मह जोडीको दसैं अनुभव

मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नेपाली हाँस्य क्षेत्रका पर्याय नै हुन् भन्दा फरक पर्दैन । तीन दशकदेखि निरन्तर हाँस्य क्षेत्रमा सक्रिय यस जोडीले सामाजिक सेवामा पनि उत्तिकै रुचि राख्दै आएको छ । नैतिकताको कमी भइरहेको समयमा धेरैको ‘आइडल’ बन्न सफल यस जोडीले २०६२/०६३ को जनआन्दोलनमा निर्वाह गरेको भूमिका कसैले बिर्सन सक्दैन् । एक अर्काको खुट्टा तान्ने प्रवृत्ति बढिरहेको समयमा यो जोडी अन्यका लागि अनुकरण नै बनेका छन् । मह जोडीलाई दसैँको अवसर पारेर गरिएको कुराकानी ।
पहिलो पटक कति दक्षिणा पाउनुभएको थियो ?
मनकृष्णः सानो छँदा घरको हजुरबुबाले एक मोहोर दिएको सम्झना छ ।
अहिलेसम्म थोरैमा कति र धेरैमा कति दक्षिणा पाउनुभएको छ ?
-थौरैमा एक पैसा बढीमा एक हजार रुपियाँसम्म ।
दक्षिणा थाप्न धेरै ठाउँ डुलियो कि ?
-डुल्ने गरी नै दक्षिणा थाप्न गइएन, गएको ठाउँमा कही दिन्थे, कही दिँदैनथे । मामाघर चाहिँ गइन्थ्यो ।
दक्षिणा पाएको पैसा के गरिन्थ्यो ?
-पिपरमेन्ट किनेर खाइन्थ्यो ।
नयाँ लुगा किन्न झगडा गर्नुभयो ?
-नयाँ लुगा लगाइन्थ्यो तर यस्तो नै चाहियो भनेर झगडा गरिएन ।
मासु मनपर्छ ?
-मासु नखाएको ११ वर्ष भयो । पहिले भने खाइन्थ्यो । खसी काटेको देखेर खान मन नपरेको हो । खसीलाई काट्दा आफूलाई पनि दुख्छ जस्तो लाग्यो ।
मासु खाने समयमा खसी ढाल्नुभयो कि ?
-ढालिएन, खुट्टा पनि समातिएन ।
नवरात्रीमा मन्दिर कतिको गइन्छ ?
-पहिले पहिले नौ दिनसम्म मन्दिर जान्थे । अहिले जाने वातावरण नै छैन ।
दसैँलाई कति बजेट छुट्याउनुभएको छ ?
-छैन ।
दसैँका लागि विशेष योजना छ ?
-दसैँ भनेको रमाइलो चाडपर्व हो । चाडवाडमा आमाबाबुसँग रमाइल्ाो गर्न पाए पो आनन्द हुन्थ्यो । छोरा र छोरी अमेरिकामा छन्, दसैँप्रति त्यति उत्साह छैन । कम्युटरमा हेरेर टीका लगायो, यस्तै छ ।
दसैँमा ससुराली गइएला नि ?
-ससु्राली मात्र होइन सबै आफन्तकहाँ गइन्छ ।
सानोको मामाघर रमाइलो कि बिहे भएपछि ससुराली घर ?
-मामाघर नै रमाइलो ।
घरमा कति मानिस टीका थाप्न आउँछन् ?
-४०/५० जना ।
हिन्दी फिल्मको हिरो जस्तो लाग्थ्यो
हरिबंश आचार्य
दसैँ आयो, कस्तो अनुभव भइरहेछ ?
हरिवंशः दसैँ वर्षैपिच्छे आउँछ, जान्छ । अरूबेलामा काममा व्यस्त भइन्छ । यो बेला सबैको फुर्सद हुन्छ । यो फुर्सदमा आफन्त, साथीभाइ सबैजना भेट हुँदा रमाइलो लाग्छ ।
सानो छँदा जत्तिकै रमाइलो अहिले हुन्छ त ?
-सानो छँदा भिन्नै रमाइलो, ठूलो भएपछिको भिन्नै रमाइलो । ठूलो भएपछि काम गर्नुपर्छ । कमाउनुपर्छ । आपै“mले काम गरेर कमाउँदाखेरिको रमाइलो छुट्टै हुन्छ ।
सम्झना भएसम्म पहिलो पटक दसैँमा कति दक्षिणा पाउनुभएको थियो ?
