विवाहअघि र पछि महिलाले जान्नैपर्ने कानुनी कुरा

विवाह दुई छुट्ाछुट्ै संस्कार तथा परिवेशबाट आएका व्यक्ति एक हुने कार्य हो। विवाह कानुनी वा आफुखुसी व्यक्तिगत रूपमा समेत हुन्छ । विवाहको सन्दर्भमा वैधानिक वा अवैधानिक भन्ने प्रश्न पनि उठ्न सक्छ। विवाहका लागि उमेर पुगेका वयस्कहरूले आफू तयार छु कि छैन भन्ने कुरा खुट्याउनुपर्छ। अझ महिलाले त यस विषयमा थुप्रै तयारी एवं जानकारी राख्नु आवश्यक छ। हाम्रो संस्कारमा विवाहपछि दुलही दुलहाको घरमा जाने चलन छ। छुट्टै रहनसहन, वातावरण, संस्कारलगायत विभिन्न चुनौती स्वीकार गर्न विवाह गर्ने दुलही तयारी अवस्थामा रहनुपर्ने हुन्छ। दुलही बन्नुअघि व्यक्तिगत एवं पारिवारिक कुराका अतिरिक्त कानुनी कुरा पनि जान्नु आवश्यक छ। विवाहपछि हिंसा भए कहाँ जाने, विभेद भए कहाँ उजुरी गर्ने, सम्पत्ति आदि आफ्ना अधिकारका सम्बन्धमा के गर्ने, कथंकदाचित् गर्भपतन गर्नँपरे अथवा मन, भावना, विचार नमिले र सम्बन्धविच्छेद गर्नँपरे कस्तो प्रक्रिया अपनाउने आदि कुराको जानकारी राख्नैपर्छ। नारीको यो अंकको बहसका लागि महिलासँग जोडिएका यिनै महत्वपूर्ण विषयमा छलफल गरिएको थियो।कल्पना आचार्य
सञ्चारकर्मी
शिक्षा, जनचेतना, विकास, समानता आदि विषयमा शताब्दियौंदेखि पछाडि पारिएका नेपाली महिलाहरूको नीति निर्माण तहमा अझै सन्तोषजनक सहभागिता छैन। सांस्कृतिक, धार्मिक वा सामाजिक बहानामा महिलामाथि हुने विभेद र हिंसा कायमै छ। फलस्वरूप महिलाहरूले विवाहअघि र विवाहपछि शारीरिक तथा मानसिक विभेद एवं दमनकोे सिकार हुनुपरेको छ। एक दशकयता खासगरी सहरी क्षेत्रमा सम्बन्धविच्छेद, सम्पत्ति विवाद एवं ग्रामीण भेगमा महिलाहरू विवाहपछि शारीरिक हिंसाको सिकार भैरहेका छन्। महिलाहरूले विवाहअघि आफ्नो अधिकारका सम्बन्धमा देशको संविधान र कानुन तथा महिला समानता र हकका सम्बन्धमा ग्यारेन्टी गरिएका कतिपय अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताका सम्बन्धमा थाहा नपाउनुले पनि समानतामा आधारित सुखमय दाम्पत्य जीवनबाट वञ्चित हुनुपरेको छ। गर्भपतन, सम्पत्तिमा समान अधिकार, सम्बन्धविच्छेद, व्यापार तथा उद्योगमा लगानीको अवसर, शारीरिक वा मानसिक यातनाविरूद्धको हक, संवैधानिक, न्यायिक तथा प्रशासनिक उपचारमा पहुँचजस्ता विषयमा यथेष्ट कानुनी प्रावधान हुुँदाहुँदै पनि ती प्रावधान र प्रक्रियाका सम्बन्धमा सामान्य जानकारी पनि नहुुनाले उनीहरू विभेदको सिकार भैरहेका छन्। कतिपय महिला सम्बन्धविच्छेद गर्ने मन भएर पनि प्रक्रियाका सम्बन्धमा थाहा नपाउँदा वा समाजले के भन्ला भन्ने डरले आफ्नो जीवन बर्बाद गरिरहेका हुन्छन्। सामाजिक प्रतिष्ठामा प्रश्नचिन्ह लाग्ने डरले विवाहपछि हुने घरेलु हिंसाका कतिपय घटना सार्वजनिक हुँदैनन्। महिलाले परिवार एवं समाजमा समान हैसियतमा जीवन यापन गर्न विवाहअघि नै विद्यमान कानुन र संवैधानिक उपचारका सम्बन्धमा पर्याप्त जानकारी राख्नु आवश्यक छ। महिला हकहितका लागि कार्यरत संस्था, सरकारी संयन्त्र तथा आमसञ्चारका माध्यमहरूले यी प्रावधान एवं प्रक्रियाका बारेमा यथासम्भव जानकारी दिएर व्यापक जनचेतना जगाउन सके महिलाहरूलाई सहयोग हुनेछ।
