इटालीमा मिनी स्कर्टमाथि प्रतिबन्धको तयारी

सिसली । इटालीको समुद्रतटीय शहर कास्टेल्लामार दि स्टेविया आफ्नो गलत छविलाई लिएर सधैं चर्चामा रहने गरेको छ।
अब उसले आफ्नो यो छविमा सुधार ल्याउनका लागि मिनीस्कर्ट र लो कट टपमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। यो शहरबासीलाई अभद्र भाषा प्रयोग र सार्वजनिक पार्कहरुमा फुटबल खेल्न पनि रोक लगाइनेछ। यदि कसैले यो नियम उल्लंघन गरेको खण्डमा उसलाई ६९६ डलर जरिवाना तिराइनेछ।
यो शहरका मेयर लुइगी बोब्बियोले यो नियमको बारेमा भनेका छन्-हरेक असल नागरिकले यो कानुनको सम्मान गर्नुपर्नेछ। उनले आफूले सहरको कान्सिल सदस्यहरुसँग यसबारेमा कुरा गर्ने बताएका छन् । उनले दक्षिणी इटालीको यो शहरको छविमा सुधार ल्याउन, नगरीय सभ्यता कायम गर्न र असल समाज निर्माणका लागि सहयोग गर्न आग्रह समेत गरेका छन् ।
यता स्थानीय एक चर्चका पादरीले पनि यो नियमको समर्थन गरेका छन् । उनले भने, मलाई लाग्छ यो नियम सही छ। यसले यौन शौषणको बढ्दो घटना रोक्न समेत सहयोग पुग्नेछ। यद्यपि आलोचकहरुले यसलाई निकै अचम्मको निर्णय बताएका छन् । किनभने, यो कानुन त्यो देशमा लागु गरिदैछ जहाँ मोनिका बेल्लुकी र सोफिया लारेनजस्ता सेक्स सिम्बल अभिनेतृका देश मानिन्छ ।
स्मरणरहोस् गत दुई वर्षमा जबदेखि प्रधानमन्त्री सिल्भियो बलरुस्कोनीको सरकारले काउन्सिलमा अपराध नियन्त्रण र असामाजिक तत्वसँग लड्नका लागि अतिरिक्त अधिकार दिइयो तबदेखि नै इटाली संकीर्ण कानुनमा अल्झेको छ। देशका कतिपय शहरमा यस्ता गतिविधिमा पनि प्रतिबन्ध लगाइएको छ जुन हानिकारक छैन । एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out