पुष्पकमल–पारस मलेसियामा मिलन

काठमाडौं। इन्टरनेटमा समेत अस्तित्व नभएको एसिया प्यासिफिक एक्सचेन्ज एण्ड कोअरिशन फाउण्डेशनको सहअध्यक्ष भएको प्रमाणपत्र ल्याएर माओवादी अध्यक्ष पुष्पकमल दाहालले पूर्व युवराज पारस साहसँगको राजनीतिक वातचितलाई छोप्न खोजे पनि गत साता मलेसियामा पारससँग रानजीतिक सहकार्यका लागि छलफल भएको खुलासा भएको छ। राजका वरपर भएका राष्ट्रवादी समेट्ने अभियानमा पछिल्लो पटक जनआन्दोलन दमनका दोष्ीा करार भएका शाही मन्त्रीहरूलाई पार्टी प्रवेश गराउदै हिंडेका माओवादी अध्यक्ष दाहालले राष्ट्रिय स्वधिनताको आन्दोलनमा कार्यगत एकता गर्ने सहमति पारससँग गरेका छन्।

संविधानसभावाट आफुहरूले चाहेजस्तो संविधान नबन्ने संभावना बढेको त्यसका लागि भारत काफी रुपमा लागेकाले उसका विरुद्ध ठूलै राष्ट्रवादी आन्दोलन चलाउनु पर्ने त्यस्तो अवस्थामा राजनीतिक दल र भारत आफुहरूसँग फ्रन्टमै लड्न आउने भएकाले राज परिवारको साथ आफुले खोजेको उनको भनाई रहेको स्रोतले वताएको छ। पछिल्लोपटक माओवादीले भारतीय हस्तक्षेपका विरुद्ध राष्ट्रिय स्वधिनताको आन्दोलन चर्काउने निर्णय केन्द्रीय कमिटी बैठकवाटै गरेको छ र उसले त्यसका लागि राष्ट्रवादी मोर्चा बनाएर अगाडी बढ्ने पनि योजना स्पष्ट पारेको छ। शान्ति प्रक्रियाको पूर्णता र संविधान निर्माणको जारी राजनीतिक कोर्ष अन्त्य भएपछि नयाँ शिरावाट राष्ट्रिय स्वधिनताको आन्दोलन अगाडी बढाउने र त्यसपछि सांस्कतिक अधिकार भएको राजतन्त्र राखी आफुहरू नयाँ मोडेलको राज्यप्रणाली स्थापना गर्न तयार रहेको दाहालले वचन दिएको स्रोतको भनाई छ। केही समययता पूर्व युवराज पारस जुन प्रक्रियावाट राजतन्त्र अन्त्य गरियो त्यही प्रक्रियावाट फर्कन सक्ने र त्यसका लागि माओवादीको मात्रै सहयोगले नपुग्ने वताउदै आएका थिए। पारसले आफुहरूको पछिल्लो सक्रियता माओवादीसँगको सहमतिमै भएको पनि खुलासा गरेका थिए। 'एसमा माओवादी मात्रको सहयोगले पुग्दैन तमाम दलहरू र नेपाली जनताको सहयोग चाहिन्छ' पारसले एक टेलिभिजन अन्तरवार्तामा भनेका थिए। अहिले नेपाली राजनीतिक परिदृश्यमा असली गणतन्त्रवादीका रुपमा माओवादीलाई जबर्जस्त रुपमा चिनिए पनि पूर्व राजाले चालेको माघ १९ को शाही घोषणाको पृष्ठभूमी माओवादीसँगको सहकार्यको सहमतिमा भएको पछिल्लो पटक पुष्टि हुँदै आएको थियो। मात्रै यत्ति हो माओवादीसँग भएको सहमतिका केही पक्षलाई उल्लंघन गरेर माघ १९ को घोषणा भएकाले मात्रै माओवादी दलहरूसँग लोकतान्त्रिक गणतन्त्रको आन्दोलनलाई सघाउन आएको थियो। दलहरूसँगको सहकार्यले राजतन्त्रको अन्त्य गरेपछि माओवादी आफ्नो राजनीतिक दर्शनअनुसारको संविधान बनाउन दलहरू विरुद्ध पूर्व राजालाई उपयोग गर्ने नीतिमा पुगेको हो। मलेसिया जानुअघि पूर्वराजा ज्ञानेन्द्र साहको मन्त्रीमण्डलका उपाध्यक्ष तुलसी गिरी र किर्तिनिधि विष्टसँगको भेट पनि त्यसैको आधारभूमी तयार गर्न थियो। उसले पार्टीको बाहिरी छविमा आँच नपुग्नेगरी शाही मन्त्रीहरूलाई पार्टी भित्र ल्याउने र त्यसैलाई दरवार माओवादी गठबन्धनको सहयोगी संयन्त्रको रुपमा विकसित गर्ने योजना बनाएको छ। माओवादी नेतृत्वले पार्टी प्रवेश गरेका राजाका सहयोगीहरूलाई तत्काल मोर्चा बनाएर एड्जस्ट गर्ने घोषित नीति नै बनाएको छ। पछिल्लोपटक पूर्व शाहीमन्त्री राधाकृष्ण मैनालीको माओवादी प्रवेश र अर्का शाही मन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा र माओवादीको राजनीतिक नारा पनि एकै प्रकारको हुने गरेको छ। अहिले पनि राप्रपा नेपालका अध्यक्ष थापा र माओवादी दुवैले बर्तमान सरकारले बजेट ल्याउन नहुने वकालत गरिरहेका छन्। जन आन्दोलनमा दमन गरेको अभियोगमा छनविन आयोगले कार्बाहीको सूचीमा राखेकालाई धमाधम पार्टी प्रवेश गराएर कांग्रेस र एमालेजस्ता दलहरू विरुद्ध लडाई गर्ने रणनैतिक योजना मुताविक नै मलेसियामा पूर्व युवराज पारससँग भेटघाट भएको स्रोतले वताएको छ। मलेसियावाट फर्केपछि दाहालले भारत विरुद्ध कडा अभिब्यक्ति दिनुको कारण पनि त्यही थियो। उनले मलेसियामै चीनियाँ अधिकारीसँग पनि भेटघाट गरेका थिए। -सम्बोधन

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out