सिनेकर्मी खाडीका दुई मुलुक साउदी अरब र कतारतर्फ उडेका छन्

झन्डै आधादर्जन सिनेकर्मी आइतबार खाडीका दुई मुलुक साउदी अरब र कतारतर्फ उडेका छन् । निशा अधिकारी, शर्मिला बुढाथोकी, दीपक लिम्बु, रेश्मा सुनुवार साउदी हानिए भने करिश्मा मानन्धर, दीलिप रायमाझी, सौजन्य सुब्बा लगायत सानो पर्दाका कलाकार स्टेज प्रोग्राम अन्तर्गत दोहातर्फ प्रस्थान गरेका हुन् ।

जनजाति महासंघले साउदीमा आयोजना गरेको सांस्कृतिक कार्यक्रम होस्ट गर्न निशा गएकी हुन् । जहाँ उनले दुई लोकप्रीय गीत 'कोपिलामा रंग चढ्यो…' र 'ढल्क्यो ढल्क्यो…'मा नाच प्रस्तुत पनि गर्नेछिन् । निशालाई साथ दिनेछन् पुरानो पुस्ताकी हिरोइन शर्मिला बुढाथोकी, गायक दीपक लिम्बु र गायिका सुनुवारले । उक्त गीतका लागि निशाले लामो समयदेखि रिहस्रल गरिरहेकी थिइन् ।

अर्कोतर्फ निर्माता तथा अभिनेता दीलिप, अभिनेत्री करिश्मा, सौजन्य, सानो पर्दाका कलाकार गोपाल नेपाललगायत आधादर्जन गायकगायिका दोहा लागेका हुन् । स्याङ्जाको राम्दीघाटमा निर्माण गरिन लागेको वृद्धाश्रमको सहयोगार्थ करिश्मा र दीलिपले कतारका गैरआवासिय नेपालीलाई नचाउनेछन् ।

पछिल्लो समय आफ्ना प्रोजेक्टबाट फुस्रदिलो भएपछि कलाकार विदेश कार्यक्रमका लागि उड्ने ट्रेन्ड बढेको छ । गायकबाट नायक बनेका प्रशान्त तामाङ र बाबु बोगटी पनि चाँडै कन्सर्टका लागि मलेसिया उड्दैछन् । अभिनेता अनुप बराल पनि चाँडै भारतीय टेलिफिल्म र स्पेनिस फिचर फिल्मका लागि मुम्बई उड्दैछन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out