यौनशिक्षा सिकाउँदै हमाल

चाँडै नै दर्शकहरुले महानायक राजेश हमाललाई यौन शिक्षाबारेको एक विज्ञापनमा देख्न पाउनेछन् । जुन विज्ञापनमा हमालले भन्नेछन् 'कण्डम लगाउँ, एड्स भगाउँ ।'
विभिन्न कल्याणकारी र जनचेतनामूलक विज्ञापनहरुमा अभिनय गरेका महानायकलाई नेपाल परिवार नियोजन संघले सद्भावना दूत बनाउने तयारी गरिरहेको छ । हमालले पनि आफू यौनशिक्षामूलक विज्ञापनमा अभिनय गर्न लागेकोमा खुशि व्यक्त गरे ।
असुरक्षित यौन व्यवहारले फैलिएको विकृति, अनिच्छित गर्भधारण, एचआइभी संक्रमण, यौनजन्य रोग र अपराधलाई रोक्न संघले लोकप्रीय अभिनेतालाई सद्भावना दूत घोषणा गर्न लागेको पुष्टि गरेको छ ।
हमालले पनि आफू यस्तो शैक्षिक अभियानको एम्बेसडर बन्न लागेकोमा संघलाई सहमति दर्शाइसकेका छन् । 'साँच्चिकै मलाई खुशि लागेको छ' मेरोसिनेमासँग हमालले भने 'उहाँहरुले कुरा राख्नुभयो मैले ओके गरिदिएको छु ।'
यौनबारे हमालले पहिलोपटक आफ्नो मत पनि दर्शाए । 'मेरो दृष्टिकोणमा नो सेक्स होइन सेफ सेक्स हुनुपर्छ' उनले भने 'किनभने यौन जैविक आवश्यकता हो; त्यसलाई रोक्नु प्रकृतिविपरित हुनजान्छ । सेफ सेक्सले स्वस्थ समाजको निर्माण गर्छ ।' महानायकको यस्तो मान्यताबाट अहिलेका टीनएजले पनि सिक्ने कि ?

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out