अब टीनएजर निरुता

अभिनेत्री निरुता सिँह अब पर्दामा एक्सन, टीनएजर र स्टाइलिस लुक्समा देखापर्दैछिन । रक्षा सिँहद्धारा निर्देशित अपकमिङ चलचित्र 'द गेम'मार्फत निरुताले आफ्नो पुरानो गेटअप र भूमिकामा परिवर्तन गरेकी हुन् । रिलिजको तयारीमा रहेको 'द गेम'मा निरुता टीनएजर स्टाररका रुपमा छिन् । 'यो चलचित्रमार्फत मेरो पुरानो ट्रेन्ड पूर्णरुपमा परिवर्तन भएको छ' दुईमहिना भारत बसाइपछि मंगलबार काठमाण्डू फर्किएकी हिरोइनले भनिन् 'दर्शकले मलाई आधुनिक निरुताका रुपमा पाउनुहुनेछ ।'

अहिलेपनि निरुता भन्नेवित्तिकै रोनाधोना, गाउँकी सोझी स्कुले केटी, गृहणी, निर्दोष महिलाको भूमिकामा खेल्ने कलाकारको याद गर्छन् दर्शकहरु । पछिल्लो समय उमेरले तीस कटेकी हिरोइन दर्शकमा रहेको आफ्नो पुरानो छाप मेट्न चाहन्छिन् । 'द गेम' त्यसकै उदाहरण हो । यो चलचित्रमा निरुताले प्रशस्त एक्सन पनि पस्किएकी छिन् । 'हामीले निरुतालाई नयाँ लुक्स र भूमिकामा प्रस्तुत गरेका छौं' द गेमकी सम्पादक समेत रहेकी रक्षा भन्छिन् ।
दुईवर्षपछि 'द गेम'मार्फत नै निरुता नेपाली सिनेमा कमब्याक भएकी हुन् । अब उनी ओम प्रतीकको एक प्रोजेक्टमा व्यस्त हुनेछिन् । थुप्रै विज्ञापन अभिनयमा पनि व्यस्त हुनेछिन् उनी । सम्भवतः केही दिनभित्र नयाँ प्रोजेक्ट साइन गर्ने योजनामा छिन् उनी । जे होस् बलिउडमा पाका आमिर खानले आफूलाई योङ लुक्स दिए भने हाम्री निरुताले पनि यस्तै गर्दा के फरक पर्ला र ?

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out