जेल छुट्नेवित्तिकै फिल्म

अहिले केन्द्रिय कारागारमा बन्दी जीवन बिताइरहेका चलचित्र निर्माता तथा अभिनेता रोज राणा पुनः चलचित्रमा कमब्याक हुन चाहन्छन् ।

दसैंपछि जेलबाट छुट्ने तयारीमा रहेका रोज अर्थात सरोज थापा रिहाइ लगत्तै चलचित्र निर्माणमा फर्कन लागेका हुन् ।

दसैंपछि उनले 'ग्याङस्टस्र' नामक सिनेमा निर्माण/निर्देशन गर्दैछन् । मानव वेचविखनको अभियोग लागेका उनी जेलबाट छुटेपछि आफ्नो धुमिल छवि सुधार्न चाहन्छन् ।

रोजले निर्माण गर्ने 'ग्याङस्टस्र'मा अभिनेता बालनरसिँह राणाले खेल्दैछन् । आफ्नो मुख्य भूमिका हुने चलचित्रमा बालनरसिँहले केहीदिनअघि साइन गरेका छन् ।

आफ्नो होमप्रोडक्सनको चलचित्र 'दी गेम'को प्रमोसनमा जुटेका बालनरसिँह दसैंलगत्तै फ्लोरमा जाने 'ग्याङस्टस्र'मा खेल्ने निधो रोजले पहिल्यै गरिसकेका थिए ।

यद्यपी अन्य अभिनेता र हिरोइनको टुंगो भने लागिसकेको छैन । 'ग्याङस्टस्र' पछिल्लो समय काठमाण्डूमा बढिरहेको 'डन गिरोह'मा आधारित चलचित्र हो । चलचित्रको स्क्रिप्ट पनि तयार गरिसकेका छन् रोजले ।

रोजले यसअघि टक्कर दुई मुटुको, दोस्ती, दादागिरी लगायतका चलचित्र निर्माण गरेका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out