भारतीय मिडियाको प्रपोगान्डा

अभिनेत्री मनिषा कोइराला र व्यावसायी सम्राट दाहालबीचको दाम्पत्य जीवन संकटमा परेको खबर भारतीय मिडियामा आगोजस्तै फैलिएको छ । मनिषाको फेसबुक स्टाटसलाई आधार मानेर फैलाइएको उक्त अनुमानको पुष्टि हुनसकेको छैन ।

स्रोतका अनुसार बलिउडमा हुँदा पनि मनिषाको विपक्षमा समाचार प्रवाह गर्ने भारतीय मिडियाको एक समूह यतिबेला पुनः मनिषाको डिभोस्रको हल्ला प्रवाह गर्न सक्रीय भएको छ । 'भारतीय मिडियाको एक समूह डिभोस्रको हल्लालाई सावित गराउन लागिपरेको छ । नेपाली मिडिया त्यसैको पछाडि कुदिरहेका छन्' स्रोतले भन्यो ।
कोइराला परिवार निकट सूत्रका अनुसार सम्राट र मनिषाबीच झगडा भएपनि डिभोस्र चाहिँ भएको छैन । 'उनीहरुबीच घरझगडा भएको हो' सूत्रले भन्यो 'डिभोस्र भएको छैन । सेलिव्रेटीको सामान्य घरझगडालाई पनि डिभोस्रको हल्ला बनाइएको हो ।' झगडाको आक्रोशमा आएर फेसबुकमा कमेन्ट गरेकी मनिषाले यतिबेला उक्त कमेन्टप्रति ग्लानी गरिरहेकी छिन् ।

मनिषा पिता प्रकाश कोइरालाले तीजयता छोरी माइतमै बसेपनि डिभोस्र चाहिँ नभएको बताए । 'उसको स्वास्थ्य र ब्यस्ततालाई ध्यानमा राखेर यतै बसेकी हो' प्रकाशले मेरोसिनेमासँग भने 'डिभोस्रलाई हल्ला मात्र बनाइएको छ ।' पति सम्राटले पनि डिभोस्रलाई नकारे । उनलाई उध्दृत गर्दै सूत्रले भन्यो 'कसरी डिभोस्रको हल्ला चल्यो म आफैलाई थाहा छैन । सामान्य ठाक्ठुक जसको घरमा पनि हुन्छ ।'

मनिषा निकट निर्देशक दीपेन्द्र के. खनालले पनि हल्लाप्रति अनभिज्ञता जनाए । स्रोतका अनुसार यो जोडीबीच 'एड्जस्टमेन्ट'लाई लिएर असमझदारी छ । विहिबार मनिषा भारत उड्ने हल्ला पनि हल्लामै सीमित बन्यो । पिता प्रकाशको भनाईलाई आधार मान्ने हो भने 'हल्लाबाट कोइराला परिवार चिन्तित छ र डिभोस्र हल्ला मात्र हो ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out