लाज नमानौँ कन्डम प्रयोग गर्न

नेपाली समाजमा कन्डमका विषयमा अहिले पनि खुलेर कुरा हुने गरेको छैन । कन्डमको नाम सुन्नेबित्तिकै जिब्रो टोक्ने चलन अझै समाजमा व्याप्त रहेको छ । सहरी क्षेत्रमा भन्दा बढी ग्रामीण क्षेत्रमा कन्डमका विषयमा बोल्न, छुन र किन्नसमेत हिच्किचाउने प्रवृत्ति रहेको राष्ट्रिय एचआइभी तथा एड्स रोग नियन्त्रण्ा केन्द्रले जनाएको छ ।
समाजमा व्याप्त कन्डमप्रतिको नकारात्मक धारण्ाा एवं अन्धविश्वासका कारण्ा समाजले सहज रूपमा अपनाउन नसकिरहेको समयमा यौनजन्य रोगबाट बचाव र गर्भाधन रोक्ने कन्डमको प्रयोग सहरी क्षेत्रमा भने बढेको छ । केन्द्रका निर्देशक कृष्णकुमार राईका अनुसार दोहोरो भूमिकाका रूपमा प्रयोग हुने कन्डमले खास क्षेत्र तथा समूहमा सहज बन्न सकेको छैन । 'पहाडका विकट क्षेत्र र अविवाहित जोडीमा कन्डम सहज रूपमा पुग्न सकेको छैन,' उनले भने, 'कन्डमको फाइदाका बारेमा सबैलाई थाहा छ, तर उनीहरूले नै प्रयोग गर्न लजाउने तथा हिच्किचाउने गरेका छन् ।'

उनका अनुसार सहरी भागमा शिक्षित वर्गको बढी जमात रहेको तथा यौनकर्मीहरू रहेकाले कन्डमको प्रयोग बढी भएको देखिन्छ । तर, अझै पनि ग्रामीण तथा दूरदराजका क्षेत्रमा कन्डमको नामसमेत लिन लाज मान्नेहरू रहेको निर्देशक राईले भने ।

विश्वका अन्य देशको तुलनामा नेपालमा एचआइभी तथा एड्स रोग दिनहुँ बढ्दै गएको अवस्थामा यौन रोगबाट बचाउन तथा गर्भ रहनबाट बच्नका लागि कन्डम प्रयोगको आवश्यकता रहेको भन्दै नेपालमा हरेक वर्ष कन्डम दिवस मनाउने गरिएको छ । निर्देशक राईका अनुसार एचआइभी, यौन रोग तथा अनिच्छित गर्भ रहनबाट बच्नका लागि कन्डमसम्बन्धी जनचेतना बढाउने कन्डमको सहज उपलब्धता र पहुँच बढाउन ०५२ सालदेखि कन्डम दिवस मनाइँदै आएको छ । 'यो दिवसका दिन देशभरिका सवै वर्ग र क्षेत्रका व्यक्तिहरू, नागरिक समाज, सरकारी, गैरसरकारी तथा नीजि संघ-संस्थाहरू कन्डमको महत्त्वका विषयमा तथा कन्डमको सहज उपलब्धता र पहँुच बढाउने अभियानमा लाग्ने भएकाले पछिल्लो समयमा कन्डम प्रयोगकर्ता बढ्दै गएका छन्,' उनले भने, 'यद्यपि, दुर्गम गाउँमा केही समस्या रहेको छ । तर, त्यस क्षेत्रका सर्वसाधारण्ाको पहुँचमा कन्डम पुर्‍याउन र कन्डमको महत्त्वबारे जानकारी दिन हामीले कार्य सुरु गरेका छौँ ।'

सबै समूहमा पर्याप्त कन्डम पूर्ति गर्न नसके पनि यसको प्रयोगकर्ता वृद्धि हुँदै गएको बताउँदै नेपाल सिआरसी कम्पनीका प्रबन्ध निर्देशक केबी रायमाझी भन्छन्, 'नेपालमा हरेक वर्ष कन्डमको माग बढिरहेको छ । वाषिर्क ६ करोडको हाराहारीमा नेपालमा कन्डमको खपत हुँदै आइरहेको छ ।' उनका अनुसार विगत वर्षका तुलनामा बिस्तारै कन्डम प्रयोगकर्ताको संख्या बढिरहेको छ । केही वर्षअगाडि कन्डम प्रयोग गर्न पनि हिच्किचाउने, चाहे पनि उपलब्ध नहुने आदि कारण्ाले आशा गरिएअनुसार सफलता प्राप्त भएको थिएन ।

