एमालेको हालत यो भन्दा कस्तो हुन्छ? एमाले राजनीतिक रूपले स्पष्टता र दृढताका साथ अगाडि बढ्नुपर्ने थियो। किनभने एमाले अहिले पनि जनताका मनमा बसेको सुदृढ पार्टी हो। एमालेले पनि जनमतलाई सचेत र संगठित पार्न सकेन नि? –जनताको बहुदलीय जनवादको सम्बन्धमा असहमत रहेको नेतृत्व शाब्दिक सहमति र त्यसलाई पटकपटक उल्टाउने पल्टाउने प्रयासमा लागेको छ। यो अवस्थामा यत्तिको पनि धन्न भएको छ। २०४७ सालमा नेपाली कांग्रेस हावी थियो, अहिले वामपन्थी हावी भएको अवस्थामा कम्युनिष्ट प्रधानमन्त्री प्रचण्ड र माधव नेपाल संविधान बनाउन भन्दा राजीनामा दिन पो दक्ष देखिए। यसले जनतामा कम्युनिस्टप्रतिको विश्वास घट्ला जस्तो लाग्दैन? – पाडो लाटो भए पनि दूध खान्छ, काग बाठो भएपछि कुन्नि के गर्छ भन्छन् नि। त्यस्तै हो यो। धेरै बाठा भएर, धेरै आफ्ना व्यक्तिगत स्वार्थलाई केन्द्र भागमा राखेर कुद्दा यस्तो भएको हो। तपाईंले पार्टीमा थुप्रै नेताहरूको नेतृत्व र कार्यकाल भोग्नुभयो। कसरी तुलना गर्नुहुन्छ? – नेपाली कम्युनिस्ट आन्दोलनमा अहिलेसम्म दुईजना नेता देखेँ। क. पुष्पलाल र क. मदन भण्डारी। बाँकी चाहिँ पदधारी, पगरीधारी र ओहोदाधारी हुन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out