लुटपाटको योजनामा रहेका माओवादी लडाकुसहित चार पक्राउ

दमक, आश्विन २० -  शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा झापाको दमक ६ बाट माओवादी सेनाका एक लडाकुसहित चार जनालाई गाउँलेले समातेर प्रहरीको जिम्मा लगाएका छन् । उनीहरुबाट हतियार पनि बरामद भएपछि प्रहरीले हिरासतमा राखी कारवाही अघि बढाएको छ ।
पक्राउ पर्नेमा भोजपुर हेलम्छा १ का सुजन राई, अनिश राई, अनिल राई र सोही गाविस ४ का धनकुमार राई रहेको इलाका प्रहरी कार्यालय दमकले बुधवार जनाएको छ । पक्राउ परेमध्येका अनिशले आफू माओवादीको दोश्रो डिभिजनअन्तरगत महोत्तरीको खयरमारा सहायक शिविरमा लडाकु रहेको प्रहरीलाई बताएका  छन् । उनी शिविरबाट एक महिनादेखि बिदामा बसेका हुन् ।
चौधरी थरका एक साथीलाई भेट्न आउने क्रममा अन्य तीनजना भेटिएपछि लुटपाटको योजनामा रहेका बेला पक्राउ परेको बताएको जानकारी प्रहरीले दिएको छ ।
ढुकुर पानीमा केही दिनयता उनीहरुको गतिविधि शंकास्पद लागेपछि गाउँलेले समातेर प्रहरीको जिम्मा लगाएका हुन् । पक्राउ गरिएपछि उनीहरुले आफुहरु सेनाको घुमुवा भएको बताएको प्रहरी निरीक्षक नविन कार्कीले जानकारी दिए । उनीहरुबाट एउटा ग्रिनेट बम, एउटा पेस्तोल र त्यसमा लाग्ने ५ वटा थ्रीनटथ्रीको गोली, खुकरी र छुरा बरामद भएपछि कारवाही थालिएको प्रहरी निरीक्षक कार्कीले बताए । पक्राउ परेकाहरुलाई बुधबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजानिक गरेको थियो ।
प्रहरीका अनुसार भोजपुरबाट चौपाया खरिद गर्नेहरुको पछि लागेर उनीहरु दमक आइपुगेका हुन् । यहाँ बुधबार लाग्ने पशु हाटमा आएका ब्यापारीहरुलाई लुट्ने र एउटा सहकारी संस्थासमेत लुट्ने आफूहरुको योजना रहेको पक्राउ परेकाहरुले प्रहरीलाई बताएका छन् ।
यता बित्तिय संस्था लुट्न ग्रिनेडसहित लुटेरा टोली दमक आएको सुनेका बैंक र सहकारी सञ्चालकहरुले सुरक्षा व्यबस्था कडा गरिदिन माग गरेका छन् । प्रहरीले बुधबार पशु हाट र नगर भित्रका बैंक र सहकारीहरुमा दिनभरि सुरक्षा कडा बनाएको थियो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out