सरकारलाई भारतको गोप्य पत्र 'माओवादीले भारतीयलाई प्रशिक्षण दिए'

काठमाडौ, कार्तिक १९ - भारतले नेपालका माओवादीले भारतीय माओवादीलाई सैन्य तथा वैचारिक प्रशिक्षण दिएको जनाउँदै कारबाहीका लागि नेपाल सरकारलाई पत्राचार गरेको छ ।
नेपालस्थित भारतीय दूतावासले गत कात्तिक ८ गते परराष्ट्र मन्त्रालयलाई 'गोप्य' पत्र पठाई त्यस्तो आग्रह गरेको हो । प्रशिक्षणमा उच्च तहका माओवादी नेताको समेत संलग्नता रहेको उल्लेख गर्दै पत्रमा उनीहरूको नामै तोकेर कारबाहीको आग्रह गरिएको छ । भारतीय दूतावासबाट पत्र आएको पुष्टि गर्दै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले भनिन्, 'हो, पत्र आएको छ ।' तर उनले त्यसबारे विस्तृत खुलाउन चाहिनन् ।
भारतीय प्रधानमन्त्री मनमोहन सिंहले गत वैशाख ८ गते भारतको सबैभन्दा ठूलो सुरक्षा चुनौती भारतीय 'माओवादी' भएको सार्वजनिक अभिव्यक्ति दिए पनि नेपाल भ्रमणमा रहेका उच्च भारतीय अधिकारीहरूले नेपालका माओवादीसँग उनीहरूको सम्बन्ध रहेको औपचारिक रूपमा अस्वीकार गर्दै आएका थिए । भारतले यसरी पत्राचार गरी नेपाल र भारतका माओवादीबीच सम्बन्ध रहेको पहिलो पटक जनाएको हो । भारतीय जासुसी निकायले यसअघि पनि भारत र नेपालका माओवादीबीच सम्बन्ध रहेको प्रतिवेदन तयार पारेको सार्वजनिक भएको थियो ।

हालै सम्पन्न सांघाई एक्स्पो समापन समारोहको भ्रमण क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहालले 'तीन देश (नेपाल, भारत र चीन) बीच रणनीतिक समझदारी' चाहिने बताउँदै त्यसका लागि 'भारतसँग छलफल गर्न' चिनियाँ उच्च अधिकारीलाई आग्रह गरेको तेस्रो दिन भारतले उक्त पत्राचार गरेको हो । 'भारतसँग सम्बन्ध सुधार्न' चिनियाँ सुझाव लिएर फर्किनासाथ माओवादी अध्यक्ष दाहालले 'आपसी असमझदारी हटाउन भारत भ्रमण' गर्ने अभिव्यक्ति दिएका थिए । गत असोज २० गते सोलुखुम्बु पुगेका राजदूत सूदमाथि माओवादी कार्यकर्ताले जुत्ता प्रहार गरेपछि भारत आक्रोशित छ ।
कात्तिक १० गते उपप्रधानमन्त्री कोइरालासँग भएको भेटमा भारतीय राजदूत राकेश सूदले उक्त पत्रबारे कुरा उठाएको परराष्ट्र स्रोतले जनायो । 'पत्रमा भारतका माओवादीसँग सम्बन्ध राख्ने माओवादी नेताको नामसमेत उल्लेख गरिएको छ,' स्रोतले भन्यो, 'त्यसमा माओवादीका उच्च तहका समेत धेरै नेताका नाम छन् ।'
पत्रमा माओवादीले भारतीय माओवादीलाई प्रशिक्षण दिएको उल्लेख छ । 'दुई महिनायता भारतीय माओवादीलाई दाङ, नवलपरासी, मकवानपुर, उदयपुरलगायत क्षेत्रमा नेपाली माओवादीले वैचारिक र सैन्य प्रशिक्षण दिएको उल्लेख छ,' स्रोतले भन्यो, 'पत्रमा प्रशिक्षण दिएको मिति र प्रशिक्षण लिनेको संख्यासमेत राखिएको छ ।'
सोह्रै आना गलत: माओवादी
माओवादी स्थायी समिति सदस्य एवं सैन्य इन्चार्ज वर्षमान पुनले 'भारतीय माओवादीलाई तालिम दिएको भन्ने कुरा सोह्रै आना गलत' भएको बताएका
छन् । उनले कान्तिपुरसँग भने, 'यसअघि भारतीय मिडियाले गरेको प्रचारको यो अर्को शृंखला हो ।'
उनले माओवादी खुला राजनीतिक पार्टी हुनाले आवश्यक परे खुला रूपमा गर्ने बताए । 'विशुद्ध प्राविधिक कोणबाट षड्यन्त्रकारी कोणबाट गरिएको काम हुन सक्छ,' उनले भने, 'हामीले कसैलाई तालिम दिनु आवश्यक छैन ।' उनले भारतले 'कच्चा काम' गर्छ जस्तो आफूलाई नलागेको बताए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out