देविका वन्दना,  गायिका
नेपाल पुरुषप्रधान देश हो। यहाँ शिक्षितभन्दा अशिक्षित महिलाको संख्या धेरै छ। महिला कानुन एवं हक-अधिकारका बारेमा महिलाले मात्र बुझेर हुँदैन पुरुषहरूले पनि बुभmन जरुरी छ। महिला-पुरुष दुवै शिक्षित भए हक-अधिकारका बारेमा बुझ्न गाह्रो हुँदैन। विवाहअघि कानुनी कुराहरू थाहा हुनु अत्यावश्यक छ। अहिले कोर्ट म्यारिजको चलन पनि छ तर परम्परागत विवाह गरे पनि विवाह दर्ता गर्नुपर्छ। विवाहअघि महिलाले केटाको पारिवारिक वातावरण, भूमिका कस्तो छ, बहुविवाह हो कि, एकल वा संयुक्त परिवार के छ ? आदि कुराको जानकारी लिनुपर्छ। मेरो पनि लभ म्यारिज हो। विवाहअघि मैले उहाँको सबै व्यक्तिगत एवं पारिवारिक वातावरण बुझेकी थिएँ। सबै कुरा पहिले बुझेकीले मलाई त्यस्तो गाह्रो भएन। पुरुषप्रधान समाजमा नारी हितको कुरा आउँछ। महिलाले पैतृक सम्पत्ति पाउने कानुन निर्माण हुनु नारी आन्दोलनको सफलता हो। अहिले नारी-पुरुष बराबर हुँदैछन्। त्यसैले नारी-पुरुषमा कुनै भिन्नता छैन। अहिले आमाको नाममा पनि नागरिकता बन्न थालेको छ, यो पनि ठूलै उपलब्धि हो। नारीले यी सबै कुरा सिक्नु र जान्नु जरुरी छ।

समा थापा,
समाचार वाचिका, कान्तिपुर टेलिभिजन

विवाहले मानिसलाई नयाँ परिवेशमा पुर्‍याउँछ। विवाहपूर्व हरेकले यसलाई विभिन्न्ा कोणबाट व्याख्या गरे पनि यथार्थमा फरक हुन सक्छ। विवाह एक गहन जिम्मेवारी हो, यो जिम्मेवारी
दम्पतीमा सीमित नभई परिवार एवं समाजसँग पनि जोडिएको हुन्छ जसलाई बहन गर्न मानसिक रूपमा तयार भएपछि मात्र यो संस्थामा प्रवेश गर्नु बुद्धिमानी हुन्छ। विवाहपछि महिलाले निजी जीवन र भान्साकोठाभन्दा बाहिर आफ्नो उपस्थिति देखाउन सक्नुपर्छ। यस्तो उपस्थिति निणर्ायक प्रक्रियामा सहभागी भएर वा रचनात्मक सुझावका माध्यमबाट जनाउन सकिन्छ। सही वा गलत खुट्याउन सक्ने, असल कुराको समर्थन र गलत कुराको विरोध गर्न सक्ने क्षमता राख्नुपर्छ। यसका लागि महिलाले आफ्नो दायित्व अर्थात् अधिकार र कर्तव्य बुझेको हुनुपर्छ। यस्तो अधिकार र कर्तव्य सामाजिक रूपमा मात्र होइन कानुनी रूपमा के छ भन्ने पनि बुझ्नु आवश्यक हुन्छ। महिलाहरू कानुनका दृष्टिमा सबल भए पनि त्यसको उचित ज्ञान नहुँदा र सामाजिक प्रक्रियामा गएपछि उत्पन्न हुने सामाजिक परिस्थितिलाई सामना गर्ने साहस नराख्दा अन्याय सहन बाध्य हुने गरेका घटना प्रशस्तै छन्। कानुन नबुझी तर्सिने वा गलत ढंगले बुझ्नाले समस्या पैदा भएका घटना पनि उत्तिकै छन्। त्यसैले अन्याय परे कसरी सुल्झाउने भन्ने कुरा बुझ्नैपर्छ। कुनै कुरा व्यक्तिगत कुराकानीबाट, कुनै पारिवारिक एवं कुनै सामाजिक सक्रियतामा छिनोफानो हुन्छन् भने कतिपय विषयमा कानुनी कारबाही नै चलाउन आवश्यक हुन्छ। यस्ता कानुनी विषय पारिवारिक कानुन तथा मुलुकी ऐनका मूलभूत विषयहरूको जानकारी राख्नु उचित हुन्छ। यसका साथै कुन निकायमा कुन विषयमा उजुरी गर्ने भन्ने सामान्य जानकारी पनि राख्नुपर्छ।

कृष्णप्यारी नकर्मी  अधिवक्ता
