सरोज खनालको कमब्याक

चौधवर्षपछि जन्मभूमिमा पाइला टेके सरोज खनालले । बुधबार मेरोसिनेमासँगको भेटमा यी हिरो आफ्नो परिचित संवाद र विशेषतामा प्रस्तुत भए । 'चौध वर्ष भएछ अमेरिका बसेको' सरोजले भने 'त्यसयता नेपालमा धेरै परिवर्तन भएछ खासगरी काठमाण्डू सहर भीडभाड र प्रदुषणले लपक्क छोपिएछ ।' देह अमेरिका भएपनि मनभने नेपालमै रहेछ उनको । 'त्यो चावहिलको सडक, त्यो न्यूरोड, ती ठमेलका गल्लीहरु मेरो मनबाट कहिल्यै हट्न सकेनन्' कन्चटमा फुलेको हल्का रौं सुम्सुम्याउँदै उनले भने ।

खासमा उनको नेपाल आगमनका कारण तीनवटा रहेछन् । पहिलो : दिदी मीना भट्टराईको हातबाट तिहारमा भाइटीका लगाउने, दोस्रो : कुमार कान्छाको स्वास्थ्य लाभमा सघाउने र परिवार तथा आफन्तसँग भेटघाट गर्ने । गायक कान्छाका लागि उनले अभियानमार्फत १ लाख १ सय १ रुपैंया संकलन गरेका रहेछन् जुन रकमलाई उनले कान्छाको उपचारमा हस्तान्तरण गर्नेछन् ।

महत्वपूर्ण कुरा यसपटकको नेपाल आगमनमा उनले एउटा चलचित्र खेल्दैछन् । अहिले स्क्रिप्टमा काम भैरहेको उक्त प्रोजेक्टलाई भने उनले खुलाउन चाहेनन् । 'अहिले स्क्रिप्ट सुनिरहेको छु' यसबारे उनले भने 'स्टोरी मनपर्‍यो र २८ दिनभित्र सक्ने परिस्थिती बन्यो भने फिल्म पनि खेल्छु ।' चौधवर्षअगाडि चलचित्र 'रगत' खेलेपछि उनी अमेरिका उडेका थिए । बुधबारदेखि गुरुकुलमा सुरु भएको अन्तराष्ट्रिय नाट्य महोत्सवमा पनि सरोजले एक नाटकमा अभिनय गर्दैछन् ।

सरोज यतिबेला अमेरिकाको मेरिल्यान्डस्थित चेन रेष्टुराँ केएफसी पिज्जाहटका जनरल म्यानेजरका रुपमा काम गर्छन् । लामो समय विदेशमा बसेपनि नेपाली चलचित्रलाई आत्मसात गरिरहने सरोजको गुणलाई प्रशंसा गर्नैपर्छ । उनको जन्मभूमि आगमन फलदायी बनोस् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out