एमाले नेता थापाको हत्या माओवादीबाटै : मानव अधिकार प्रतिवेदन

काठमाडौं, मङ्सिर २ (नागरिक)- धादिङका एमाले नेता शिव थापा मगरको हत्या माओवादी कार्यकर्ताबाटै भएको मानव अधिकारवादीहरुको प्रतिवेदनले जनाएको छ। इन्सेक, एडभोकेसी फोरम, पिपिआर नेपाल, नेपाल मानवअधिकार एलायन्स, काहुराष्ट, महिला मानवअधिकार सञ्जाल र आइसिडिसीको अध्ययनले उक्त निष्कर्ष निकालेको हो।
घटनास्थल अध्ययन, परिवारका सदस्यहरू, देख्ने सुन्ने, छिमेकी, घटनास्थल वरिपरिका मानिस, स्थानीय प्रशासन, राजनीतिक दलहरूको भनाई र अध्ययनका क्रममा प्राप्त तथ्यहरू विश्लेषण गर्दा यस्तो निष्कर्ष निकालिएको उनीहरुको प्रतिवेदनमा उल्लेख छ। हत्या गर्नुपर्ने कारणमा राजनीतिक रीसइवीबाहेक अन्य नदेखिएको पनि प्रतिवेदनमा उल्लेख छ।

२०६६ मंसिरमा भएको नेकपा एमालेको जिल्ला अधिवेशनमा दार्खालगायत त्यस भेकका दर्जनौ एकीकृत माओवादीका कार्यकर्ताहरू एमाले प्रवेशमा उनको हात रहेको तथा त्यसैबेला दार्खामा एमाले एकीकृत माओवादीवीच भएको भनिएको गोली काण्डमा समेत उनी संलग्न रहेको आरोप लाग्नु राजनीतिक रीसईवीबाहेक केही देखिँदैन, प्रतिवेदनमा भनिएको छ- २०६७ को विजयादशमीका दिन आरोपी रामशरण थापामगरले मृतकका आफन्त र छिमेकीसँग समेत अब ऊ धेरै बाँच्दैन, उसका दिन सकिए भन्दै हिँड्नु र हत्यापश्चात आरोपित व्यक्तिहरू गाउँबाट फरार रहनुले घटनामा उनीहरूको प्रत्यक्ष संलग्नता देखिन्छ।

घटनामा संलग्न देखिएका व्यक्तिहरू वाइसिएल र एकीकृत माओवादीका जिल्ला र स्थानीय तहका सक्रीय कार्यकर्ता भएकाले पार्टीगत निर्णयबाट हत्या नभएको भनिए तापनि आरोपित व्यक्तिहरू एकीकृत माओवादी कार्यकर्ता भएको देखिन्छ- अध्ययनले भनेको छ।

हत्यामा आरोपित विक्रम भनिने टेकबहादुर तामाङ र राजेन्द्र विकलाई एकीकृत माओवादीले २०६७ कात्तिक २९ गते पार्टीको सबै तहको जिम्मेवारीबाट निष्कासन गरेको थियो।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out