इन्दिरा जोशी '५ नम्बरका मान्छे फाप्छ'

इन्दिरा जोशी, गायिका
१. दाजुबहिनी कति जना?
दाजुबहिनी सबै गरेर हामी ७ जना छौं। ६ जना दिदीबहिनी र १ जना भाइ। मचाहिं राइँलो छोरी हुँ। भाइ नै सबैभन्दा कान्छा हुन्।
 २. कतिवटा एल्बममा गाइयो?
गाउन थालेको तीन वर्षको अवधिमा १२ वटा एल्बममा काम गर्ने मौका पाए। तिहार लगत्तै एकल एल्बम निकाल्दैछु। नेपाली ताराले मलाई सांगीतिक क्षेत्रमा परिचित गराएको हो।
३. कति घन्टा सुत्नुहुन्छ?
धेरैजसो ८ घन्टा सुत्छु। कहिलेकाहीँ राती अबेरसम्म काम भयो भने उठ्न ढिलो हुन्छ। सबैभन्दा ढिलो उठेको भनेको साढे १० होला।
४. स्कुल कतिवटा फेरियो?
दुईवटा फेरेँ। ५ कक्षासम्म लिटिल प्लान्ट स्कुलमा पढेँ। त्यो केवल प्राइमेरी लेभलसम्म भएकोले पछि सयपत्री हाइस्कुल परासीबाट एसएलसी सिध्याएँ। काठमाडौं चाहिँ एसएलसीपछि आएकी हुँ।
५. दिनमा कति कप चिया पिउनुहुन्छ?
बढीमा ५ कप दूध चिया पिउँछु। त्यसो त मलाई चिया र कफीमा रूचि छैन। कालो चियाले स्वास्थ्यलाई फाइदा गर्ने भए पनि मलाई पटक्कै मनपर्दैन।
६. शरीरको तौल कति?
हाल ४५ केजीको छु। एकपटक ४७ केजीसम्म पुगेकी थिएँ। थोरैमा चाहिँ ४२ केजी। सबै किसिमका खाना खान्छु। मासु पनि धेरै खाइरहेकी हुन्छु। तैपनि कहिल्यै मोटाउन सकिन।
७. कति महिना र कति गते जन्मिनुभएको?
साउन ३ गते अर्थात् जुलाई १८।
८. हरेक दिन फोनमा कति मिनेट बित्छ?
महत्त्वपूर्ण कामको लागि मात्र फोन प्रयोग गर्छु। साथीहरूसँग फोनमा कुरा धेरै हुँदैन। दिनमा करिब ६० मिनेटमात्र कुरा हुन्छ होला।
९.टिभी नेहेरेको कति दिन भो?
६० दिनै भयो होला। टेलिभिजनभन्दा नेटमा धेरै समय बिताउँछु। बिहानको चियाको चुस्कीसँगै नेटमा बस्छु।
 १०. लक्की नम्बर कुन हो?
मेरो लागि ५ र ९ लक्की नम्बर हुन्। ५ नम्बरका मानिसहरू मलाई फाप्छन्। ९ चाहिँ मेरो जन्मदिनको मिल्ने नम्बर हो। आजसम्म यी दुई नम्बर फापेका छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out