सेक्सटोय दिवस

'हामी सेक्सटोयलाई माया गर्छौं, त्यही भएर हामी एक्लो छैनौं' भन्ने नाराका साथ हालै अमेरिकामा सेक्सटोय दिवस मनाइयो । कुनै समय अश्लील उपकरण मानिने सेक्सटोयप्रति सकारात्मक भावनाको विकास भएपछि यसलाई महिला तथा  पुरुषहरूले अभिन्न वस्तुका रूपमा लिन थालेका छन् । लामो यात्रामा जाँदा होस् वा दम्पतीबीच यौनचाहना बढाउन होस् अथवा यौन संक्रमणवाट बच्न नै किन नहोस्, सेक्सटोय सर्वाधिक भरपर्दो साधन भएको छ । सेक्सटोयलाई पश्चिमी  मुलुकका चलचित्रदेखि टेलिभिजन कार्यक्रमहरूमा समेत खुला चर्चाको विषय बनाइएपछि यसको लोकपि्रयता अझ बढेको छ । यो दिवस मनाउन www.sextoyday.com ले आफ्नो साइटमा नाम दर्ता गर्ने पहिलो १ हजार व्यक्तिलाई  सेक्सटोय उपहारस्वरूप प्रदान गर्ने घोषणा गर्‍यो । उता सहर्स इन्टरप्राइजले त्यस्तो  उपहार पठाउँदा हुलाक खर्च आफैंले बेहोर्ने जानकारी दियो ।
सेक्सटोय प्रयोग गर्ने महिलाहरूमा यौनचाहना बढ्नुका साथै उनीहरूको यौन व्यवहारमा समेत सकारात्मक परिवर्तन आएको इन्टरप्राइजले जनाएको छ । 

सशुल्क यौनको पक्षमा
बुल्गेरियाको भ्रमणमा आउने पर्यटकहरूमध्ये प्रत्येक दुई जनामा एक जनाले त्यहाँको यौनव्यवसायलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् । बुल्गेरियाको भ्रमणमा जाने अधिकांश पर्यटक दलालमार्फत ठगिने भएका कारण पनि  उनीहरूले त्यस्तो धारणा व्यक्त गरेका हुन् । रिक्स म्याजेनमेन्ट फाउन्डेसनले सञ्चालन गरेको अभियानमा पर्यटकहरूले उक्त धारणा सुनाएपछि अहिले सरकारलाई यो विषयमा दबाब परेको छ । बुल्गेरियाका किशोरीहरू यौनव्यापारका लागि  युरोपियन मुलुकमा बिक्री हुने, स्वदेशमै पनि यौन शोषणमा पर्ने, लुकिछिपी यौन व्यवशाय गर्दा यौन संक्रमणका विषयमा चेतना फैलाउन नसकिनेजस्ता समस्या देखिएको फाउन्डेसनले जनाएको छ । अहिले बुल्गेरियामा यौनसेवाबापत  दलालले ग्राहकसँग ४ हजारदेखि १० हजार रुपैयाँसम्म लिने गरेका छन् । नाइट क्लबका सेविका एवं कल गर्लहरूले चर्को मूल्य लिइरहेका छन् भने मसाज पार्लर र सडकमा रहेका यौनकर्मीहरूले कम शुल्कमै यौनसेवा दिने गरेका छन् ।  बुल्गेरिया आएका पर्यटकमध्ये ३३ प्रतिशतले नाइट क्लबबाट यौनकर्मीको सम्पर्कमा आएको बताएका थिए भने २० प्रतिशतले मसाज पार्लर र ३० प्रतिशतले ट्याक्सी चालकमार्फत यौनकर्मीकहाँ पुगेको बताएका थिए । अहिले बुल्गेरियामा  ४१ प्रतिशत युवती गरिबीका कारण यौन व्यवशायमा लागेका छन् भने ८ प्रतिशत साथीभाइको करकापमा परेर यो पेसामा होमिएकाहरू छन् ।
पढाउन गाह्रो भो
विद्यालयस्तरमा यौनशिक्षा लागू गरे पनि अहिले बेलायतका शिक्षक-शिक्षिकालाई पढाउन असहज हुने गरेको छ । प्रत्येक पाँच जना शिक्षिक-शिक्षिकामध्ये ४ जनाले यौनशिक्षा विद्यार्थीहरूलाई पढाउन असहज हुने बताए । कतिपय धार्मिक  कारणले गर्दा विद्यार्थीहरूलाई यौन, सम्बन्ध र जीवनयापनका विषयमा पढाउन कठिन हुने उनीहरूले महसुस गरेका छन् । त्यसबाहेक उनीहरूले यौनअंग र त्यसको कार्यका सम्बन्धमा बताउन पनि अप्ठ्यारो हुने गरेको बताए ।

बेलायतका विद्यालयहरूमा लागू गरिएको यौनशिक्षाका सम्बन्धमा हालै भएको अनुसन्धानमा १ हजार ४ सय शिक्षक-शिक्षिका, अविभावक एवं सरकारी निकायका व्यक्तिहरूले सहभागिता जनाएका थिए । यौन शिक्षाको उपयोगिताका  सम्बन्धमा गरिएको सर्वेक्षणमा अधिकांश अविभावकले शिक्षकहरूले यौनशिक्षा व्यावहारिक रूपमा भन्दा पनि विशेषज्ञका रूपमा सिकाइरहेको बताए । अधिकांश अविभावकले विद्यार्थीहरूलाई सुरक्षित यौन र यौन सुरक्षाका विषयमा जानकारी  दिनुपर्ने बताए । एडिनबर्ग युनिभर्सिटीले गरेको सर्वेक्षणमा विद्यार्थीहरूले पनि यौन शिक्षाका विषयमा विद्यालयमा भन्दा पनि साथीभाइ तथा अविभावकहरूबाट बढी जानकारी पाउने गरेको बताए । पहिलो पटक भएको यस्तो सर्वेक्षणमा  विद्यार्थीहरूले पनि यौनशिक्षा शिक्षक-शिक्षिकाहरूबाट भन्दा पनि साथीभाइहरूबाट बढी पाइको बताएका थिए ।   

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out