सहमतिको नाटकभित्र यस्तो बितण्डा

काठमाडौं। शान्ति प्रक्रिया र नयाँ संविधानमा सहमति जुटाउने काममा उदासीनता र नयाँ प्रधानमन्त्री छनौटमा 'राष्ट्रिय सहमति' जुटाउने तत्परताका कारण मुलुक डरलाग्दो राजनीतिक ध्रुवीकरणको संघारमा पुगेको छ। सतहमा गुन्जेको राजनीतिक सहमतिको नारा प्रधानमन्त्री चयनमा मात्र सीमित छ तर, त्यसैलाई शान्ति र संविधान सुनिश्चित हुने अचुक औषधीका रुपमा प्रचार गरेर मुख्य दल माओवादी र एमाले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता गर्न रामचन्द्र पौडेललाई दवाव दिइरहेका छन्। शान्ति र संविधानको कार्यभार पुरा गर्ने कामसँग जोडिएका विषयमा एमाले केन्द्रीय कमिटीले आठबुँदे आधारपत्र नै पारित गरेको भए पनि अध्यक्ष झलनाथ खनाल भने राष्ट्रिय सहमतिलाई प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता र प्रधानमन्त्री चयनको नयाँ प्रक्रिया आरम्भसँग मात्र जोडेर माओवादी र कांग्रेससँग संवादरत छन्।

एमाले र माओवादीले १ असोजमा गरेको तीन बुँदे सहमतिपछि माओवादीले प्रधानमन्त्रीमा दिएको उम्मेदवारी फिर्ता गर्यो । प्रधानमन्त्री चुनावको एक्लो प्रतिस्पर्धी का्रग्रेसलाई थकाउन दिनदिनै चुनाव गराउने रणनीतिमा एमाले र माओवादी छन्। यसले कांग्रेसलाई एमाले र माओवादीवाट झन् टाढा पुर्याेएको छ। शान्ति प्रक्रिया र नयाँ संविधानका आधारभूत संरचनाका विषयमा एमाले र कांग्रेसका संस्थागत मान्यता उस्तै भए पनि एमाले अध्यक्ष खनाल उम्मेदवारी फिर्ताको एकोहोरो रटमा रहेकाले वास्तविक राजनीतिक मुद्दा ओझेल परेका छन्। पौडेलको उम्मेदवारी फिर्ताले आफ्नो प्रधानमन्त्री हुने वाटो फराकिलो हुने विश्वासमा रहेका खनालले शान्ति र संविधानका मुद्दामा मौनता साँधेको कांग्रेसले बुझेको छ। सहमति खोज्न दलहरूवीच पछिल्लो पटक चलेको वार्तामा शान्ति र संविधानको मुद्दा सम्बोधन नहुन्जेल कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नगर्ने कांग्रेसको अडानलाई तह लगाउन दिन दिनै चुनाव गर्ने रणनीतिमा एमाले अध्यक्ष खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुगेका छन्। राष्ट्रिय सहमति शान्ति प्रक्रियाको पूर्णताका लागि त्यससँग सम्बन्धित मुद्दामा आवश्यक थियो। तर, वालुवाटारमा कसले बसाई सराई गर्ने भन्ने विषयमै राष्ट्रिय सहमतिको परिभाषालाई सीमित गरेपछि सामान्य बहुमतले सरकार बनाउने कुरामा राष्ट्रिय सहमति र राष्ट्रिय सहमतिले संविधान बनाउने कुरामा चाही ध्रुवीकरणको खतरा बढेको हो। खासमा माओवादी लोकतान्त्रिक मुल्य मान्यतासहितको नयाँ संविधान चाहंदैन र त्यसका लागि आफ्ना सैन्य अवयवहरू क्रियाशील राख्न चाहन्छ। जव माओवादीको चाहना त्यस्तो छ भन्ने छर्लङ्ग बुझ्दा बुझ्दै प्रधानमन्त्रीको उम्मेदवारी फिर्तावाट मात्रै राष्ट्रिय सहमति खोज्ने माओवादी चाहेको परिणामका लागि एमाले नेतृत्व सहयोगी बन्न पुगेको छ। तीन मुख्य दल एमाले, कांग्रेस र माओवादीका शीर्ष नेताहरू मंगलवार र बुधवार राष्ट्रिय सहमतिका लागि भन्दै गम्भीर संवादमा थिए। दुवै दिन कांग्रेसले शान्ति प्रक्रिया र संविधान निर्माणका बाँकी काम पुरा गर्ने माओवादीले गरेको वाचा पुरा गरेर राष्ट्रिय सहमति खोज्यो भने माओवादीले रामचन्द्र पौडेलको उम्मेदवारी फिर्ता गरेर मात्र राष्ट्रिय सहमति खोज्यो। शान्ति र संविधानकै लागि राष्ट्रिय सहमतिको राजनीतिक एजेण्डा भएको एमाले भने गत जेठ १४ मा