कानुनका विद्यार्थीको चाला

अमेरिकाको ब्रुकलिन ल स्कुलका विद्यार्थीले लाइब्रेरीलाई प्रयोग गरेर एक भित्री पोसाक निर्माताका लागि फोटोसुट गरेका छन् । 'डिसेल’ ब्रान्डका अण्डरवेयर, पेन्टि तथा ब्राका लागि विद्यार्थीहरूले लाइब्रेरीको प्रयोग गरेका थिए । कामोत्तेजक पोजमा खिचिएका उक्त तस्बिरमा विद्यार्थीहरूले लगाएको भित्रि पोसाकमा लेखिएका शब्द पनि कामोत्तेजक थिए ।
एक तस्बिरमा एक छात्रले लगाएको भित्री पोशाकमा 'आज म तिम्रो स्कुल टिचर’ भनिएको छ भने उनीसँगै रहेकी अर्की छात्राले लगाएको भित्रि पोसाकमा 'आज राती म तिम्रो छात्रा’ लेखिएको छ । यस्तो तस्बिर सार्वजनिक भएपछि कानुनका विद्यार्थीहरूको उपहास भएको जिकिर पनि हुन थालेको छ ।

टेलर सेक्सटोय
 पश्चिमी मुलुकमा सेक्सटोयको कारोबार रेडिमेड ढंगमा हुँदै आएको छ । उत्पादक कम्पनीले विभिन्न ढंगमा निर्माण गरेका सेक्सटोयहरू उपभोक्ताले रहर तथा बाध्यताले प्रयोग गर्दै आएका छन् । यस्ता किसिमका सेक्सटोयले उपभोक्ताहरूलाई सही अर्थमा आनन्द नदिने देखेपछि बर्लिनकी स्टेफानी डोरले ग्राहकको यौनाङ्गको नापअनुसार सेक्सटोय निर्माण थालेकी छिन् । नाप लिएर हातले निर्माण गरिएको सेक्सटोय रेडिमेडको तुलनामा विश्वासिलो हुन्छ । स्टेफनीले प्लेस्टिक्स नामक कम्पनी खोलेर टेलर मेड सेक्सटोयको कारोबार थालेकी हुन् । उनले प्राचीन कालमा पनि यौनांगको नापअनुसार सेक्सटोय प्रयोग हुने गरेका कारण यसको विश्वसनीयता बढी भएको बताइन् । केही समयअघि स्वीडेनमा फेला परेको एउटा सेक्सटोय ४ इन्चको थियो । उक्त सेक्सटोयलाई पुरातत्वविद्हरूले ६ देखि ८ हजार वर्ष पुरानो मानेका थिए ।

मलेसियाले यौनशिक्षा दिने 

 मलेसियाले आगामी वर्षदेखि आफ्नो पाठ्यक्रममा यौन शिक्षालाई अनिवार्य गर्ने बताएको छ । पुरातनवादी धार्मिक समुदायले यौन शिक्षाका विषयमा विरोध गरे पनि सरकारले आगामी वर्ष माध्यमिक तहको पाठ्यक्रममा यौन शिक्षालाई लागू गर्ने भएको हो ।

१३ वर्षदेखि १७ वर्षका विद्यार्थीहरूलाई प्रत्येक दिन ४० मिनेट प्रजनन स्वास्थसम्बन्धी अध्यापन गराइने शिक्षा मन्त्री विका सियोङले जानकारी दिए । सियोङका अनुसार पाठ्यक्रममा स्वास्थ, मनोविज्ञान तथा यौनसम्बन्धका विषयमा अध्ययन गराइनेछ । गत वर्ष प्रहरीबाट प्राप्त भएको तथ्यांक अध्ययन गरेपछि सरकारले पाठ्यक्रममा यौनशिक्षालाई समावेस गर्ने निर्णय गरेको हो । प्रहरीको प्रतिवेदनअनुसार मलेसियामा प्रत्येक वर्ष १ सय बालबालिका बेवारिस अवस्थामा छोडिन्छन् भने क्वालालम्पुरमा प्रत्येक १० दिनमा एक बेवारिस शिशु फेला पर्ने गरेका छन् ।

