माया खोज्दै पोखरामा

अविवाहित केटा-केटीको विवाहेत्तर सम्बन्धलाई समाजले मान्यता नदिँदा उनीहरुले कस्ता समस्या भोग्नुपर्छ ? विवाहेत्तर सम्बन्धका दुष्प्रभावहरु कस्ता हुन्छन् ? निर्देशक सुदर्शन थापा यिनै प्रश्नहरुको खोजीमा लागेका छन् । पोखरामा धमाधम सुटिङ भैरहेको सिनेमा 'के यो माया हो' मार्फत निर्देशक थापा ती सवाल उधिन्ने प्रयत्नमा जुटिरहेका छन् । गाउँबाट सहर छिर्दा केटाको समस्या र केटीको जीवनमा आएको बदलाव र चुनौतिका किस्सालाई सिनेमामा बुन्दै छन् थापा ।

एक करोड लागत दाबी गरिएको चलचित्रको अहिले पोखराको फेवाताल किनारस्थित एक होटेलमा सुटिङ् भैरहेको छ । एसजीएस इण्टरटेनमेन्ट यूनिटले तालकिनारको होटेल ताजका केही कोठाहरु भाडामा लिई चलचित्रको कथाअनुसार इण्डोर सुटिङ्गका लागि लाखौं खर्चेर सजावट गरेको छ ।
दसैंअघिदेखि नै पोखरा आएको यो यूनिटले अझै एक महिना रहेर चलचित्रको छायाँकन सक्र्ने बताएको छ । छायाँकनका लागि होटेल ताजका कोठाहरु कथाअनुसार रंगरोगन गर्नुका साथै फर्निचर तथा लत्ताकपडा लगायतका सामानहरु भाडामा लिएर चलाइएको छ । साथै अन्य श्रृंगारका लागि सामानहरु प्रायःजसो काठामाडौबाटै लोड गरेर पोखरा झिकाइएको चलचित्र निर्देशक थापाले बताए । अनुसार ४५ प्रतिशत छायाँकन इन्डोरमै हुनेछ ।

'मेरो एउटा साथी छ' प्रोजेक्टबाट निर्देशन थालेका सुदर्शनले यसअघि 'द फस्टलभ'मा पनि निर्देशकीय क्षमता देखाइसकेका छन् । तेस्रो चलचित्र 'के यो माया हो' बाट आफूले निकै आशा गरेको उनले बताए । चलचित्रमा आर्यन सिग्देल, सुष्मा कार्की, अरुणिमा लम्साल र सौगात मल्लबीच जोडी मिलाइएको छ ।सन्तोष पन्तलाई पनि चलचित्रमा देख्न सकिन्छ ।

एसजीएस अर्थात् सुरेश पहारी, गौरव हिराचन र शंकर गुरुङको लगानी रहेको चलचित्रमा गायकसमेत रहेका सुगम पोखरेलको संगीत छ । यस्तै रोशन श्रेष्ठको द्धन्द्ध, राजेश श्रेष्ठको छायाँकन, अनुप कोइरालाको नृत्य र निरज बिक्रमको पटकथा छ । आगामी बैशाख १ मा फिल्म रिलिजको आशा छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out