हङकङमा मध्यराती बिरालो चाल

हङकङ,, आश्विन २५ - दक्षिण एसिसाकै पहिलो फेसनेबल सहर हो हङकङ । न्यूयोर्क, रोम र पेरिसलाई पछ्याउदै यस्तो मानक स्थापित गरिरहेको हङकङको रङमा नेपाली युवापुस्ता कसरी सरोबर भैरहेको छ ? त्यो जान्नेबुझ्ने अवसर थियो आइतबार मध्यराती आयोजित फेसन प्रतिस्पर्धा 'गेल्म नाइट' । हङकङमा नेपाली तन्नेरीहरुबीच बर्षेनी सुन्दरी प्रतियोगिता आयोजना हुँदै आएको छ । अधिकांश तिनैमध्येका सुन्दरीहरु नै सहभागी थिए उक्त रात । यिनले विभिन्न पहिरनमा प्रस्तुत गरेका बिरालो चालले करिब तीन घण्टा माहौंललाई तताउनु ततायो । अधिकांश सुत्ने तरखरमा लागिरहेका हुदाँ हुन तर फेसन पारखी युवाहरुको लर्को भने वानचाइस्थित भर्टिगो अल्ट्रा लङ बारमा जुटेको थियो । युवाहरु लक्षित कार्यक्रम भएपनि उक्त साँझ त्यहाँ सहभागी हुनेहरुमा पाकाहरु पनि कम थिएनन् । कार्यक्रम सुरु हुन अगावै सिमित संख्यामा मात्र दर्शक अटाउने बार भरिभराउ थियो । टिकट सँगै एक पेय पदार्थ सित्तैमा दिइएकाले प्रवेश पाउनासाथ चुस्की लिन सुरु नगर्ने विरलै देखिए । चाहे ति युवा हुन वा युवती ।

घडीले मध्यरातको संकेत दिन करिब दश मिनेट मात्र बाकी हुदो हो, प्रस्तोता क्यारोन लिम्बूले मोडलहरु र्‍याम्पमा उत्रन लागेको संकेत गरिन । स्थानीय वेबपत्रिका बगैचा डट कम द्वारा आयोजित फेसन प्रतिस्पर्धामा पाँच बुटिकहरुको सहभागिता थियो । सुरुमै करिश्मा फेसनको पहिरनमा मोडलहरु पालैपालो स्टेजमा देखिए । गत बर्ष आयोजित सुन्दरी प्रतिस्पर्धा मिस पर्ल हङकङकी विजेता दिपा गुरुङ, सेकेण्ड रनर अप ज्योति गुरुङ र सोही प्रतियोगितामा सहभागी बनेकी सुनिता गुरुङ लगायतको आकर्षक पहिरन र बिराला चालले सुरुमै दर्शक लयायो । त्यसपछि लगालग माया फेसन, स्पाइस बस्त्र, नभ्यता कलेक्सन, डि्रम्स फेसनका तर्फबाट पन्ध्र युवतीहरु फरक-फरक पहिरनमा देखिए । हङकङकी एक्ली व्यावसायिक मोडल बोना राई आफ्नै डिजाइनमा प्रस्तुत भइन् । केही समय अघि उनले स्पाइस बस्त्र खोलेकी हुन् । हालै कान्तिपुर सहप्रकाशन साप्ताहिकको ब्लो अपमा टु-पिस पहिरनमा देखिएकी एलिजा पुन यहाँ साडीमा समेत उत्तिकै मादक देखिइन् । यिनको बिरालो चाल र कम्मर मर्काइमा ताली र सिठी बजाउनेहरुको कमी रहेन । सहभागी मोडलहरु साडी, इभनिङ गाउन र क्याजुयल पहिरनमा प्रस्तुत भएका थिए । त्यसो त उक्त रात सहभागी दर्शकहरुका पहिरन समेत मोडलहरुका भन्दा कम थिएनन् । फेसन शोमा स्थानीय गायक टोपराज लामा, मञ्जु श्रेष्ठ, सृष्टि सुनुवार, सरद श्रेष्ठ लगायतका सांगीतिक प्रस्तुतिले वातावरणलाई अझ मादक बनाउन सघायो । तर अधिकांशको आकर्षण भने फेसन शो नै रह्यो ।
सुन्दरी मोडलहरुका पहिरन र प्रस्तुति जाच्न निर्रणायक हरुमा मिस हङकङ नेपालकी पहिली सुन्दरी जुनु पुन, चर्चित एक्स ब्याण्डका गिटारिष्ट सरद श्रेष्ठ, ब्युटिसियन इन्द्र गुरुङ लगायतका थिए । रात छिप्पिदै जाँदै बियर, वाइन, ह्वीस्की र टकिलाको चुस्की थपिने क्रम अझै बढ्दै थियो । अब पाँच बुटिकहरु मध्येबाट उत्कृष्ट छान्ने पालो आयो । सबैले आ-आफ्ना थिममा तयार पारिएका डिजाइन सहित एक-एक मोडल स्टेजमा उतारे । अन्ततः बुट्टे नेपाली ढाकाको वन पिस इभनिङ गाउनमा लाली गुराँस जडित पहिरन प्रस्तुत गरेकी नभ्यता फेसनकी रेनु श्रेष्ठ उत्कृष्ट डिजाइनर छनौट भइन् । एसियन थिममा तयार पारिएको उनको पहिरन मोडल इशा लिम्बूले लगाएकी थिइन् । ज्योति गुरुङ बेष्ट मोडल घोषित भइन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out