अर्धनग्नतस्बिर नखिच्ने
 चीनमा पछिल्लो पटक विकास भएको नयाँ ट्रेन्डअनुसार नवदम्पतीहरू आफ्नो विवाहको सम्झना अर्धनग्न, नग्न तस्बिर खिचेर गर्न थालेका छन् । नवविवाहिताहरूले अर्धनग्न तस्बिर नाम चलेका फोटोग्राफरमार्फत खिचाउने लहर बढेपछि स्थानीय फोटोग्राफरहरूले पनि कुन पोजमा आकर्षक अर्धनग्न तस्बिर खिच्ने भन्ने प्रतिस्पर्धा नै गर्न थाले । यो प्रतिस्पर्धा बढ्दै जाँदा कतिपय दम्पतीले पूर्ण नग्न समेत तस्बिर भएर खिचाउन थाले । विवाहजस्तो पवित्र कार्यमा नकारात्मक धारणा विकास भैरहेको महसुस हुन थालेपछि स्थानीय विवाह परामर्श संस्थाहरूले दम्पतीहरूको अर्धनग्न तथा पूर्ण नग्न तस्बिर खिच्न रोक लगाउने अभियान थालेका छन् । 

विवाह गराउने संस्थाहरूको संगठनले विवाहको तस्बिर खिच्ने फोटोग्राफरहरूलाई कुनै पनि दम्पतीको अर्धनग्न तस्बिर नखिच्न भनेको छ । संस्थाले फोटोग्राफरहरूले यो अनुरोधलाई स्वीकार गरेर दम्पतीहरूलाई त्यस्तो किसिमको तस्बिर खिच्न निरुत्साहित गर्नुपर्ने बताएको छ । विवाह पवित्र बन्धन भएका कारण त्यसमा नग्नता झल्कने र समाजमा नकारात्मक भावना विकसित हुने किसिमको काम कसैले गर्न नहुने उनीहरूले बताएका छन् । यस्ता किसिमका तस्बिर संस्मरणका लागि खिचिए पनि कुनै कारणले बाहिर आए गोपनियतासमेत भंग हुने हुँदा दम्पती र फोटोग्राफरहरूले सचेत हुनुपर्ने परामर्शदाताहरूले बताएका छन् ।

चुनाव जित्नका लागि
 राजनेता हुन जनताको मन जित्नुपर्छ । यसका लागि जनताको सेवा गर्नुपर्‍यो कि जनतालाई आकषिर्त हुने कुनै काम गर्नुपर्‍यो । यस्तै किसिमको दोधारमा परेकी चेककी एक महिला नेताले नग्न भएर जनताको मन जित्ने सोच बनाएकी छिन् । यसअघि कामोत्तेजक पहिरन लगाएर सभासद्हरूका सामु प्रस्तुत भएकी इभोना फिसेरोभाले आगमी दिनमा नग्न भएर पनि जनताको मन जित्ने दाबा गरेकी छिन् । उनले प्ले ब्वाइका लागि निवस्त्र फोटो सुट गरेर आएको रकम सेवामुखि संस्थाहरूलाई दिन चाहेको बताएकी छिन् ।

इभोनाले आफ्नो फेसबुकमा अहिलेका बुढा राजनेताहरूले नयाँ पुस्ताको राजनीतिक सोचलाई बुझ्न नसकेको पनि दाबी गरेकी छिन् । नेताहरूले चुनाव जित्नका लागि पहिलो पटक निर्वस्त्र हुने अभियान थालेका भने होइनन् । सन् २००७ मा बेल्जियमको निर्वाचनमा तानिया डर्भेउक्सले पनि ४० हजारलाई रोजगारी दिने नाराका साथ निवस्त्र भएर चुनाव प्रचार गरेकी थिइन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out