चिनियाँ पुरुषमा घटदो यौनशक्ति

बेइजिङ । अधिकांश चिनियाँहरु आफ्नो यौन जीवनबाट खुसी छैनन् । उनीहरु यसका लागि कामको बोझलाई दोषी ठान्दछन् ।
चिनियाँ समाचारपत्र ‘चाइना डेली’ का अनुसार हालै गरिएको एउटा सर्भेबाट यो परिणामको खुलासा भएको हो । सर्भेका अनुसार ७० प्रतिशत चिनियाँ पुरुष एक महिनामा दुईदेखि ५ पटक मात्र शारीरिक सम्बन्ध कायम गर्न सक्दछन् ।
चिनियाँ मेडिकल डेभलपमेन्ट रिसर्च काउन्सिलका अधिकारी झाङ्ग यिलानले यस विषयमा भने-हाम्रा पुरुषहरुको यौनशक्तिमा लगातार कमी आइरहेको छ। हाम्रो देशका पुरुषहरु महिनामा २ देखि ५ पटक मात्रै शारीरिक सम्बन्ध बनाउन पाउछन् । जबकि युरोपका पुरुष सातामा २ देखि ५ पटक शारीरिक सम्बन्ध कायम गर्न सक्षम छन् ।
यो सर्भेक्षणमा ३३,००० पुरुषलाई सहभागी गराइएको थियो । ५ महिनासम्म चलेको यो सर्भेमा ७० प्रतिशत चिनियाँ पुरुष शारीरिक सम्बन्धका विषयमा असन्तुष्ट रहेको खुलासा भएको हो ।
सर्भेका अनुसार कामको बोझमा दबेको चिनियाँहरुसँग यति पनि समय पाउँदैनन् कि आफ्नो कमजोर हुँदै गएको यौनशक्तिको जाँच गराउन सकियोस् । चीनमा मात्र एक प्रतिशत मानिस यसविषयमा सल्लाह लिन डाक्टरसम्म पुग्दछन् । एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out