यौन अरुचि किन

हालै गरिएको एक अध्ययनअनुसार महिलाहरू यौन जीवनबाट चाँडै टाढिन्छन् । फलस्वरूप तिनलाई कैयन्पटक सेक्स थेरापीको पनि आवश्यकता देखिन्छ । यसको प्रभाव  ३३ देखि ६७ प्रतिशत महिलामा अनुभव गरिएको छ । यो अरुचि महिलामा मात्र सीमित छैन । पुरुषहरू पनि यसको सिकार भएको पाइन्छ र यस मामिलामा महिलाहरूको  प्रतिशत धेरै बढी भएकाले कामेच्छाको कमीलाई महिलाहरूसँग जोडेर बढी हेरिन्छ । यौनप्रतिको इच्छा कहिले र किन जागृत हुन्छ भन्ने प्रश्न जति सहज छ त्यसको उत्तर  त्यत्तिकै कठिन छ ।
अधिकांश महिला यसलाई स्वीकारगर्न हिच्किचाउँछन् । वास्तवमा यस विषयमा शारीरिक कारण कम र मनोवैज्ञानिक कारण बढी जिम्मेवार हुन्छ । सेक्समा लामो समयदेखि  अरुचि रहे कामेच्छामा कमी आउँछ । यद्यपि कामेच्छा कुनै प्रकारको डिसअर्डर नभएको कुरा भने बुझ्नु आवश्यक छ । महिला चाहे जुनसुकै उमेर वा वर्गका किन नहुन्,  तिनमा एकतिहाई संख्या यस्तो हुन्छ जो सेक्सप्रति पहिलेदेखि नै रुचि नभएको कुरा बताउँछन् । सेक्युयल चाहना कम हुनुका पछाडि जस्तोसुकै कारण पनि हुनसक्छ ।

आपसी सम्बन्धमा देखिएको समस्या, मानसिक तनाव, शारीरिक परिवर्तन आदि यसको कारण हुन सक्छ । महिलाहरूमा मानसिक तनाव, शारीरिक परिवर्तन आदि त्यसका  कारण हुन सक्छन् । महिलाहरूमा यो समस्या आमसमस्या हो तर यसको समाधान नभएको भने होइन । कुरा मात्र यौन जीवनको होइन, एकपटक यस प्रकारको अरुचि  जाग्रत भए, त्यसको प्रभावमा जीवनका अरू पक्षमा पनि पर्छ र जीवनलाई पहिले जस्तै सहज रूपमा इन्जोय गर्न सकिँदैन ।

कारण के हुन सक्छ ?

सामाजिक परिवेशअनुरुप यौनसम्पर्क त टाढाको कुरा हो आपसी सम्बन्धका बारेमा पनि महिला वर्गले खुल्ला रुपमा विचार विमर्श गर्न सकेका हुँदैनन् । प्रौढ अवस्थासम्म  पुग्दा पनि महिलाले यौनका बारेमा खुलेर कुरा गर्न सकेका हुँदैनन् । हिच्किचाहट कायम रहेको अवस्थामा पनि उनीहरूको कुरालाई उनीहरूको छविसँग जोडेर हेरिन्छ ।  यसकारण पनि महिलाहरू आफ्नो कामेच्छाप्रति उदासीन रहन सक्छन् ।

महिलाका लागि सेक्स उनको सम्बन्धसित जोडिएको हुन्छ । यौन उनीहरूका लागि सम्बन्ध सुमधुरताको आवश्यकता हो । यदि प्रेम महसुस भएन भने यौन त टाढाको  कुरा उनीहरूलाई स्पर्श पनि स्वीकार्य हँुदैन । यदि बेडरुममा कुराकानी हुँदैन भने उनीहरूको मुड बन्न सक्दैन । बिना कुराकानी उनीहरूको यौन यात्रा सम्भव हँुदैन ।  एकाध दिन बाहेक यदि पुरुष हरेक दिन बिना प्रेम-अनुराग सीधा यौनका लागि तत्पर हुन्छन् भने उनीहरूको मन यौनबाट विमुख हुन्छ । किनभने महिलाका लागि प्रे मबिनाको यौन स्वीकार्य हुँदैन ।

डिप्रेसनसम्बन्धी औषधी खाँदा पनि यौन सक्रियता घट्ने सम्भावना हुन्छ । ब्लड प्रेसर कम गर्ने औषधीको सेवनले पनि यस्तै प्रभाव पार्छ । फायब्रायड्स वा थाइराइड  डिसअर्डरमा पनि यस्तो हुन्छ ।

गर्भावस्था र ब्रेस्ट फिडिङका बेला हुने हार्मोनल परिवतनले पनि सेक्युअल डिजायरमा प्रभाव पार्छ । मेनोपाजपश्चात् पनि यौन सक्रियतामा कमी आउँछ ।

सन्तान जन्मिसकेपछि सबै कुरा सन्तान जन्मनुपूर्व जस्तो रहँदैन । थकान र तनाव त्यसको सबैभन्दा ठूलो कारण हुन्छ । कारण जेजस्ता भए पनि यदि पुरुष सही अर्थमा  आफ्नी पि्रयतमालाई साथ दिन चाहन्छ भने यौन निस्त्रिmयताको कारण पत्ता लगाएर समाधानतर्फ उन्मुख हुनुपर्छ । सन्तान जन्माइसकेपछि अधिकांश स्थितिमा महिलाको  यौन जीवनमा पूर्णविराम लाग्छ । मानसिक एवं शारीरिक परिवर्तनले यौन चाहनामा धेरै प्रभाव पार्छ । महिलालाई यी सबैबाट सामान्य स्थितिमा ल्याउन पुरुषले धैर्यतापूवर् क साथ दिएर अघि बढ्नु बुद्धिमानी हुन्छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out