काठमाडौँ अन्तर्राष्ट्रिय वेश्याको अखडा

काठमाडौं। अन्तराष्ट्रियस्तरका वेश्याहरूको एउटा ठूलो सञ्जाल राजधानी काठमाडौंका भव्य महल र पाँचतारे होटलमा सक्रिय रहेको छ। अहिलेसम्म प्रहरीको पहुँचभन्दा बाहिर रहेर सञ्चालित यो अन्तराष्ट्रियस्तरका वेश्याहरूले मिनेट र घन्टाका हिसाबले डलरको भाउमा रकम असुल्ने गरेका छन्। उच्चस्तरी यस्ता वेश्याहरूमा हलिउड, बलिउड र फिल्म उद्योगमा नाम चलेका हिरोइन र मोडेलहरू रहेका छन्। यस्ता वेश्याहरूले एकरातको लाखौँ रूपैयाँ असुल्ने गरेको कुरा विशेष श्रोतबाट थाहा हुन आएको छ। यो अन्तर्राष्ट्रिय वेश्या गिरोह सञ्चालकले अन्तराष्ट्रियस्तरका वेश्यालाई काठमाडौँका नव धनाढ्य, तस्कर, सेना, प्रहरीका उच्च अधिकारीलगायत उच्च पदस्थलाई सप्लाई गर्ने गरेको स्रोत बताउँछ। ठमेलको भगवान बहाल नजिक रहेको एक निजी भव्य महल, चुनदेवीमा रहेको त्यस्तै अर्को भव्य महल ती वेश्याहरूको सम्पर्क स्थान रहेको छ। यसमा एक जना पूर्व डीआईजी की श्रीमती नै सम्पर्कको माध्यम बने पनि यो धन्दा पछाडि कसको सम्पर्क र हात छ भन्ने उनलाई समेत थाहा छैन। स्रोतका अनुसार क्यासिनो सञ्चालक मध्येका राकेश वाधवाले क्यासिनो भित्रबाटै यस्तो धन्दा चलाएका थिए। वाधवालाई प्रहरीले पक्राउ गर्न खोजेपछि यो पेसामा संकट उत्पन्न भएको छ। बलिउडका कतिपय हिरोइनहरू समेत यो धन्दाका लागि सुटुक्क काठमाडौँ आउने गरेका छन्। सुन्दर युवतीहरूलाई वेश्यावृत्तिमा ठूलो लगानी साथ पठाइनु र उनीहरूको पहुँच यहाँका प्रहरी प्रशासन, तथा राजनैतिक तहसम्म पुग्नुले मुलुकको सुरक्षामै प्रश्नचिह्न उठेको स्रोत बताउँछ। ती अन्तर्राष्ट्रिय वेश्याहरू प्लेन चढेर काठमाडौंमा आई काम फत्ते गरी फर्किने गरेका छन्। बलिउडबाहेक बैंकक, अमेरिका, चीन, बेलायत, फ्रान्स, इटाली, जापान, जर्मन, पाकिस्तानका ख्याति प्राप्त सुन्दरीहरू यो धन्दाका लागि काठमाडौं आउने गरेका छन्। अत्यन्तै गोप्य रूपमा सञ्च्ाालन गरिएको यो धन्दाका लगानीकर्तामा क्यासिनो तथा ठूला ट्राभल्स एजेन्सी संचालक, हुण्डीको तथा जग्गाको कारोबार गर्ने नामुद दलालहरू रहेको बताइएको छ। श्रोत भन्छ– यो धन्दाका लागि सम्पर्कको पहिलो माध्यम भने इन्टरनेट को धधध।यिबिकतगदभ।अय्क रहेको छ। यस्ामा वेश्याहरूको अश्लील तस्वीरदेखि सम्पर्कको माध्यम इन्टरनेटबाटै दिएर स्थानीय दलाल (पहुँचवाल) मार्फत रकमको लेनदेन गरेर वेश्यालाई झिकाइन्छ। सम्पर्कमार्फत् उपलब्ध तस्वीरबाट वेश्याको छनोट गरेर तिनुपर्ने पैसा समेत पहिले नै तय गरी मिति तय गरेपछि त्यस्ता वेश्याहरू काठमाडौं आउने गरेका छन्। यसमा ए ग्रेड र बी ग्रेड भनी वेश्याको स्तर छुट्याइएको छ। सजिलै उपलब्ध हुने विदेशी वेश्याको सुन्दरता र उमेर हेरेर स्थानीय तहमै दलालमार्फत् रकमको तय हुन्छ। श्रोत भन्छ– सेक्स का विभिन्न चरण मुख मैथुन, हस्त मैथुन, गुद्वार मैथुनदेखि आलिङ्गन संभोगसम्मको अलगअलग रेट समय अवधि अनुसार लिने गरिन्छ। ए ग्रेड कि वेश्यसँग रातभर संभोग गर्न लाखौं रूपैयाँ बुझाउनुपर्ने र बि गे्रडकी वेश्यालाई त्यसको आधा रकम तिर्नुपर्ने हुन्छ। यसमा उच्चस्तरको होटलको बसाइ र खाना निःशुल्क हुने गर्छ। तोकिएको स्थान समय र व्यक्तिको माध्यमबाट कोड वर्डबाट यो धन्दा अन्यन्तै गोप्य रूपमा चलाइएको छ। नेपाली युवतीहरूको पनि माग साउदी अरब, दुबई, थाइलैन्ड, मलेसिया र युरोपियन मुलुकमा बढ्न थालेपछि नेपालमा पनि सुन्दरी प्रतियोगिता र मोडलिङको प्रदर्शनी, प्रचारप्रसार गरेर सेक्स को व्यापारमा अन्तराष्ट्रिय आपराधिक गिरोहले विभिन्न वहानामा आकर्षित गराउने क्रममा एक जना चर्चित नेपालकी सुन्दरीलाई मुम्बईमा यो धन्दामा सक्रिय गराइएको स्रोतले बताएको छ। यो धन्दा पछाडि नवधनाढ्य र तस्करहरूको संलग्नता र क्यासिनो मध्यस्थकर्ता हुनुले नेपालको सुरक्षा र राजनीतिक क्षेत्रको थुप्रै गोप्य सूचना र दस्तावेज विभिन्न आतंकवादी संगठनको हातमा पुगेको आशंका गरिएको छ। श्रोतका अनुसार सरकारको सुरक्षा सम्बन्धी एउटा गोप्य दस्तावेज मात्र होइन माओवादीको गोप्य दस्तावेजहरू समेत पहिले नै विदेशी गुप्तचर संस्थाहरूले यस्तै अन्तराष्ट्रिय वेश्याहरूलाई आफ्नो एजेन्ट बनाएर फुत्काएको बताइन्छ। भारतको मुम्बई र दिल्ली पुलिसले अन्तराष्ट्रिय वेश्या संगठनका केही गिरोहहरू फेला पारेर पक्राउ गरे पनि नेपाल प्रहरीले भने कमाउने र खाने धन्दामा सानातिना ठमेलका कल गर्ल र वेश्याहरूलाई पक्राउ गर्ने बाहेक कुनै उपलब्धी हासिल गर्न सकेको छैन।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out