उकेशको न्यूड फिल्म !

'एडल्ट' निर्देशक उकेश दाहाल न्यूड फिल्म 'किन-किन' निर्माणमा जुटेका छन् । आफ्नै लगानी र निर्देशनमा बन्न लागेको दोस्रो सिनेमा अघिल्लो 'पलपलमा'मा भन्दा पनि 'बोल्ड' र 'सेक्सी' हुने उकेशको भनाई छ । यौनकर्मी पुरुषको कथामा आधारित 'पलपलमा'को राम्रो रिभ्यूबाट उत्साहित उनी आफ्नो दोस्रो प्रोजेक्टका लागि अहिले 'कास्टिङ डायरेक्सन'मा व्यस्त छन् । पक्का छ -'पलपलमा'भन्दा पनि उत्तेजक हुने भनिएको उनको अपकमिङ फिल्म 'किन-किन'ले एडल्ट सर्टिफिकेट पाउनेछ । जसलाई उनी 'न्यूड सिनेमा' बताउँछन् ।
तन बूढो भएपनि मन बूढो हुँदैन भन्ने शाष्त्रिय उखानमा आधारित हुने 'किन-किन'मा अघिल्लो फिल्मका तीनजना कलाकार दीलिप रायमाझी, सुजाता सिटौला र शशी खड्का कमब्याक हुँदैछन् । अनस्क्रिनमा राम्रो केमेष्ट्री मिलेको जोडी राजेश हमाल र करिश्मा मानन्धरको मुख्य भूमिका रहनेछ फिल्ममा । राजेश-करिश्मा दुवैले साइन गरिसकेका छन् । अभिनेता कर्म पनि सर्पोटिङ एक्टस्रका रुपमा देखिँदैछन् । मल्टिस्टारर मूभी बनाउने चाहना छ उकेशको ।
सत्तरीको दशकको प्रेमकथा गेटअप, हेयरस्टाइल र लोकेसनमा देखापर्दैछन् सबै कलाकार । ४३ वर्षअगाडिको स्वरुप, गेटअप र स्टाइलमा राजेश र करिश्मालाई दर्शकले हेर्न पाउनेछन् । काठमाण्डू सहरलाई पनि सत्तरीको दशकको स्वरुपमा देखाइने भएको छ । बलिउड सिनेमा 'वन्स अपन अ टाइम इन मुम्बइ'बाट प्रभावित भएको अनुमान गरिएपनि उकेशले यो आरोपलाई खण्डन गरे । 'नेपाली मौलिकतामा त्यतिबेलाको सापेक्षतामा प्रेम र समाज पस्कन लागेको हुँ' उनले भने । फन्टासी श्रेणीमा बन्ने 'किन-किन'मा भौतिक द्वन्द्वका दृश्यहरु नसमेटिएको जानकारी उनले गराए ।
चलचित्रको स्क्रिप्ट उकेश आफैले लेखेका हुन् । महानायक हमाल यो सिनेमामा साहित्यकार पात्रका रुपमा हुनेछन् । रोचक कुरा उनै साहित्यकारले देखेको एउटी नाङ्गी युवतीको तस्विरलाई चलचित्रमा समेटिने भएको छ । नेपाली चलचित्रको इतिहासमा पहिलोपटक कुनै नाङ्गी आइमाइलाई फिल्ममा उतार्न लागेको उकेशको कथन छ । तर उक्त दृश्यमा को नाङ्गिन तयार हुन्छ टुंगो लागिसकेको छैन । नांगिने कलाकारको खोजि गरिरहेका छन् उकेश । आगामी माघको अन्त्यबाट फ्लोरमा जाने बताइएको प्रोजेक्टको अहिले संगीतमा काम भैरहेको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out