माओवादीको पालुङटार बैठक

किशोर नेपाल- एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नेतृत्वबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पलायन प्रारम्भ भएको हो? माओवादीमा दशक लामो कष्टपूर्ण संघर्षको सफल नेतृत्व गर्ने अध्यक्ष कामरेडको एक छत्र नेतृत्वको उपादेयता सकिन थालेको हो? माओवादी पार्टीले वैकल्पिक नेतृत्वको खोेजी गर्न थालेको हो? माओवादी केन्द्रीय समितिको विस्तारित बैठकको मुखैमा नागरिक दैनिकका भोजराज भाटले माओवादीका वरिष्ठ दुुई नेता मोहन वैद्य र डा.बाबुराम भट्टराईले प्रस्तुत गर्न तयार पार्नुभएका फरक दस्तावेज सर्वसाधारणका लागि उपलब्ध गराएपछि नेपाली वामपन्थी राजनीतिका अध्येताको मनमा यो प्रश्न उठ्नु अस्वाभाविक होइन। हिंसात्मक आन्दोलनका माध्यमबाट नेपाली राज्य रूपान्तरणका लागि विभिन्न नाम र समूहमा विभाजित वामपन्थी माओवादी पार्टीका रूपमा संगठित भएयता डा.बाबुराम भट्टराईले अध्यक्षसँग पटकपटक चर्को असहमति जनाउ"दै आउनुभएको सार्वजनिक भएकै हो। तर, अध्यक्ष प्रचण्डसँग मोहन वैद्यको असहमति यति चर्कोरूपमा बाहिर आएको सम्भवतः यो नै पहिलो पटक हो। दस्तावेजका महत्वपूर्ण कर्मकारी अंश मात्रै होइन, महत्वपूर्ण तीनै नेताले तयार पारेका दस्तावेज नै सार्वजनिक भइसकेको अवस्थामा कार्यसमितिको पालुङटार बैठक निकै रोमाञ्चक हुनेमा सन्देह रहेन। बैठकमा प्रस्तुत हु"दा यी दस्तावेज अहिलेकै रूपमा औपचारिक छलफलमा नआउन पनि सक्छन्। दस्तावेजमा उठाइएका विषयको सांघातिक प्रहारबाट पार्टी संगठन जोगाउन तीनै नेता एक भएर विस्तारित बैठकमा प्रस्तुत भए भने आश्चर्य मान्नुपर्ने छैन।
सन् १९४० मा माओत्से तुङले चीन Êनवप्रजातन्त्रको बाटोमा अगाडि बढिरहेको बताउ"दै बुर्जुवा शासनको यो यात्रा लामो समय जारी रहने निष्कर्ष निकाली यही माध्यमबाट मात्र समाजवादी संरचनामा पुग्न सकिने सिद्धान्त प्रतिपादन गर्नुभएको थियो। उहा"का अनुसार, नवप्रजातन्त्र समाजवादी संघर्षको एउटा माध्यम हो र कम्युनिष्ट पार्टीले यो क्रान्तिकारी प्रक्रियाको नेतृत्व गर्नुपर्छ। नेपाली माओवादी पार्टीका प्रमुख तीनै नेताले माओको यस संश्लेषणलाई आत्मसात् गरेका छन्। संश्लेषणको रणनीतिक प्रयोगका सन्दर्भमा मात्रै उनीहरूबीच असहमति देखिन्छ। पार्टीको मूल वैचारिक र सैद्धान्तिक नीतिप्रति असहमति देखिन्न।

माओवादी नेताहरूले खुला राजनीतिमा आएपछि मात्र आफनो संगठनात्मक संरचनाको आकार र शक्तिबारे ज्ञान प्राप्त गरेका हुन्। दशक लामो हिंसात्मक आन्दोलनमा लागेको पार्टीलाई अचानक शक्तिको शिखरमा पाउ"दा उनीहरू बढी नै पुलकित र उत्तेजित भए। उनीहरू यसको कारण केलाउनतिर लागेनन्। माओवादप्रति जनताको आकर्षण र मोह बढेका कारण माओवादी पार्टी शक्तिको शिखरमा पुगेको थिएन। रैथाने राजनीतिक दलहरूको बेढंगे शासन शैली, आत्मकेन्द्रित राजनीति, गैरप्रजातान्त्रिक आचरण र व्यापक भ्रष्टाचार तथा राजाको निरंकुश शासनबाट मुक्ति खोजिरहेका जनताले नया" पार्टीलाई नया" नेपाल निर्माणको अवसर दिन खोजेका थिए। माओवादीले यो अवसर हातमा लिन सकेन। साम्यवादी शासनमा पुग्ने हतारमा केन्द्रित शक्तिको निर्माण गर्नतिर लाग्यो र पछारियो। अहिले पनि ऊसँग शक्ति छ। तर, जनता र लोकतन्त्रको हितमा त्यसको प्रयोग गर्न सकेको छैन। उसले सञ्चय गरेको शक्ति उसैका लागि भष्मासुरले पाएको बरदानमा परिणत हुन थालेको छ।

