हिन्दी च्यानल हेर्दिनन् रेखा

अभिनेत्री रेखा थापाले आफूले हिन्दी टेलिभिजन च्यानल नहेर्ने गरेको बताएकी छिन् । 'म कहिल्यै पनि हिन्दी च्यानल हेर्दिनँ,' उनी भन्छिन्, 'समाचार, मनोरञ्जन तथा जानकारीका लागि नेपाली च्यानल नै प्रर्याप्त छन् । त्यसैले मैले हिन्दी च्यानल हेर्न छोेडेको जुग भइसक्यो ।'
नेपाली टेलिभिजन हिन्दीको दाँजोमा कुनै कोणमा पनि कमजोर नभएको उनको बुझाइ छ । 'नेपालका हरेक टिभी हिन्दीको दाँजोमा केहीमा पनि कम छैनन्,' उनी भन्छिन्, 'कार्यक्रम प्रस्तोता तथा रिपोर्टर पनि एकसेएक छन् । त्यसैले म नेपाली च्यानल मात्र हेर्ने गर्छु ।'
टिभीमा आफूले फिल्मी कार्यक्रम नै बढी मात्रामा हेर्ने गरेको बताउँछिन् उनी । 'हरेक नेपाली च्यानलका फिल्मी कार्यक्रम प्रसार हुने समय मलाई कण्ठै छ,' उनको दाबी छ, 'सुटिङमा हुँदा पनि वातावरण मिलेसम्म हेरिहाल्छु ।' छुटेका कार्यक्रम इन्टरनेटमा भए पनि हेर्ने गरेको बताउँछिन् उनी । कुनै कार्यक्रम छुट्यो भने कुनै साथीलाई फोन गरेर के-के प्रसार भयो बुझ्ने गरेकी छिन् उनले ।
अरू वेलामा भन्दा आफ्नो फिल्म चल्ने तथा चलिरहेको वेलामा फिल्मी कार्यक्रमबारे बढी मात्रामा अपडेट हुने गरेकी छिन् रे उनी । 'आफ्नो फिल्मको बारेमा कस्तो समाचार आउँछ, हेर्नै पर्‍यो नि,' उनी भन्छिन्, 'अरूले गरेको नकारात्मक टिप्पणीबाट पाठ सिक्ने गरेकी छु मैले ।'
धेरैपछि केही दिनअघि हिन्दी फिल्मी च्यानल जुम हेरेको बताइन् उनले । भनिन्, 'मेरो घरको टिभीमा सुरुदेखि नै नेपाली च्यानल मिलाएर राखेकी छु । अस्ति कसो-कसो गर्दा जुम आयो । कस्तो अचम्म लाग्यो ।' पत्रपत्रिकाका समाचारबाट विदेशी फिल्मबारे जानकारी लिने गरेको बताउने रेखा चर्चामा रहेका हिन्दी तथा अंग्रेजी फिल्म भने हलमै गएर हेर्ने गर्छिन् रे । 'चर्चामा रहेका, बिग ब्यानरले बनाएका फिल्म मौका मिलाएर हलमै गएर हेर्छु,' उनले भनिन् । उनले पछिल्लो समय सलमान खानको दबंग हेरिन् रे । 'हिट भयो भन्ने सुनेँ । अनि छवि -पति छविराज ओझा) र म हलमा गएर हेर्‍यौँ,' उनको खुलासा थियो । केहीअघि एन्जोलिना जोली अभिनीत साल्ट फिल्म बिग सिनेमामा गएर हेरेकी उनी सो फिल्ममा एन्जोलिनाले निभाएकोझैँ भूमिका निभाउन चाहेको बताउँछिन् । भन्छिन्, 'साल्ट निकै मन पर्‍यो । त्यसमा एन्जोलिनाले गरेको रोल गर्न मन लागेको छ ।'
पछिल्लो समयमा आफैँले निर्माण गरेको कसले चोर्‍यो मेरो मन फिल्मबाट चर्चामा आएकी रेखा कलिउडमा सर्वाधिक चर्चित तथा महँगी अभिनेत्रीका रूपमा चिनिन्छिन् । कसले चोर्‍यो मेरो मनको सफलताले नेपालमा हिरोइनको भरमा फिल्म चल्दैन भन्ने आमबुझाइ प\mलप खाएको छ । सो फिल्ममा रेखाको जोडीका रूपमा अभिनेता आर्यन सिग्देल रहे पनि प्रचारप्रसार, पोस्टर तथा प्रोम्रोमा उनलाई हाइलाइट गरिएन । यसमा अनेक कारण भएको बताउँछिन् रेखा । 'हाम्रो फिल्मको प्र्रमुख पात्र भए पनि उनका यसअघिका थुप्रै फिल्म फ्लप भएका कारण उनको मार्केट खस्किएको छ । अर्काे कुरा, उनी आफू पनि प्रचारमा आउन चाहेनन् । त्यसकारण पनि हामीले उनलाई धेरै जोड दिएनौैँ । अर्काे कुरा यो फिल्मको हिरो रेखा थापा हो । यसबारेमा फिल्म हेर्ने दर्शकको प्रतिक्रिया बुझे पुग्छ ।'
आर्यन अभिनीत यसअघिका मौसम, मेरो एउटा साथी छ, फ्ल्यास ब्याक, कोही मेरो तथा बन्दी असफल फिल्ममा गनिन्छन् । उनले अभिनय गरेका अहिलेसम्मको सफल फिल्ममा किस्मत, हिफाजत र कसले चोर्‍यो मेरो मन मात्र हुन् जसमा उनको जोडीका रूपमा रेखा नै छिन् ।
आफूले निर्माण गरेका सबै फिल्म सफल हुनुमा सञ्चारमाध्यमको ठूलो हात रहेको बताउँछिन् उनी । 'मिडियाको सपोर्टविना अघि बढ्नै सकिन्नँ,' उनी भन्छिन्, 'आज म जुन स्थानमा छु, त्यसको श्रेय नेपाली मिडियालाई जान्छ । त्यसकारण म नेपाली मिडिया नै पढ्छु, हेर्छु तथा सुन्ने गर्छु ।'
भारतीय टिभीमा आउने धाराबाहिक टेलिशंृखलाप्रति नेपाली नारी आकषिर्त हुनलाई दुःखपूर्ण मान्छिन् उनी । 'नेपाली टिभीहरूमा पनि निकै स्तरीय सिरियल छन्,' उनी अनुरोध गर्छिन्, 'भारतीय सिरियल छोडेर नेपाली सिरियल हेर्ने बानी बसालौँ ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out