एउटा फ्रेस पेयर

भलै सिनेमा फ्लप नै किन नहोस् अनस्क्रिन जोडीलाई लिएर वर्षौंपछि पनि चर्चा चलिरहन्छ । केमेष्ट्री मिलेपछि त ती जोडीहरु गसिप पेजका खुराक नै बनिरहन्छन् । अफेयरको हल्ला पनि नयाँ होइन । सन्दर्भ हो : वास्तविक जीवनमा केमेष्ट्री मिलेको ठानिएको जोडी कर्म र नन्दिता केसीको । यो 'फ्रेसपेयर' तुलसी घिमिरेको अपकमिङ प्रोजेक्ट 'मृगतृष्णा'मा अनस्क्रिन रोमान्स गर्दैछ । दुवैका फ्यानहरुलाई पनि यो 'फ्रेसपेयर'ले खुसी दिइसकेको छ ।घिमिरेले एकअर्काको अपोजिटमा कर्म र नन्दितालाई लिनुमा उनीहरुबीचको समानताका कारणबाट भएको चर्चा यतिबेला छ । यी दुबै स्टारर बीच धेरै कुरामा समानता छ जस्तो : दुवै रजतपटमा स्थापित हुन संघर्षरत छन् । दुवै स्वच्छ छविका र मृदुभाषी छन् । मुस्कान उस्तै छ । मुख्य कुरो त दुवैजना युवापुस्ताका रोजाइ हुन् । कुनैबेला भुवन-करिश्मा, राजेश कृष्टिको पेयरले रजतपट गर्मागर्म बनाएको बेला पछिल्लो समय यो पेयरबाट पनि दर्शकहरुले आशा राखेका छन् ।

सुन्नमा आएअनुसार सातायता यी दुईबीच मित्रता बाक्लिँदो छ । 'मृगातृष्णा'का लागि दुवैले राजधानी डान्स स्टुडियोमा सँगै डान्स रिहर्सल गरिरहेका छन् । 'विस्तारै उहाँलाई बुझ्दैछु' नन्दिता भन्छिन् । यसअघि नम्रता र निशासँगै अनस्क्रिन जोडी बनिसकेका कर्मको नन्दिता केमेष्ट्री कस्तो मिल्छ ? सम्भवतः निर्देशक घिमिरेले सही अनुमान गरेको हुनुपर्छ । रजतपटमा एउटा फ्रेसपेयरको ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out