प्रचण्ड, वैद्य र भट्टराईबीच मतभिन्नता माओवादी पार्टीभित्र आन्तरिक शक्ति संघर्षको खेल हो। प्रचण्डविरुद्ध वैद्य र भट्टराईका अभियोगपत्रका मजबुन वा बान्कीहरू समान प्रकृतिका छन्। अध्यक्षको कार्यशैली, पार्टी सञ्चालनका विधि र शक्तिको एकलौटी र असन्तुलित प्रयोगले उब्जाएका असन्तोष दस्तावेजमा समेटिएका छन्। बीसौँ वर्ष लामो संघर्षबाट खारिएर आएको पार्टी नेतृत्वमाथि उच्च तहका नेताले नै राजनीतिक विचलनदेखि आर्थिक अपचलनसम्मका अभियोग लगाएपछि कार्यकर्ताबीच नेतृत्वको साख स्वात्तै खस्किनु अस्वाभाविक हु"दैन। दुनिया"का कम्युनिष्ट पार्टीहरूको इतिहास केलाउने हो भने पार्टीभित्रैबाट अभियोग लाग्न थालेपछि नेताको राजनीतिक अवसान झण्डैझण्डै सुनिश्चित हुने गरेको पाइन्छ। तर, दक्षिण एसियाको राजनीतिमा कम्युनिष्ट वा गैरकम्युनिष्ट दुवै थरी पार्टीका नेताले सामाजिक मर्यादा र राजनीतिक सम्मानका प्रश्नहरूलाई गम्भीरतासाथ लिएको पाइँदैन।

वैद्य र भट्टराईले प्रस्तुत गर्नुभएको दस्तावेजले माओवादी पार्टीभित्र बढी नै चर्चा गरिएको सामूहिक निर्णय प्रक्रियाको पनि पोल खोलिदिएको छ। अनेकौँ विषयमा छलफल गर्न बनेका समितिहरू, पोलिटब्युरो र केन्द्रीय समितिले जेजस्तो निष्कर्ष निकाले पनि पार्टी निर्णयमाथि अध्यक्षको एकाधिकार सुरक्षित रहेको स्पष्ट गरेको छ। अहिले प्रमुख दुई नेताद्वारा व्यक्त असन्तोषको प्रमुख कारण अध्यक्षद्वारा असन्तुलित ढंगले प्रयोग गरिएको अधिकार हो कि पार्टी राजनीतिकरूपले अन्यमन्यस्क स्थितिमा पुगेकाले हो? केन्द्रीय समितिको बैठकपछि मात्र यसको जबाफ आउनेछ। कम्युनिष्टहरू दस्तावेजमार्फत झगडा गर्छन्। दस्तावेजकै आधारमा नेतृत्व तहमा रहेका कामरेडहरूको Êसाइज तय गर्छन्। त्यसैले अहिलेको दस्तावेज विवाद कुन हिसाबले टुंगिने छ, त्यसैमा धेरै विषय स्पष्ट हुनेछन्।

मार्क्सवादी आन्दोलनकी असाधारण व्यक्तित्व रोजा लक्जेम्बर्गले रुसका बोल्सेबिकहरूको सत्तामोह र लिप्साको आलोचना गर्नुभएन। तर, सत्ता प्राप्तिका लागि उनीहरूले अपनाएको उपायको उहा" कटु आलोचक हुनुहुन्थ्यो। वैचारिक राजनीतिको सद्गत भइसकेको अहिलेको समयमा रोजाका विचारको सान्दर्भिकता नहोला। तैपनि, वैद्य र भट्टराईले आ-आफना दस्तावेजमा माओवादी पार्टीभित्र विलुप्त हुन थालेको वैचारिक भावना सम्बोधन गर्न खोज्नुभएको हो भने यसको महत्व स्थापित हुनैपर्छ।

