आर्यन पाउन प्रार्थना !

पलपलमा'गर्ल शशी खड्का हिरो आर्यनको केमेष्ट्रीबाट यति 'फिदा' छिन् कि अनस्क्रिनमा पनि उनकै अपोजिट भएर खेल्न चाहन्छिन् । रजतपट डेब्यु गर्नुअघिदेखि नै आर्यनकी 'डाइहार्ट' फ्यान बनेकी उनी आर्यनसँग फिल्म खेल्न भगवानसँग प्रार्थना गर्छिन् । 'फिल्ममा आउनुभन्दा पहिले नै उहाँका फिल्महरु हेर्दै आएकी थिएँ' राजु गिरीको पछिल्लो प्रोजेक्ट 'चन्द्रावती'मा व्यस्त हिरोइनले भनिन् 'उहाँको एक्टिङको म निकै प्रशंसक । लभरव्वाइका रुपमा त गजब लाग्छ ।'

सुटिङ भैरहेको सिनेमा 'चन्द्रावती'मा उनी चन्द्रावती नाम गरेकी राजकुमारीको भूमिकामा छिन् । जहाँ उनले एक्सन हिरो आयुष रिजालसँग रोमान्स गर्नेछिन् । घरमै बसेर स्क्रिप्ट पढ्दै चन्द्रावती हुनुको अभिनय गरिरहेकी छिन् उनी । उकेश दाहाल निर्देशित 'पलपलमा'बाट डेब्यु गरेकी शशीले त्यसपछि अहिलेसम्म पछाडि फर्केर हेर्नुपरेको छैन । नयाँ प्रोजेक्टहरु धमाधम हात लाग्ने क्रम जारी छ उनलाई । मेरोसिनेमा डटकममा पनि मोडलिङ गरेपछि यी हिरोइनको चर्चा चुलिएको छ । केही दिनमै नयाँ प्रोजेक्टमा साइन गर्ने मुडमा छिन् उनी ।

शशीका फ्यानहरुलाई खुशीको कुरा -केही दिनमा सुरु हुने एक हिन्दी म्युजिक भिडियोमा पनि उनले अभिनय गर्नेछिन् । 'पलपलमा'पछि उनी म्युजिक भिडियो मोडलिङमा व्यस्त छिन् । साँच्चिकै केटीहरुले पछ्याएर हैरान हुने लभरव्वाइ आर्यन शशीले प्रार्थना गर्छिन् रे भनेर सुन्दा कस्तो प्रतिकि्रया जनाउलान् ?

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out