'मासु खान्न र ध्यान गर्छु'

झरना बज्राचार्य, अभिनेत्री - दसैंमा दुर्गा भगवतीलाई खुशी पार्ने भनेर पशुबलि दिने चलन छ। दैत्यलाई नाश गरेको खुशियालीमा यसो गर्ने चलन कसरी चल्यो मलाई थाहा छैन। मासु खाने बहानामा यो चलन चलाइएको पनि हुनसक्छ। दशैंका अरू धेरै धार्मिक र सांस्कृतिक आयाम हुँदाहुँदै पनि मासु खाने चाडको रूपमा विकास हुँदै गएको देखेकी छु।
 सुरुमा म पनि मांसाहारी नै थिएँ। तर, जुन वातावरणमा हुर्किएँ त्यहाँ मासु खानलाई दसैं आउन पर्दैनथ्यो। दसैंमा पनि मासुमै जोड दिने चलन थिएन। घरमा काटमार गरिँदैनथ्यो। सबैको बिदा हुने हुँदा पारिवारिक जमघट हुन्थ्यो। मलाई अहिले पनि दसैंको मुख्य आकर्षण यही लाग्छ।
बीचमा चार वर्ष शाकाहारी भएँ। विदेश गएपछि त्यो क्रम टुट्यो। मासु त होइन पारिवारिक माहोललाई एकदमै गुमाएँ त्यतिबेला। आफन्तलाई फोन गर्ने र शुभकामना आदानप्रदान गरेर भए पनि रहर मेटाएकी थिएँ।

दुई वर्षदेखि म पूर्ण रूपमा शाकाहारी छु। मासु खान छाडेपछि शरीरको भारीपनबाट छुटकारा पाएको महसुस भएको छ। सास फेर्ने जीवको हत्या नगरी आध्यात्मिक रूपमा बाँच्नु त भाग्यको कुरा हो जस्तो लाग्छ मलाई।

मानिसहरूमा अहिले मानसिक तनाव बढिरहेको छ। जसले ब्लडप्रेसर, सुगर जस्ता रोग पनि बढाइरहेको छ। दसैं तनावबाट मुक्ति पाउने समयको रूपमा पनि महत्त्वपूर्ण छ। लामो छुट्टी हुन्छ। सबैजना आरामले यो चाड मनाउन चाहन्छन्। आहारबिहारमा ध्यान दिने हो भने तनाव अझ कम हुन्छ। तनाव नभएर मन चंगा भएमा सधैं दसैंको अनुभूति हुन्छ। यो म आफैले महसुस गरेको कुरा हो। जहिलेदेखि म शाकाहारी भएँ र ध्यान गर्न थालेँ हरेक दिन दसैं जस्तै रमाइलो बनेको छ।

दसैंमा धेरै खाएर मानिसहरू बिरामी परेको पनि सुनिन्छ। स्वस्थ रहन आहार सन्तुलित हुनुपर्छ। जतिखेर पनि खानु राम्रो होइन। आफ्नो शरीरलाई के चिज चाहिएको छ थाहा पाउन सक्नुपर्छ। मानसिक र शारीरिक रूपमा कसरी स्वस्थ हुने भन्न कुरा मनमा जाग्यो भने उपायको बाटो आफैं खुल्छ। मेरो अनुभवमा मांसाहारी नहुनुमात्र पनि धेरै रोगको मुक्ति हो।

मासुको स्वादले मात्र लोभ्याएको हो मान्छेलाई। यसले दिने जति ताकत अरू खाद्यवस्तुबाट पनि पाइन्छ। म पनि चाडबाडमा विशेष परिकारमा ध्यान दिन्छु। शाकाहारी भएपछि पनिर, दूध, घ्यू लगायतका दुग्धपदार्थ मेरो रोजाइ बनेको छ। दाल, गेडागुडी र फलफूलमा जोड दिन्छु।

खानपिनले मात्र पनि रमाइलो हुने हैन। दसैंमा सहर सुनसान हुन्छ। पिङ खेल्न पाइन्छ। विभिन्न थरीका फूल फुल्छन्। यो पनि एउटा आकर्षण हो। मान्छेको मुहारमा तनाव नदेख्दा पनि निकै आनन्द लाग्छ मलाई। कहिले आफ्नो घरमा, कहिले आफन्तकहाँ हुने जमघटले रमाइलो गराउँछ।
(सन्तोष रिमाले गरेको कुराकानीमा आधारित)

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out