सर्वहारा वर्गको सम्पूर्णता स्थापित नभइसकेको समाजमा कम्युनिष्ट आदर्शवादले उ"्कटको स्वरूप धारण गर्छ। शान्तिको बाटोमा आएर माओवादीले विजय यात्रा सुरु गरेपछि माओवादी पार्टीसँग Êसर्वहाराका नाममा जति पनि कार्यकर्ता जोडिएका छन् ती वास्तविक सर्वहारा नभएर Êलिच्चड सर्वहारा (लम्पेन प्रोलेटेरियट) हुन्। पहिलो जनआन्दोलनपछि यो वर्ग एमालेसँग जोडिएको थियो। व्यापारिक नाफाखोरी, ठगी, जालझेल, मिसावट, सरकारी भ्रष्टाचारदेखि चोरी, डकैती र हत्यासम्मका कारोबारमा खप्पीस यो वर्ग अहिले माओवादीको छत्रछाया"मा सक्रिय छ। सानो वा ठूलो परिवर्तनपछि सधैँ सत्ताको नजिक आफना लागि ठाउ" बनाउन सफल बन्दै आएको यस वर्गलाई प्रयोग गरेर माओवादी अध्यक्षले खुला राजनीति हा"क्नुभएको चर्चा चलेको थियो। वैद्य र भट्टराईले त्यस चर्चाको औपचारिक हैसियत स्थापित गरिदिनुभएको छ।

टाउकामा कात्रो बा"धेर राज्यको सम्पूर्ण रूपान्तरणका लागि होमिएका कार्यकर्तालाई खुला राजनीतिको लोकतान्त्रिक आचरण सिकाउनुभन्दा लिच्चड वर्गलाई हात लिएर सत्तामा पुग्नु नै माओवादीको अभीष्ट बन्यो। अहिले माओवादी पार्टीमा प्रशस्त घुलनशीलता देखिन्छ। को सक्कली, को नक्कली माओवादी? छुट्याउनै मुस्किल।
यति हु"दाहु"दै पनि समकालीन नेपाली राजनीतिको वास्तविकता केही कठोर र निर्मम छ। माओवादी पार्टीभित्र प्रचण्डको वैकल्पिक नेतृत्व स्थापित हुन सकेको छैन। राज्य, क्षेत्र र राष्ट्रिय स्तरमा देखिएका दमदार माओवादी नेताहरू कसैमा पनि विविध परिवेशमा सक्रिय रहेका माओवादी कार्यकर्तालाई सुदृढ राजनीतिक संगठनमा रूपान्तरण गर्ने ल्याकत देखिएको छैन। वैद्य र भट्टराईको व्यक्तित्व राष्ट्रिय रूपमा स्थापित भए पनि उहा"हरूको संगठनात्मक प्रभाव खुम्चिएको छ। वैद्यको पहिचान पुराना वामपन्थी सिद्धान्तकार, त्यागी र इमानदार नेताका रूपमा छ। अहिलेको राजनीतिमा यी गुणले खासै महत्व राख्दैनन्। भट्टराईको राजनीतिक व्यक्तित्वलाई उहा"को विद्वता र विश्लेषणात्मक क्षमताले थिचेको छ। व्यावहारिक परिस्थिति बुझेर त्यसैअनुरूप काम गर्न सक्ने उहा"को खुबी वर्तमान शान्ति प्रक्रियाका लागि अत्यन्त उपयोगी बनेको कसैले अस्विकार्न सक्दैन। तर, उहा" सबै माओवादीका लागि सुपाच्य र सर्वसम्मत देखिनुहुन्न।
अहिलेको अस्थिर राजनीतिक परिवेशमा माओवादी नेतृत्वबाट प्रचण्डकोे विस्थापन कसैको कल्पनामा छैन। देश संवेदनशील अवस्थामा रहेका बेला कुनै पनि ठूला पार्टीमा विचलन आउनु दुर्भाग्य साबित हुन सक्छ। अझ माओवादीमा त्यस्तो विचलन आयो भने त्यसको प्रतिक्रिया अत्यन्त असहज र उग्ररूपले प्रकट हुन सक्छ। आदर्शवादी माओवादी कार्यकर्ता आफूले सोचेजस्तो समाजको धमिलो तस्बिरसम्म देख्न नपाएर यसै पनि उद्वेलित छन्। व्यवहारवादी कार्यकर्ता सत्ताको स्वाद चाख्न नपाएर बिमण्डिएका छन्। यी दुवै थरी कार्यकर्ता नेतृत्वको झगडाले दिक्क भएर उद्देश्यविहीन विद्रोहमा उत्रिए भने देश तहसनहस हुन बेर लाग्ने छैन।