-सानो छँदा एक मोहर/एक रुपियाँ दिने चलन थियो । मामाघरमा एक रुपियाँ दक्षिणा पाएको थिएँ ।
दक्षिणालाई के गर्नुहुन्थ्यो ?
-खुत्रुकेमा खसाल्थे । चङ्गा, लटाई किन्थेँ ।
दसैँमा टीका थाप्न रमाइलो कि दक्षिणा बटुल्न ?
-सानो छँदा दक्षिणा बटुल्न, ठूलो भएपछि टीका थाप्न रमाइलो ।
सानोमा तास पनि खेलियो कि ?
-तास खेल्दैनथेँ । बरु तास खेलेको ठाउँमा गएर पैसा लुटेर भाग्थेँ ।
पैसा लुट्न मन लाग्नुको कारण ?
-त्यतिबेला हुल्याइँ गर्न मन लाग्थ्यो ।
सानोमा नयाँ लुगा लगाउन पाउँदा कस्तो लाग्थ्यो ?
-अहिले जस्तो त्यो बेलामा धेरै लुगा हुँदैनथ्यो । एक/दुई जोर हुन्थे । दसैँ आएपछि नयाँ लुगा सिलाएर टीकाको दिन लगाउने भनेर बाकसमा हालेर राखिन्थ्यो । कहिले टीकाको दिन आउला भनेर बाकस खोल्दै हेर्दै गर्थें । अझ नयाँ लुगाबाट आउनेे सेन्टलाई सुँघ्ने पनि गर्थें । टीकाको दिन नयाँ लुगा लगाएर सडकमा हिँड्दा त आफूलाई हिन्दी फिल्मको हिरो भएको जस्तो लाग्थ्यो । ऐना पनि हेरेको हेर्‍यै गर्थें ।
दसैँमा टीका लाउने मानिस धेरै छन् कि लगाइदिने ?
-परिवारको जेठो भएकाले लगाइदिनुपर्ने धेरै छन् । साढे दुई सय जतिलाई लगाइदिन्छु, चालीस/ पचास जनासँग लाउँछु ।
अरूलाई कति दक्षिणा दिनुहुन्छ ?
-बढीमा १०० रुपियाँ, घटीमा २० रुपियाँ ।
दसैँमा के कुरामा बढी खर्च हुन्छ ?
-दक्षिणा, खाना र यातायातमा बढी खर्च हुन्छ ।
दसैँमा कसरी रमाइलो गर्नुहुन्छ ?
-टीका लाउने/लगाइदिने र पहुनालाई स्वागत गर्न पाउँदा नै दसैँमा रमाइलो लाग्छ ।
जाड रक्सी, मासुमा रुचि छैन ?
-मासु अलिअलि खान्छु । उमेरको कारणले पनि धेरै खानु हुँदैन । साथीभाइ जम्मा भएर एक बोतल बियरसम्म पिइन्छ ।
दसैँमा खसी ढाल्नुभएको छ ?
-मेरो घरमा काटमार हुँदैन । सानो छँदा हुन्थ्यो । जब ममा दसैँमा काटमार गर्नु रुढिवादी परम्परा हो भन्ने चेतना आयो, त्यो बेलादेखि काटमार बन्द गरें । बजारबाट किनेर ल्याएको मासु खान्छु ।
कुनै बेला खसी ढाल्दा खुट्टा चाहिँ समातियो कि ?
-सानोमा एक दुई पटक समातियो । अहिले पश्चाताप लाग्छ । यो बालविकार पनि हो । संस्कार नै त्यही भएकाले दसैँमा साथीभाइबीच खसीको धाक लगाउँदा, खसी ढाल्दा रमाइलो लाग्थ्यो ।
पहिले र अहिलेको दसैँमा के फरक छ ?
-पहिलेको दसैँमा प्रकृतिसँग रमाउन पाइन्थ्यो, अहिले पाइँदैन । दसैँमा टीका थाप्न भनेर हिँड्दा तोरीबारीका फाँटैफाँट हिँड्नुपथ्र्यो । यसरी हिँड्दा माटोको एक किसिमको सुगन्ध आउँथ्यो तर अहिले घरैघरका बीचबाट धुलो र धुँवा खाएर टीका थाप्न हिँड्नुपर्छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out