हिरोइनमा अल्झिएका सिनेमा

पाँच दशक इतिहास बोकेको नेपाली सिनेमा अहिलेसम्म नायिकामा आत्मनिर्भर हुनसकेको रहेनछ । नयाँ, फ्रेस र भनेजस्ती हिरोइन नपाएर निर्माण नै अघि नबढेका चलचित्रको दुःखेसो सुन्दा यस्तै लाग्छ । पर्दामा एउटै अनुहारलाई दोहोर् याउँदा वाक्क भैसकेका निर्देशकहरु फ्रेस अनुहारकी हिरोइन लिन चाहन्छन् तर नपाउदा समस्या खेपिरहेका छन् यतिबेला केही चलचित्र । कतिपय निर्देशकले मिडियामार्फत नै हिरोइन चाहिएको खबर पनि प्रसारण गरिरहेका छन् ।

निर्देशक ऋषि लामिछाने नयाँ प्रोजेक्ट 'हाम्रो माया जुनी जुनीलाई'का लागि हिरोइन खोजिरहेका छन् तर पाइरहेका छैनन् । दुई महिना पहिले हो सुटिङ सुरु गर्ने भनेको अहिलेसम्म पत्तो छैन । हिरोइन चाहिएको खबर उनले सोसल साइट फेसबुकबाट पनि पब्लिसिटी गरे । खबर थाहा पाएर केही युवतीले उनलाई सम्पर्क पनि गरे तर स्टोरीअनुसार कास्टिङ मिलेन । हिरोइन नपाएर प्रदीप उदयको यो छैंठौं भेन्चर अलपत्र छ । हिरोइनको निधो नलाग्दा सुटिङको पनि टुंगो छैन । 'पुरानै अनुहार दोहोरिने सम्भावना छ' ऋषि भन्छन् ।

दीपेन्द्र के. खनालको अपकमिङ प्रोजेक्ट 'काठमाण्डू नाइट' पनि हिरोइनकै कारण अल्झिएको छ । हिरोमा आर्यनलाई अनुबन्धित गरेपनि दीपेन्द्रले फ्रेसअनुहार पाउन सकेका छैनन् । कथानुसार नयाँ नायिका लिन चाहेको दीपेन्द्र बताउँछन् । 'सबै तयार भैसक्यो हिरोइन नपाएपछि प्रोसेस नै अड्किएको छ' धर्मा रिलिजको तयारीमा लागेका दीपेन्द्र भन्छन् 'बरु ढिलो होस् नयाँ अनुहारकी हिरोइनलाई लिएर मात्र काम अघि बढाउने योजनामा छु ।'

निर्देशक उदय सुब्बा आफ्नो अपकमिङ प्रोजेक्ट 'लभ इन चाइना बोर्डर'मा हिरोइन नपाएर हैरान छन् । यसका लागि उनले गतमहिना एक सांस्कृतिक प्रतियोगिता आयोजना गरेर हिरोइन छनौटको प्रयास पनि गरे र सर्पोटिङ एक्ट्रेसको टुंगो लगाए तर लिड हिरोइनमा भने उनले भनेजस्ती पाइसकेका छैनन् । 'एउटै अनुहारलाई मात्र लिँदा दर्शकले रुचाउन छाडे' उदय भन्छन् 'यो सिनेमाबाट नयाँ लुक्स दिन खोजेको हो अहिलेसम्म पाइरहेको छैन ।'
तेस्रो सिनेमा निर्देशन गर्न लागेका भिजे दिनेश डिसी पनि हिरोइनका कारण समस्यामा छन् । सुनिल मानन्धरको लगानीमा बन्न लागेको 'मायाज् बार'मा फ्रेस हिरोइन नपाएपछि निर्माण अघि बढ्न सकेको छैन । यद्यपी उनी आफूले होस्ट गरिरहेको रियालिटी सो 'प्रतिभाको खोज'बाट हिरोइन लिन चाहन्छन् तर त्यो उनको चाहनामै सीमित पनि हुनसक्छ । निर्माता राजकुमार राई भन्छन् 'पछिल्ला दर्शकले उही बासी र दोहोरिने अनुहार हेर्न छाडिसके; नयाँ र गुड लुकिङ अनुहार हेर्न चाहन्छन् आजका दर्शक ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out