माओवादीले गरेको शान्ति र संविधानका बाँकी काम पुरा गर्ने वाचा कार्यान्वयनप्रति मौन बसेर रामचन्द्र पौडेलको उम्मेदवारी फिर्तामै जोड दिन पुग्यो। एमाले केन्द्रीय कमिटीले भने राष्ट्रिय सहमति शान्ति र संविधानका लागि भएकाले त्यससँग सम्बन्धित वस्तुनिस्ठ कार्ययोजना निर्माण र सहमतिलाई राष्ट्रिय सहमतिको आधार मानेको थियो। मंगलवार कांग्रेस संसदीय दलको कार्यालयमा भएको तीन दलको बैठकमा कांग्रेसले कब्जा सम्पत्ती फिर्ता, वाइसीएलको ब्यारेकीय संरचनाको अन्त्य, लडाकु समायोजन जस्ता १४ जेठमा भएको तीन बुँदे सहमतिको पहिलो बुँदा कार्यान्वयनलाई सहमतिको आधारका रुपमा पस्तुत गरेर त्यो सहमति पालना भए मात्र उम्मेदवारी फिर्ता गर्ने अडान राख्यो। माओवादीले शान्ति र संविधानको मुद्दा अलगै राखेर उम्मेदवारी फिर्ताको मात्र अडान राख्यो। एमालेले भने १४ जेठको सहमति कार्यान्वयनप्रति मौनता प्रदर्शन गर्योा। मंगलवारको बैठकले दुवै विषयलाइृ प्याकेजमा समाधान खोज्ने सहमति गरे पनि बुधवार एमाले संसदीय दलको कार्यालयमा बसेको तीन दलको बैठकमा माओवादीले शान्ति प्रक्रिया र संविधान निर्माणका विषयलाई उम्मेदवारी फिर्तासँग जोड्न नहुने तर्क अगाडी सार्यो र शान्ति संविधानका बारेमा गरिएको सहमति पौडेलको उम्मेदवारी फिर्तापछि मात्र कार्यान्वयन गर्ने वतायो। जव एमालेको राजनीतिक बटमलाइन नै शान्ति र संविधानका लागि राष्ट्रिय सहमति हो भने माओवादीले त्यसको कार्यान्वयनलाई अस्वीकार गर्दा पनि एमाले अध्यक्ष खनाल मौन बसे। राष्ट्रिय सहमतिका लागि सतहमा देखिएको रिहर्सल केवल प्रधानमन्त्री पदसँग मात्र जोड्न खोजेकाले र अझ राष्ट्रिय सहमतिका लागि चट्टानको उपाधी ग्रहण गरेका एमाले अध्यक्ष खनाल शान्ति संविधानको मुद्दमा मौन र उम्मेदवारी फिर्तामा केन्द्रित देखिएपछि सहमतिका नाममा अगाडी सारेको नारा राष्ट्रिय राजनीतिमा ध्रुवीकरणका लागि मात्र प्रयोग भएको स्पष्ट बुझ्न सकिन्छ। प्रधानमन्त्री चुनावको चालु निर्वाचन प्रक्रिया रोक्नु र नयाँ प्रक्रिया थाल्नु नै राष्ट्रिय सहमति हो भने जुन विषयमा राष्ट्रिय सहमति चाहिएको हो त्यो कसरी प्राप्त हुन्छ भन्ने जवाफ एमाले अध्यक्ष खनालले दिनु पर्ने हुन्छ। पौडेलले उम्मेदवारी फिर्ता गरेपछि नयाँ प्रधानमन्त्रीमा कसको नाम टुंगो लागेको छ? शान्ति प्रक्रिया कसरी पुरा गर्ने? नयाँ संविधानमा विवादित रहेका मुद्दाहरू कसरी टुगो लाग्ने भन्नेमा खनालले नै जवाफ दिनु पर्ने हुन्छ। शान्ति र संविधानप्रति उठेका यस्ता अन्यौलताको जवाफ खोज्न भन्दा प्रधानमन्त्रीको पद खोज्न मात्रै तल्लिन हुने र त्यसैलाई राष्ट्रिय सहमति भन्ने वाटोमा खनालको यात्रा बाहिरैवाट देखिएको छ। दलका नेताहरूले सतहमा सहमतिका लागि गरेको प्रयास आफ्नो आकांक्षा तुष्टिका लागि मात्र हो भन्नेमा शंका नरहेपछि राष्ट्रिय सहमतिको अपेक्षा गर्न सकिंदैन। अझ त्यसले नयाँ सरकार सहमतिको भन्ने नारा दिएकाले नयाँ सरकार पनि अपेक्षा गर्न मुश्किल पर्ने भएको छ। अनि जसले राष्ट्रिय सहमतिका लागि भनेर बाहिरी तामझाम देखाएको छ उसैले कुनै एक दलसँग आफ्नो निकटतालाई संशयपूर्ण रुपमा अगाडी बढाएका कारण मुलुक ध्रुवीकरणको संघारमा पुगेको हो। सहमतिवाट शान्ति र संविधान सुनिश्चित गर्ने अभियान र निर्णय नेतृत्वको यही भूमिकाका कारण ध्रुवीकरणको हतियार हुने निश्चित भएको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out