कलेक्सन करोड नाघ्यो

लाहुरेको कथामा आधारित चलचित्र 'गोर्खापल्टन'ले डिजिटल सिनेमा नेपालको बक्सअफिसमा आइतबार कलेक्सन एक करोड नघाएको छ । दोस्रो साता पनि राम्रो पिकअप गरिरहेको नारायण रायमाझी निर्देशित चलचित्रले दोस्रो साताको तेस्रो दिनसम्म आफ्नो ग्रस रिभेन्यू १ करोड १५ लाख कायम गर्‍यो । खासगरी मोफसलका सिङ्गल थिएटरमा 'गोर्खापल्टन'को पिकअप अझै उत्साहजनक छ । सप्ताहन्तको ओपनिङमा 'गोर्खापल्टन' ७६ लाखमा अनमार्क थियो ।
अहिले देशभरका डिसिएन सर्भर जडित ४४ थिएटरमा 'गोर्खापल्टन' स्क्रिनिङ भैरहेको छ । डीसीएन वितरण इन्चार्ज दीपक दंगालले पोखरा, बुटवल, धरान, नेपालगन्ज लगायतका लाहुरे र जनजाति बहुल स्थानका सिनेमा घरमा चलचित्रले कलेक्सनलाई गति दिइरहेको बताए । 'उपत्यकाभन्दा पनि मोफसलका प्रमुख सहरमा फिल्मको चर्चा र चासो दुवै छ' दंगालले भने 'मौलिक कथा र प्रशान्त तामाङको लोकप्रियताले पनि फिल्मलाई ऊर्जा दिएको छ ।'

आफ्नो अघिल्लो फ्लप चलचित्र 'कोही…मेरो'को रिभ्यूबाट निराश बनेका निर्माता वंशल दाजुभाईलाई पछिल्लो प्रोजेक्टले उत्साह दिइरहेको छ । निर्मातामात्र होइन डेब्यु निर्देशक नारायण रायमाझीलाई पनि नेपाली सिनेमामा स्थापित हुने मार्गप्रशस्त गरिदिएको छ 'गोर्खापल्टन'ले । हिरो प्रशान्त तामाङ पनि रिभ्यूबाट निकै उत्साहित छन् ।

कलेक्सनको दौडमा 'फस्टलभ'लाई पछ्याइरहेको 'गोर्खापल्टन'को पिकअपले कस्तो मोड लिन्छ शुक्रवारसम्म कुर्नुपर्ने हुन्छ । यदि तेस्रो सातासम्म पनि पिकअप जारी राख्यो भने 'गोर्खापल्टन'ले 'फस्टलभ'को कलेक्सनलाई पनि उछिन्ने आधार निर्माण हुन्छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out