जनविद्रोह सफल पार्ने वैद्यको योजना

काठमाडौं । जनताको संघीय गणतन्त्र स्थापनाका लागि जनविद्रोहको तयारीमा लाग्नु अहिलेको ठोस कार्यदिशा भएको मत राख्दै आएका माओवादी उपाध्यक्ष मोहन वैद्यले उक्त क्रान्तिकारी कार्यदिशा कार्यान्वयनका लागि सैद्धान्तिक तथा राजनीतिक र सांगठनिक पक्षका विभिन्न आधारसमेत प्रस्तुत गरेका छन्। त्यसका लागि गुटवाद तथा फुटवादका विरुद्ध संघर्ष गर्दै एकता संघर्ष र रूपान्तरणका बीचबाट नयाँ ढंगको पाटो प्रयत्न गर्नुपर्नेमा जोड दिादै वैद्यले विस्तारित बैठकलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। पार्टीभित्र विकसित दुई लाइन संघर्षलाई स्वस्थ तथा मैत्रीपूर्ण बनाउने र त्यसका लागि निश्चित विधि संश्लेषण गर्दै पार्टीमा एकता, संघर्ष र मुख्यतः रूपान्तरणका आधारमा नयाँ एकता हासिल गर्दै जाने वैद्यको प्रस्ताव छ। वैद्यले जनविद्रोह सफल पार्नका लागि कार्यविभाजन गरी, अविलम्ब तयारीका क्रममा लाग्ने, कार्यकर्ता रेखदेख, व्यवस्थापन, संरक्षण तथा परिचालनका कामलाई प्रभावकारी ढंगले अगाडि बढाउने, तयारी र कार्यकर्ता व्यवस्थापनका लागि केन्द्रीय तथा एकीकृतरूपमा योजना बनाई विशेष विभागमार्फत् अभियानका रूपमा आर्थिक संकलन गर्ने, राज्य र जिल्लाले आर्थिक उत्पादनका कामलाई व्यवस्थित तुल्याउने, जनवर्गीय संगठन तथा विभागका कामलाई व्यवस्थित तुल्याउने बारे विशेष पहल गर्ने कार्ययोजनासमेत पेश गरेका छन्। त्यसैगरी जनविद्रोह सफल पार्न सुरक्षा समितिको विशेष भूमिका रहनेमा जोड दिादै उपाध्यक्ष वैद्यले सुरक्षा समिति अर्न्तगत केन्द्रीय ब्युरो पुनर्गठन गर्ने, जनरलस्टाफको पुनर्गठन गर्ने, जिल्लामा प्रभावकारी जुझारु टिम बनाउने, कामलाई केन्द्रीय ब्युरो तथा जनरल स्टाफको बैठकमा मूर्तिकृत गरी जिम्मेवारी दिनुपर्ने प्रस्ताव गरेका छन्। त्यसैगरी संयुक्त मोर्चा निर्माणमा विशेष जोड दिादै वैद्यले देशभक्त, गणतन्त्रवादी र वामपन्थीसँग कार्यगत एकताका लागि पहल गर्ने, जनवर्ग तथा मोर्चा स्तरमा विभिन्न ढंगका संयुक्त मोर्चा बनाउने, स्थानीय तहमा मोर्चा समिति बनाई जनसत्ताका काम अगाडि बढाउने, जनसेवा, जनअदालत, तथा मोडेलका कामलाई व्यवस्थित रूपमा अगाडि बढाउने, जनतालाई क्रान्तिको पक्षमा जागृत गराउने, सहिद परिवार आयोग, घाइते तथा बेपत्ता परिवारको आवश्यक हेरचाह गर्नुपर्ने प्रस्ताव गरेका छन्। जनविद्रोह गर्नका लागि प्रशासनमा हस्तक्षेप भएको जिकिर गर्दै उपाध्यक्ष वैद्यले ब्युरोक्रेसी भित्रको कामलाई एकै ठाँउबाट परिचालन गरी कमिटीबद्ध रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्। जनविद्रोह सफल पार्न अन्तराष्ट्रिय स्तरमा भाइचारा पार्टी सँगको सम्बन्धलाई व्यवस्थित वनाउने प्रगतिशील जनवादी तथा वामशक्तिका बीचमा, साम्राज्यवादविरोधी शक्तिका बीचमा तथा विस्तारवादविरोधी शक्तिका बीचमा कार्यगत एकता गर्नुपर्नेमा जोड दिएका छन्। वैद्यको योजनाअनुसार शान्तिप्रक्रियामा आएपछि बिग्रेको माओवादीको अन्तर्राष्ट्रिय कम्युनिष्ट संगठन रिम तथा कम्पोसासँगको सम्बन्ध पुनर्जिवित हुनेछ। जनविद्रोहमा जनमत आकर्षित गर्नका लागि भारतीय विस्तारवादी हस्तक्षेपको विरोध तथा राष्ट्रिय स्वाधीनताको पक्षमा कार्यक्रम दिने, जनताको संघीय गणतन्त्रमा आधारित सामन्तवाद साम्राज्यवाद विरोधी सारतत्व भएको संविधान निर्माणको पक्षमा जनपरिचालन गर्ने महंगी, भ्रष्टाचार तस्करीको विरोध गर्ने, जनजिविकाको पक्षमा आवाज उठाउने, प्रतिरोध संघर्षलाई संगठित गर्ने, क्रान्तिकारी भूमिसुधारका पक्षमा आन्दोलनलाई संगठित पार्ने, नोकरशाही पुँजीवादको विरोध र स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रको पक्षमा आवाज उठाउनेमा उपाध्यक्ष वैद्यले विशेष जोड दिएका छन्। वैद्यको प्रस्तावबाट अध्यक्ष प्रचण्ड पछाडि फर्कन सक्ने अवस्था नरहेकाले माओवादीको विस्तारित बैठकपछि मुलुक अघोषित युद्धमा फस्ने निश्चित देखिएको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out