समलैंगिक सम्बन्धको फिल्म हंगामा

समलैंगिक सम्बन्धमा आधारित बलिउड सिनेमा 'डुन्नो व्हाई…ना जाने क्यूँ'को रिलिज एकहप्तापछि सरेको छ । अब यो चलचित्र तिहारमा रिलिज हुनेछ ।


फिल्मका निर्देशक संजय शर्माका अनुसार चलचित्रका कलाकारको शरिरमा खोपिएका ट्याटुबारे धम्कीहरु आउने क्रम जारी छ र भनिएको छ -यदि फिल्म रिलिज भयो भने परिणाम राम्रो हुनेछैन ।'


शर्माले बीबीसीसँग भने 'हाम्रो फिल्मलाई अन्तराष्ट्रिय स्तरमा खुवै प्रशंसा मिलिरहेको छ । थाहा छैन हिन्दुस्तान केही मानिसलाई के हुन्छ । हामीलाई फिल्ममा काम गरिरहेका कलाकारलाई लिएर चिन्ता छ । यसका कारण हामीले फिल्मको रिलिज अघि बढाइदिएका हौं ।'


तर, कसबाट र किन धम्की आइरहेको संजयले बताएनन् । 'डुन्नो ब्वाई…ना जाने क्यूँ' दुई पुरुषको सम्बन्धमा आधारित छ । यस फिल्ममार्फत लामो समयपछि कमब्याक गरेका जीनत अमान भन्छन् 'भारतमा जे पनि अलग रहेर गर्न लाग्यो मानिसहरु यसलाई मुद्दा बनाउँछन् । समलैंगिक सम्बन्ध आजको यथार्थ मुद्दा बनेको छ । यो फिल्ममा पनि उही देखाइएको छ । तसर्थ किन मानिसहरु ठूलो स्वरमा चिच्याउँछन् '

फिल्ममा रितपूर्णा, युवराज र कपिलले मुख्य भूमिका निर्वाह गरेका छन् । कपिल शर्मा जो फिल्मका पटकथा लेखक हुन् उनी भन्छन् 'हामीले निकै बोल्ड फिल्म बनाएका छौं । तर यस्तो केही पनि होइन जसमाथि मानिसले हंगामा गर्नुपरोस् । सम्पूर्ण दुनियाँमा समिलंगी सम्बन्ध आमकुरा भैसकेको छ ।'


समलैंगिक सम्बन्धमाथि बनेको दीपा मेहताको फिल्म 'फायर'ले पनि भारतमा ठूलो आलोचना खेप्नुपरेको थियो । फिल्ममा सावाना आज्मी र नंदिता दासको मुख्य भूमिका थियो ।


नंदिता दास भन्छिन् 'फायरलाई पनि सेन्सर बोर्डले क्लीन चिट् दिएको थियो । मैले यो बुझेकी छैन कि आफूलाई समाज र संस्कृतिका ठेकेदार भन्नेहरुले किन हंगामा गर्दै फिल्मको विरोधमा उत्रन्छन् । यस्तोबाट मानिसलाई रोक्नु जरुरी छ ।' नन्दिताका अनुसार यदि फिल्म कसैलाई मननपरेको भए उसले हेर्नु जरुरी थिएन ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out