अर्की महिला निर्देशक

सिनेमा निर्देशनमा पछिल्लो समय महिला निर्देशकको सहभागिता बढ्दो मात्रामा छ । मोडल तथा गीतकार सुसन केसी यस्तै उदाहरण हुन् जसले निर्देशकका रुपमा रजतपटमा पाइला हालेकी छिन् । भर्खरै सुटिङ सकिएको चलचित्र 'मालतीको भट्टी' मार्फत सुसनले बेग्लै करियरको थालनी गरिन् । यो चलचित्रमा सुसनले 'एसिस्टेन्ट डिरेक्टर'को भूमिकामा निर्देशनको अनुभव बटुलिन् । पहिलो चलचित्रको अनुभवले उनलाई काम गर्ने उत्साह प्रदान गरेको छ ।

'अनुभवबाट निकै उत्साहित छु' मेरोसिनेमासँग तन्नेरी निर्देशक गफिइन् 'सानैदेखि निर्देशनको रुचि थियो, म कल्पनामा हराउँथे र कल्पनालाई साकार पार्न तल्लिन हुन्थें ।' उनको लगाव र मेधावीपन देखेर डेब्यु निर्देशक गणेशदेव पाण्डेले सुसनलाई पहिलो प्रोजेक्टमै निर्देशन सहयोगीका रुपमा सीप सिकाए । सुसनलाई आफ्ना प्रोजेक्टको निर्देशक गराउन यतिबेला थुप्रै निर्माताले चाहिरहेका छन् । 'कुरा भैरहेको छ केही दिनमै कुन फिल्म निर्देशन गर्ने निधो हुन्छ' पोखरेली ठिटीले सुनाइन् ।

'मालतीको भट्टी'मार्फत प्राक्टिकल काम गर्न पाएपछि सुसनको उत्साह र आत्मविश्वास यतिबेला चुलिएको छ । 'गायन, लेखन र मोडलिङभन्दा भिन्न अनुभव हुँदो रहेछ' उनले अनुभव बाँडिन् । अपकमिङ करियर पनि सिनेमा निर्देशनमै बढाउन चाहन्छिन् उनी । यसअघि सुसनले देशीविदेशी म्युजिक भिडियो र र्‍याम्पमा पनि मोडलिङ गरिसकेकी छिन् । अहिलेसम्म झन्डै ५० गीत लेखिसकेकी सुसनको पहिलो गीतिसंग्रह बजारमा आउँदैछ । भन्छिन् 'फिल्म मेकिङ मेरो अठोट हो ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out