प्रमुख नेताहरूको चरम असन्तुष्टि रह"दारह"दै अध्यक्ष प्रचण्डको नेतृत्व खतरामा परिसकेको भने देखिन्न। स्थानीय बासिन्दाको उपभोगका लागि उहा"ले व्यक्त गर्नुभएका विचारहरू छन्द न बन्दको भए पनि त्यसको प्रभाव स्थानीय तहमा छ। अन्तर्राष्ट्रियरूपमा उहा"ले पाउनुभएको मान्यता स्थापित भइसकेको छ। अन्तर्राष्ट्रिय मञ्चहरूमा उहा"ले व्यक्त गर्नुभएका अभिव्यक्तिमा खासै विरोधाभास देखिन्न। माओवादी पार्टीका सर्वोच्च कमाण्डरका रूपमा स्थापित व्यक्तित्वको आधिकारिकता समाप्त गर्न अहिलेभन्दा सघन अभ्यासको आवश्यकता पर्छ।

माओवादी बैठकबाट वैद्य र भट्टराईका दस्तावेजहरू स्वीकृत, अस्वीकृत वा सम्मिलन जे भए पनि, तिनमा उठाइएका विषयले नेपालको वामपन्थी आन्दोलनलाई लामो समयसम्म तरंगित पार्नेछन्। किनभने, माओवादी पार्टीभित्र विपरीत दुई वैचारिक खेमामा उभिएका दुई नेता अध्यक्ष प्रचण्डविरुद्ध समान अभियोगसाथ उभिएका छन्। यी दुवै नेताबीच कुनै लिखित सहमति भएको नहोला। तर, दुवै नेताको दृष्टिकोणमा देखिएको डरलाग्दो समानताले माओवादीभित्र नया" आन्तरिक समीकरण निर्माणका लागि ढोका अवश्य खोल्न सक्छ।

विद्वान्हरूले कम्युनिष्ट पार्टीको तुलना साम्राज्यसँग गरेका छन्। कम्युनिष्ट पार्टीको कार्यकारी नेेतृत्व जसको हातमा हुन्छ त्यसको भूमिका कुनै सम्राट्को भन्दा कम हु"दैन। सम्राट् अकबरको साम्राज्यमा बीरबललगायत नौ व्यक्तित्वको दबदबा थियो। अकबरले आफना ती नौ सहायकलाई नवरत्नको संज्ञा दिएका थिए। सम्राट्लाई राज्यको काममा सल्लाह दिनु नवरत्नको कर्त्तव्य थियो। उनीहरूको सल्लाह मान्नु वा नमान्नु सम्राटको मर्जी। माओवादीको हेडक्वार्टर पनि सम्राट्को दरबारजस्तै हो। अध्यक्ष प्रचण्डका आफनै नवरत्न छन्। वैद्य र भट्टराई दुवै नेताको पहिचान हेडक्वार्टरका प्रमुख नवरत्नका रूपमा स्थापित छ। उहा"हरूको दस्तावेजबारे नवरत्नले जे राय दिए पनि निर्णयको एकाधिकार अध्यक्षमै छ। यही हो कम्युनिष्ट परम्परा।

माओत्से तुङको निर्देशनअनुसार, कम्युनिष्ट पार्टीभित्र विरोधाभासको छिनोफानो आलोचना र Êआत्मालोचनाका माध्यमबाट गरिन्छ। यो निर्देशन संसारभरिका माओवादीले पालना गरेका छन्। आशा गरौँ, नेपाली माओवादीले पनि यो परम्परा कायम राख्नेछन्। भावनाको उन्मादमा डुबेका नेता र कार्यकर्ताले आ"सुका अजस्र धारा बहाएर पालुङटार भिजाउने छन्। पश्चातापको रुमालले एकअर्काको आ"सु पुछ्दै एकताको अँगालो मारेर राजधानी फर्किनेछन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out