'रेखासँग नाच्दै भन्छन् सुकिला र मुकिला'

काठमाडौं, कात्तिक १९ (नागरिक)- 'रेखासँग नाच्दै भन्छन् सुकिला र मुकिला, फाइभस्टारको चिकेन रोस्ट डकार झुसिला' भन्दै व्यंग्यात्मक देउसी खेल्यो सिस्नुपानी नेपालले। गुरुकुल नाटकघरमा बिहीबार आयोजित देउसीमा सिस्नुपानीले राजसंस्थालाई पनि यसरी व्यंग्य गरे,

'राजावादी चोखिँदैछन् माओवादी भाँडामा,
कुन दिन चढ्छिन् हिमानी पनि पेरिस डाँडामा।'
१३ वर्षदेखि आयोजना हुँदै आएको देउसी कार्यक्रममा राजनीतिक व्यंग्य बढी गरियो। २० जना कलाकारले एउटै स्टेजमा एकसाथ देउसी खेले। दौरासुरुवालमा सज्जित कलाकारहरूले जनताको दुःखलाई नेताहरूले बेवास्ता गरेकोमा दुःख पोखे। जनतालाई दुःख दिने तŒवहरू बन्द, हड्ताल, लोडसेडिङ, महँगी र भ्रष्टाचार सदाको निम्ति निर्मुल हुनुपर्ने र शान्ति तथा संविधानको चाँडै स्थापना गरिनुपर्नेमा जोड दिए।

'जनताको दुःखमाथि नेताहरू रमाइरहेका हुँदा हामी यस किसिमको व्यंग्यात्मक कार्यक्रम गर्न बाध्य भएका छौँ,' सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले भने।
नेपालको सुरक्षा स्थितिप्रति पनि उनीहरूले निशाना दागे,
'साना गुण्डा समाचारमा दिनदिनै छाउँछन्,
ठूलासँग पुलिस आफैँ मित लाउँछन्।
एक दुईजना रमेश खरेल भेटिन्छन् नि भेट्नलाई,
पछिपछि ठूला हाकिम पाइला मेट्नलाई'।
'देशको परिस्थितिले गर्दा व्यंग्य गर्नैपर्ने स्थितिको सिर्जना भएको हो,' सहभागी कलाकार मनोज गजुरेलले भने। कार्यक्रममा कर्णाली नाट्य समूह मुगुले समेत देउसी खेल्यो। उनीहरूले कर्णालीको भाषा र संस्कृतिल जोगाउन सबैसँग आग्रह गरे।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out