ठिटी पट्याउन सारंगी

काठमाडौ, कार्तिक १५ - 'उहिले त सारंगी बजाउन जानेन भने केटी पाइँदैन थियो,' उमेरमा परिपक्व देखिने पोखरेली लालबहादुर गन्धर्वले भने, 'सासू-ससुराले सारंगी बजाउन नजान्नेले हाम्री छोरी कसरी पाल्ला भन्थे ।'
कुनै समय विवाहका लागि केटीको परिवार रिझाउन राम्रो सारंगी बजाएका लालबहादुरले शुक्रबार ठमेलस्थित कम्र्फट जोन रेस्टुरेन्ट एन्ड बारमा उपस्थित देश-विदेशका दर्शकहरूको मन रिझाए । सातौं सारंगी दिवसको अवसर पारेर पोखराको हेम्जाबाट राजधानी भित्रिएका ४८ वर्षे लालबहादुर जवानीका दिन सम्भ“mदै थिए, 'पृथ्वीनारायण क्याम्पसको एक कार्यक्रममा मैले सारंगी बजाएको देखेर नै एक दर्शक -ससुरा) ले छोरी दिनुभएको थियो ।' उनले सारंगी बजाएको सुनेर 'यसले छोरी पाल्न सक्छ' भन्दै ससुराले छोरी दिने वचन त्यही कार्यक्रममा दिएको उनले सुनाए । 'सारंगीको महत्त्व घटेझैं अहिले त्यो प्रथा पनि हटिसक्यो,' चुकचुकाउँदै उनले थपे ।

खिर्रोको काठबाट आफैले बनाएको सारंगीमा लालबहादुरले पूजाआजा र विवाहमा बजाइने मालश्री सरस्वती तथा श्रीयादेवी मंगल धुन बजाउँदै गर्दा दर्शकको मन जितेका थिए । आफ्ना पिताले झैं सारंगी बोकेर गाउँ-गाउँ नघुमेको भए पनि सारंगीलाई आफ्नो जीवनसरह मान्ने उनले भने, 'मेरो कर्म सारंगीसँग जोडिएको छ ।'
परापूर्व कालदेखि केही दशक अघिसम्म गन्धर्व समुदायका पुरुषहरू सारंगी बोकेर देशको कुनाकाप्चा, भीर-पाखामा जीवनको कथाव्यथा तथा घटेका विभिन्न घटनालाई गीत बनाएर गाउँदै जीविकोपार्जन गर्ने गर्थे । तर आधुनिक युग र प्रविधिसँगै सारंगीबाट ठिटी पट्याउने संस्कृतिझैं देशको कुना-कन्दरा घन्काएर गाउँलेलाई मनोरञ्जन दिँदै जीविकोपार्जन गर्ने परम्परागत 'गाइने पेसा' अहिले लोपोन्मुख झैं छ । तर कर्म र पहिचानसँग जोडिएको सारंगीलाई यसै चट्ट छोड्न नसकिने युवा सारंगीवादक स्यामुयल गन्धर्व बताउँछन् । 'सारंगी पुर्खाको चिनो हो,' १८ वर्षे उनले भने, 'यसलाई जोगाउनु हाम्रो पुस्ताको दायित्व हो ।'
पाश्चात्य बाजा गितार, किबोर्ड, हार्मोनियम बजाए पनि आफ्नो लागि सारंगी सबैभन्दा नजिकको बाजा रहेको स्यामुअल बताउँछन् । सात वर्षको हुँदादेखि पिता पदम गन्धर्वसँग सारंगी सिकेका उनले चार वर्षयता साना भाइ-बहिनीलाई सारंगी बजाउन सिकाइरहेका रहेछन् । 'हाम्रो बाउ-बाजेको पालामा जस्तो सारंगी बजाएरै फिरन्ता बन्दै जीविकोपार्जन गर्ने समय रहेन,' उनले भने, 'तर, त्यो परम्परा पच्छ्याउन नसके पनि समयानुसार केही परिवर्तनका साथ पुर्खाले छाडेर गएका सारंगीको धुन र ज्ञान बचाउनु हाम्रो जिम्मेवारी हो ।' उनले यही जिम्मेवारी निभाउन केही वर्षमा पाँच सय जनालाई सारंगी सिकाउने लक्ष्य लिएका छन् । हालसम्म पचास जनालाई सिकाइसकेको उनले बताए । कार्यक्रममा उनीसँगै सिकेका सहयात्रीका साथै उनले सिकाएका केही बालबालिकाले आ-आफ्नो कला प्रदर्शन गरेका थिए । 
