सांघाईमा नेपालको फोटो

पूर्ण बस्नेत -'डिफरेन्ट एन्ड व्युटिफुल !'नेपाल पेभेलियन हेर्न आउने प्रायः चिनियाँबाट यस्तै प्रतिक्रिया सुनिन्छ। कला, संस्कृति, परम्परा र आधुनिकताको संगम भएकाले सांघाई वर्ल्ड एक्स्पोमा राखिएको नेपाल पेभेलियनले राम्रा दशमा आफूलाई उभ्याउन सफल भएको छ। छ महिनामा ७५ लाख मानिसले नेपाल पाभिलियन हेरिसकेका छन्। नेपालले गरेको कार्यक्रम यति धेरै विदेशीले हेरेको यो नयाँ रेकर्ड हो। पेभेलियन छिरेपछि काठमाडौंको दरबार स्क्वायर पुगेको भान हुन्छ।

लिच्छवि, किराँत, मल्ल हुँदै राणा र शाह राजाकालसम्मको करिब दुई हजार वर्षदेखिको काठमाडौंको विकास क्रम पेभेलियनका नौवटा घरका कलाकृतिमा हेर्न सकिन्छ। अरनिकोले १३ औं शताब्दीमा सुरु गरेको प्यागोडा शैलीका घरका झ्याल ढोकामा कुँदिएका हिन्दु देवी(देवता र विभिन्न आकृतिका बुद्धका मूर्तिले प्रत्येक दिन ३०/४० हजार दर्शकलाई तानिरहेको छ। पेभेलियनलाई अरनिको सेन्टर नाम दिएर नेपाल(चीन ऐतिहासिक सामाजिक सम्बन्धलाई नयाँ आयाम दिन खोजिएको छ।

'बेटर सिटी, बेटर लाइफ' मुख्य थिम रहेको एक्स्पोमा १ सय ९८ देशले सहरी विकासमा आफूले गरेको प्रगति देखाउन खोजेका छन्। वर्ल्ड एक्स्पो व्यापार मेला नभएर हरेक देशले आफ्नो उपलब्धि देखाउने अवसर हो। काष्ठकलाको उत्कृष्ट प्रस्तुति र बुद्ध मन्त्रोच्चरणबाट संसारलाई शान्तिको सन्देश दिन खोज्नु नेपाल पेभेलियनको मौलिकता हो।
'बुद्धसम्बन्धी संस्कृति र उत्कृष्ट काष्ठकलाले अति नै लोभ्यायो,' नेपाल पेभेलियनको नयाँ शैलीको स्वयम्भुनाथ परिक्रमा गर्दै इन्जिनियरिङ अध्ययनरत चिनियाँ युवती चेन यिङजियले भनिन्, 'अरनिको सेन्टर आउँदा भित्रैबाट इनर्जी पाएको अनुभूति भयो, नेपाल जाउँ जाउँ लाग्यो।'

नेपाल इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुपले सञ्चालन गरेको पेभेलियनले पर्यटन प्रबर्द्धन र लगानी आकर्षित गर्न राम्रो योगदान गरेको छ। दसौं लाख चिनियाँमाझ बुद्ध नेपालको लुम्बिनीमा जन्मेको तथ्य स्थापित गर्न सक्नु यसको ठूलो उपलब्धि हो, जसले नेपालमा चिनियाँ पर्यटक बढाउन ठूलो मद्दत पुग्ने ठानिएको छ। ग्रुपका अध्यक्ष अमृत शाक्य भन्छन्, 'बुद्धको ठूलो मूर्ति र शान्तिदिपले बुद्धका अनुयायी ३० करोड चिनियाँ र विदेशीमाझ नेपालको लुम्बिनीमा बुद्ध जन्मिएको तथ्य स्थापित गर्न सफल भयौं।'
 काठमाडौं, पाटन र भक्तपुरका चार सय परिवारले तीन वर्ष लगाएर बनाएको काष्ठकलाका ५ सय ५० टन सामग्री जहाजबाट सांघाई ल्याएर पेभेलियन बनाइएको हो। यसले अरनिकोले सुरु गरेको काष्ठकलालाई चीनमा जीवन्त तुल्याएको छ। अस्ट्रेलिया, जापान, इटली, जर्मनीलगायत सातवटा वर्ल्ड एक्स्पोमा भाग लिइसकेका नेपाल पेभेलियनका निर्देशक विनायक शाह भन्छन्, '२० वर्षदेखि वर्ल्ड एक्स्पोमा भाग लिँदै आएको नेपालको सबभन्दा ठूलो पेभेलियन यही हो। यहाँ अरूले ठूलो घरभित्र प्रदर्शन गरेका छन्, हाम्रो कलात्मक घर नै ठूलो प्रदर्शन हो।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out