तथ्यांकअनुसार नेपालमा वाषिर्क साढे ५ करोड देखि ६ करोड थान कन्डम खपत हुन्छ । ४८ प्रतिशत नेपाली महिला या पुरुषले कुनै न कुनै परिवार नियोजनका साधन प्रयोग गर्छन्, जसमा झन्डै १५ प्रतिशतले मात्र कन्डमको प्रयोग गर्छन् भन्ने अनुमान गरिएको छ । सन् १९९६ मा कन्डम प्रयोग गर्नेमा जम्मा २ दशमलव १ प्रतिशत रहेका थिए भने २००६ मा ५ प्रतिशत पुगेका थिए । २००६ यता यसमा कुनै अध्ययन नभएकाले हाल १२ देखि १५ प्रतिशतले कन्डम प्रयोग गर्ने गरेको अनुमान गरिएको छ ।

विभिन्न स्वास्थ्य अनुसन्धानअनुसार हालसम्म विश्वभरिका ३ करोड बढी मानिस एचआइभी र एड्सबाट पीडित रहेका छन् । सन् २००९ सम्ममा नेपालमा करिब ६४ हजारमा यसको संक्रमण भएको अनुमान गरिएको छ । हालसम्मको तथ्यांकअनुसार नेपालमा करिब ७५ प्रतिशत एचआइभी संक्रमण कन्डमविना गरिने यौन सम्पर्कका कारण सरेको

पाइन्छ । नेपालको जनसंख्या वृद्धिदर २ दशमलव १७ प्रतिशत र जन्मदर ३ दशमलव १ प्रतिमहिला रहेको छ । हाल नेपालमा कन्डमलगायत परिवारनियोजनका अन्य साधन प्रयोग गर्ने करिब ४८ प्रतिशत मात्र छन् र प्रजनन उमेरका २५ प्रतिशत बढी महिलाको परिवारनियोजनको माग अपुग छ । तर, कन्डमलाई परिवारनियोजनको साधनका रूपमा स्वीकार गर्ने नयाँ व्यक्तिको संख्या बढ्दै गएको छ भने एचआइभी तथा यौन रोग सर्नसक्ने जोखिममा रहेका समुदाय जस्तै यौनकर्मी, उनीहरूका ग्राहक, पुरुष समलिंगी, सुइद्वारा लागूपदार्थ लिने व्यक्तिमा पनि कन्डमसम्बन्धी ज्ञान र प्रयोग गर्ने व्यवहार बढ्दै गएको छ ।

नेपालमा ०१६ सालमा नेपाल परिवारनियोजन संघको स्थापना भएपछि ०१७ सालदेखि नेपालमा कन्डमको प्रयोगको सुरु भएको हो । सन् १९८८ मा एचआइभी तथा एड्स नेपालमा पहिलोपटक भित्रिएपछि कन्डमको प्रयोग एचआइभी तथा यौन नियन्त्रण्ाका लागि समेत हुन थालको निर्देशक राईले बताए । उनका अनुसार एचआइभी भित्रिएलगत्तै नेपालले कन्डमको प्रचार-प्रसारमा समेत जोड दिन थालेको हो । नेपालमा परिवारनियोजनका रूपमा भन्दा अन्य प्रयोजनका लागि कन्डमको प्रयोग हुने गरेको देखिन्छ । नेपालमा जन्मान्तरका लागि कन्डम प्रयोगकर्ता ६ प्रतिशत छन् भने यसको प्रयोगमा जोड दिनेमा यौनकर्मी महिला बढी देखिएका छन् । सीमित क्षेत्रमा एचआइभी र यौन रोगसम्बन्धी पुरुषमा ज्ञान नभए पनि महिलाको तुलनामा अधिकांश पुरुष यस विषयमा सचेत बन्दै गएको उनको धारण्ाा छ ।

कन्डम के हो ?

गर्भाधारण रोक्ने प्रभावकारी साधनका रूपमा कन्डम विश्वमै लोकपि्रय बनिरहेको छ । यौन सम्पर्कका वेला पुरुष तथा महिलाले प्रयोग गर्ने पातलो लेटेक्स नामक रबरबाट बनेको खोल नै कन्डम हो । यसभित्र भएको चिल्लो पदार्थले पुरुषलाई यौन सम्पर्कका समयमा सहज बनाउँछ । यौन रोगबाट पनि बचाउने कन्डमजति प्रभावकारी साधन अरू छैन । यौन सम्पर्कका वेला कन्डमले खासगरी पुरुषको शुक्रकिट महिलाको अण्डसँग मेल हुनबाट रोक्छ । कन्डम पुरुषले प्रयोग गर्ने र महिलाले प्रयोग गर्ने दुईकिसिमको हुन्छ । प्रायः पुरुष कन्डम रबरबाट बनेको तन्किनेखालको हुन्छ भने महिला कन्डम प्लास्टिकबाट बनेको प्रायः नतन्किनेखालको हुन्छ । प्लास्टिकबाट बनेको पुरुष कन्डम प्रचलनमा छ ।

कत्तिको भरपर्दो हुन्छ ?

