डरायो अमेरिका, डराए डिलिसी पनि

विकिलिक्सले नेपालसम्बन्धी २ हजारभन्दा बढी कागजात सार्वजनिक गर्न लागेको खबर सार्वजनिक भएपछि नेपालका लागि अमेरिकी राजदूत स्कट एच डिलिसीसमेत डराएका छन्। आज एक वक्तव्य जारी गर्दै डिलिसीले विकिलिक्सबाट सार्वजनिक हुन लागेका दस्तावेजमा जे देखिन्छ, त्यो नै अमेरिकी सरकारको नीति हैन भनेका छन्। यसबाट स्पष्ट हुन्छ- ती दस्तावेजमा जे छ, त्यो अहिले सार्वजनिक रुपमा हामीले देख्‍दै आएको भन्दा फरक हुनेछ। केही नभएको भए नेपाल जस्तो देशको राजदूत आफैले यो वक्तव्य निकालिरहन जरुरी थिएन, त्यो पनि दस्तावेज सार्वजनिक हुने कहिले हो कहिलेको स्थितिमा।

उनले वक्तव्यमा ती दस्तावेजको आधिकारिकताको जिम्मा म लिन सक्दिनँ भनेका छन् तर गोप्य भनिएका जानकारीहरु खुला गरिएकोमा दुःख व्यक्त गर्दै त्यसको निन्दा पनि गरेका छन्-