गन्धर्व सांस्कृतिक कला संगठन र पहाडि संगीत परियोजनाको आयोजनामा मनाइएको यस सारंगी दिवसमा तीन दर्जन जति अघिल्ला र स्यामुयलको पुस्तामा पर्ने सारंगीवादकले आ-आफ्नो गाउँ-ठाउँमा चलेका भाकाको स्वाद दर्शकलाई चखाए । गोर्खा, भोजपुर, लम्जुङ, पोखरा, पाल्पा तथा स्याङ्जाबाट आएका गन्धर्व समुदायका यी सारंगीवादकले कार्यक्रममा कर्खा, भजन तथा उनीहरूको कथा-व्यथा सारंगीको धुनमा गाएर सुनाएका थिए । पहिलो महिला सारंगीवादिका टिकिमाया गन्धर्व र गोर्खाका गोपिलाल गान्धारी, पाल्पाका हुम बहादुर 'होनी माया' गन्धर्व, पोखराका खिमबहादुर गायकको मौलिक भाकामा सबै जना झुमेका थिए ।
सारंगी दिवसको अवसरमा पुराना पुस्ता र नयाँ पुस्ताका सारंगीवादकलाई एकै मञ्चमा बसाएर ज्ञानको आदानप्रदान गर्ने लक्ष्य आयोजकको रहेको 'सुकर्म' ब्यान्डका सारंगीवादक श्याम नेपालीले बताए । 'पुराना पुस्ताले आउने नयाँ पुस्ताका वादकलाई उनीहरूको अनुभव र ज्ञान बाडून् भन्ने चाहना हो,' उनले भने, 'सारंगीलाई जोगाइराख्न एक पुस्तादेखि अर्कोमा ज्ञान/सीप हस्तान्तरण गर्नु अत्यावश्यक छ ।' यस्तै अवसरहरू मिल्दै जाने हो भने सारंगीप्रति आकषिर्त नयाँ पुस्ताले नेपाली राष्ट्रिय बाजा लोप हुनबाट बचाउने दावी गर्छन् । उनले थपे, 'सारंगीलाई रहर, लगाव र पहिचानको रूपमा लिएर सिक्न आउने नयाँ पुस्ता थुप्रो छन् । यसले भविष्य उज्यालो देखाउछ तर यसमा सम्बन्धित क्षेत्र र सरकारले अवसरको चाँजोपाजो मिलाउन जरुरी छ ।'
कार्यक्रममा गन्धर्व समुदायका चर्चित गायक झलकमान गन्धर्वलाई उनका 'ए बरै...आमाले सोध्लिन् नि', 'अल्लारे हो नि नानी...' जस्ता सुमधुर गीतबाट सम्झना गरियो । 'सिरिमा सिरि नि कान्छी बतास चल्यो...', 'छातीमा मेरो यो छोटो भोटो...' जस्ता सदाबहार गीतका सारंगी धुनले पनि कम्र्फट जोन परिसर संगीतमय बन्यो । त्यही अवसरमा झलकमानको पोखरा बाटुलेचौरस्थित सालिकको मर्मतसम्भारका लागि चन्दा पनि उठाइएको थियो ।
सोही अवसरमा 'द माउन्टेन म्युजिक प्रोजेक्ट ः अ म्युजिकल ओडेसी प|mम अपालासिय टु हिमालय' वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो । अमेरिकाको भर्जिनियास्थित अपालासिया संस्कृतिको संगीत र नेपाली गन्धर्व समुदायको संगीतमा भेटाइएको समानताबारे रहेको यो वृत्तचित्रले अमेरिकी पुरस्कारहरूबाट सम्मानित भैसकेको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out