कन्डमको विश्वसनीयता यसको प्रयोग गर्ने तरिकामा भर पर्छ । कन्डम प्रयोगकर्ताले कत्तिको सावधानीपूर्वक यसको प्रयोग गरिएको छ, त्यसमा यसको विश्वसनीयता निर्धारण हुन्छ । सही तरिकाले लगाएमा पुरुष कन्डम ९९ दशमलव ९ प्रतिशत भरपर्दो हुन्छ । यसको मतलब कन्डम -पुरुष) प्रयोग गरेर यौन सम्पर्क गरेको १ सयमध्ये १ वर्षमा ० दशमलव १ महिला गर्भवती हुन सक्छन् । कन्डम लगाएर सहवास गर्दा पुरुषको लिंगबाट निस्कने वीर्य कन्डमको टुप्पामा जम्मा भई शुक्रकिट महिलाको पाठेघरमा पुग्न पाउँदैन, जसले गर्दा महिला गर्भवती हुँदिनन् । कन्डम एकपटक लगाइसकेपछि फेरि प्रयोग गर्नु हँुदैन । लगाइसकेको कन्डम खाडलमा गाड्ने वा जलाउने गर्नुपर्छ । महिला कन्डमको बन्द रहेको पट्टीको भागलाई योनीको तलसम्म पुर्‍याएर राखिन्छ ।

यसको दुवैतिर केही कडा रिङ रहेको हुन्छ । प्वाल भएपट्टकिो रिङ माथितिर पारी योनीद्वारको बाहिरपट्ट िराख्नुपर्छ । यौन सम्पर्क गरिसकेपछि प्वाल भएपट्टकिो भागलाई बटारेर प्वाल बन्द गरी सावधानीपूर्वक निकाल्नुपर्छ । यसरी निकाल्दा कन्डम भएको वीर्य बाहिर पोखिन दिनु हँुदैन । त्यसपछि उचित ठाउँमा यसको व्यवस्थापन गर्नुपर्छ ।


कन्डमका फाइदा

  • गर्भनिरोधका लागि यो धेरै प्रभावकारी छ ।
  • कन्डममा शरीरलाई असर गर्ने कुनै औषधि नहुने भएकाले शरीरमा कुनै किसिमको असर गर्दैन ।
  • पुरुष कन्डम जहाँ पनि सजिलै पाउन सकिन्छ ।
  • यौन सम्पर्क गर्दा मात्र प्रयोग गरे हुन्छ ।
  • एचआइभीलगायत यौन सम्पर्कका माध्यमबाट सर्ने रोगबाट बच्न सकिन्छ ।
  • पुरुष कन्डम धेरैप्रकारको आकार र रङमा पाइन्छ ।
  • महिला कन्डम यौन सम्पर्कको वेला जुनसुकै अवस्थामा पनि प्रयोग गर्न सकिन्छ ।

ध्यान पुर्‍याउ

  • पुरुष कन्डम राम्रोसँग नलगाएमा खुस्किन सक्छ ।
  • हरेकपटकको यौन सम्पर्कमा नयाँ कन्डमको प्रयोग गर्नुपर्छ ।
  • कन्डमलाई चर्को घाम वा तातो स्थानमा राख्नु हुँदैन ।
  • प्याकेटबाट कन्डम निकाल्दा नङ वा कुनै धारिलो चीजको प्रयोग गर्नु हँुदैन ।
  • महिला कन्डम प्रयोग गर्दा कहिलेकाहीँ लिंग कन्डम बाहिरबाट जान सक्छ ।
  • कसैकसैलाई रबरको कन्डमबाट एलर्जी पनि हुनसक्छ । तर, ज्यादै न्यून रुपमा मात्र पाइएको छ । अहिले प्लास्टिकको कन्डम पनि पाइन्छ । रबरको कन्डम प्रयोग गर्दा तेल, तैलीय बडी लोसन प्रयोग गर्नु हँुदैन ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out