अझ रमाइलो कुरा, हाम्रा राजदूतले यहाँबाट नेपालका बारेमा जे भनेका छन्, तिमीहरुका अमेरिकामा रहेका राजदूतले पनि त्यस्तै त भन्छन् नि भन्नेमा म ढुक्क छु भनेका रहेछन् उनले।
I do believe that people of good faith recognize that diplomats’ internal reports do not represent a government’s official foreign policy. In the United States, they are one element out of many that shape our policies, which are ultimately set by the President and the Secretary of State.
वक्तव्यको माथिका वाक्यहरु गम्भीर छन्। यसले अमेरिकी राजदूत र अधिकारीहरुको आन्तरिक रिपोर्टमा हामीले अहिलेसम्म देख्दै‍ सुन्दै आएको भन्दा फरक कुरा हुने संकेत गरेको छ। नत्र त्यसमा रहेका कुराले सरकारको आधिकारिक विदेश नीतिको प्रतिनिधित्व गर्दैन भन्नुको अर्थ के हो त?
But relations between governments aren’t the only concern. U.S. diplomats meet with local human rights workers, journalists, religious leaders, and others outside the government who offer their own candid insights. These conversations depend on trust and confidence as well.
वक्तव्यको माथिको अंशले नेपालका मानवअधिकारवादी कार्यकर्ता, पत्रकार, धार्मिक नेता, सरकारभन्दा बाहिर बसेका नेताहरुसित पनि अमेरिकी कुटनीतिज्ञहरुले भेटेको र उनीहरुसित गरेको कुराकानी सार्वजनिक हुनसक्ने संकेत दिएको छ। अनि उनीहरुको सुरक्षाप्रति पनि चिन्ता जनाउँदै व्यक्तिको पहिचान खुलाइएको खण्डमा कैद सजाय, यातना, र मृत्युसम्म हुनसक्ने भनिएको छ-
These conversations depend on trust and confidence as well. If an anti-corruption activist shares information about official misconduct, or a social worker passes along documentation of sexual violence, revealing that person’s identity could have serious repercussions: imprisonment, torture, even death.
अमेरिकी राजदूतको यो वक्तव्य आइसकेपछि अब त झन् पो त्यो दस्तावेजप्रति कौतुहल जाग्ने भयो। आखिर के कुरा आउला त यसमा जो हामीले अहिलेसम्म थाहा पाउन सकेका थिएनौँ ?
नेपाली नेता, को कस्ताः सबभन्दा रमाइलो अमेरिकी कूटनीतिज्ञहरुले नेपाली नेताका बारेमा गरेको टिप्पणी पढ्नमा हुनेछ। सार्वजनिक भएका दस्तावेजमा अमेरिकी अधिकारीहरूले इटालीका प्रधानमन्त्री सिल्भियो बेर्लुस्कोनीलाई ‘काम नलाग्ने, असफल र अप्रभावकारी’ , रुसी प्रधानमन्त्री भ्लादिमिर पुटिनलाई ‘अल्फा डग’. फ्रान्सेली राष्ट्रपति निकोलस सार्कोजीलाई ‘आलोचनाबाट चाँडै रिसाउने र अधिनायकवादी’, जर्मन चान्सलर एन्जेला मार्केललाई ‘खतरा लिन नचाहने व्यक्ति’ , अफगान राष्ट्रपति हमिद कारजाईलाई ‘निकै कमजोर र षडयन्त्रकारी’ भनेका रहेछन्। हाम्रा तत्कालीन राजा ज्ञानेन्द्र, तत्कालीन प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, गिरिजाप्रसाद कोइराला, प्रचण्ड आदिलाई चाहिँ के भनेका होलान् त अमेरिकी कूटनीतिज्ञहरुले ? तपाईँको केही अनुमान भए लेख्‍नुस् है तल कमेन्टमा।
मोरियार्टीले भारतमा नेपालको के कुरा गरे? धेरै पुरानो कुरा हैन त्यसैले तपाईँहरुलाई याद हुनुपर्छ। माओवादी र सात दलबीच १२ बूँदे समझदारी हुन नदिनका लागि त्यतिबेलाका अमेरिकी राजदूत जेम्स एफ मोरियार्टी खुबै लागेका थिए। उनले दिल्लीसम्म गएर कूटनीतिक पहल गरेका थिए। दिल्लीमा गएर उनले नेपालका बारेमा के कुरा गरे त्यो थाहा पाउन रमाइलो हुनेछ। जनआन्दोलन २ का बेलाका निकै कागजातहरु विकिलिक्ससँग रहेका छन्। यो आन्दोलनका बारे मोरियार्टीको धारणा के रहेछ, यो थाहा पाउन पनि रमाइलो हुनेछ।
माओवादी र अमेरिकाको सम्बन्ध माओवादी र अमेरिकाको सम्बन्ध युद्धकालमा कस्तो थियो, शान्ति प्रक्रियामा आएपछि कस्तो छ, त्यो विषयमा पनि यी कागजातहरुबाट थाहा पाउने अवसर जुट्नेछ। किनभने धेरै कागजात माओवादी विषयमा रहेका छन्।
अमेरिकालाई चुक्ली लगाउने को रहेछन्: अमेरिकी राजदूतको आजको वक्तव्यले पनि स्पष्ट पारिसकेको छ, यहाँका कूटनीतिज्ञहरुले मानवअधिकारकर्मी, पत्रकारलाई भेट्दा रहेछन्। कुन मानवअधिकारकर्मी वा कुन पत्रिकाको कुन पत्रकार अमेरिकन एम्बेसी धाएर अमेरिकालाई के के चुक्ली लगाउँदा रहेछन् त्यो पढ्न पनि रोचक नै हुनेछ।
विकिलिक्सले विश्वभरका अमेरिकी दूतावासमार्फत् विदेश मन्त्रालयमा पठाएका गोप्य दस्तावेजहरु सार्वजनिक गर्न थालेपछि अमेरिका डराएर नानाभाँती आरोप लगाउन थालेको छ। दुई वटा नेपाली उखानटुक्काले उसको यो आरोपको जवाफ दिन्छ-
• मेरो कम्मरमा भिरेको खुकुरी कुन चाहिँ हुस्सुले चोरेछ
• आफ्नो थैली राम्रोसित बाँध्नु, अरुलाई दोष नदिनू

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out