विवाह महिला र पुरुषको सामाजिक सम्बन्ध हो। विवाहअघि महिलाहरूको हैसियत छोरीका रूपमा हुन्छ। अहिले छोराछोरीमा समान अधिकार दिने अथवा पैतृक सम्पत्तिमा बराबर अधिकार छ। महिला शिक्षा, स्वास्थ्य, रोजगारी, पेसा आदिमा सक्षम हुनुपर्छ। आत्मविश्वासी र आत्मनिर्भर हुनुपर्छ। कानुनले दिएको अधिकारलाई व्यवहारमा प्रयोग गर्न आफू स्वयं लागिपर्नुपर्छ। यदि विवाहअघि नै अंश प्राप्त गरिएको छ भने विवाहपछि उक्त अंश फिर्ता गर्नु पर्दैन। विवाह इच्छाअनुसार गर्नुपर्छ, विशेष रूपमा कानुनी उमेरको ख्याल गर्नुपर्छ। जबरजस्ती विवाहलाई कानुनी मान्यता हुँदैन। महिला स्वयंले पनि विवाह गर्न आफू सक्षम छु भन्ने कुरामा ध्यान दिनुपर्छ। विवाहपछि महिलाले आफ्नो हैसियतमा परिवर्तन गर्नुपर्ने हुन्छ। नयाँ परिवारमा आफूलाई एडजस्ट गर्न गाह्रो हुन्छ। नेपाली समाजमा बुहारीलाई पारिवारिक निर्णयमा सहभागी गराउने परम्परा छैन। अझ ग्रामीण क्षेत्रमा हेर्ने हो भने महिलाले अंश लिन्छन् भनेर नागरिकतासमेत नलिइदिने, विवाह दर्ता नगराइदिने चलन अझै छ। जसले गर्दा बहुविवाहका घटना बढेका छन्। परिवारमा सासू-ससुराले खान-लाउन नदिए कानुनी रूपमा मानाचामल भराउन पाइन्छ भने श्रीमान्ले खान-लाउन नदिई घरबाट निकाला गरे कुनै पनि समयमा अंशमा उजुरी गर्न सकिन्छ। यदि श्रीमान्सँग मन नमिले, शारीरिक एवं मानसिक हिंसा भए र आफू ऊसंँग बस्न नचाहे सम्बन्धविच्छेद गर्न सकिने कानुनी प्रावधान छ। प्रत्येक विवाहित महिलाले यस विषयमा जानकारी राख्नुपर्छ।
तारा थनेत, प्राध्यापक,
कुमारवर्ती वा. क्याम्पस, कावासोती
विवाहलाई हामीकहाँ 'सामाजिक बन्धन' का रूपमा चित्रण गरिन्छ। सामाजिक बन्धनले मानिसको आचरण, शैली-व्यवहार आदिमा नियन्त्रण गर्छ, त्यो केही हदसम्म सबल पक्ष हो तर हाम्रो जस्तो पितृसत्तात्मक एवं परम्परागत शैलीमा चलेको समाजमा भने महिलाहरूलाई मात्र बन्धनमा बाँध्न खोजेको पाइन्छ। आफ्नो वैवाहिक जीवन, पारिवारिक अवस्था सुखी राख्न र आफ्नो सामाजिक प्रतिष्ठा वृद्धि गर्न महिलाले धेरै कुरा जान्नुपर्ने हुन्छ तर हाम्रो समाजमा महिलाहरूले आफ्ना आकांक्षा एवं चाहनालाई धेरै पटक धेरै ठाउँमा तिलाञ्जलि दिनुपर्ने अवस्था अझै छ। विवाह गर्ने तथा सन्तान जन्माउने उमेर एवं अवस्थाका बारेमा राम्रो ज्ञान हुनुपर्छ। कानुनले १८ वर्षभन्दा अघि विवाह गर्नु हुँदैन भन्छ तर करकापमा यस्ता कार्यहरू हुँदै आएका छन्। यसलाई महिला स्वयंले बुझेर प्रतिकार गर्ने प्रयास गर्नुपर्छ। महिलाहरूलाई प्रजनन् अधिकार छ भन्ने कुराको ज्ञान हुनुपर्छ। महिलाहरूले विवाहपूर्व जान्नैपर्ने कुराहरूमा यौन, यौनजन्य रोगहरू, महिनावारी, सेक्स्युअल अर्गान्स र ती अंगहरूको विशेष हेरचाह गर्ने तरिका आदि पनि हुन्। हाम्रो समाजमा व्याप्त अर्को कुरीति दाइजो हो। महिलाले विवाहपूर्व दाइजोका बारेमा समेत पूर्णरूपमा जानकारी लिनुपर्छ। आफूले विवाह गर्ने घरका परिवारजन तथा तिनीहरूको दाइजोप्रतिको आकर्षण भनौं वा मागलाई राम्रोसँग बुझेर मात्र विवाह गर्नुपर्छ।  महिलाले विवाहपूर्व दाइजोका बारेमा विशेष जानकारी लिनुपर्छ। दाइजो नलिने वा माग नगर्ने परिवारजन वा श्रीमान् छान्नु उत्तम हुन्छ। प्रेम विवाहमा दाइजोको चलन नभए पनि मागी विवाहमा यसको प्रचलन कायमै छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out