डिभोर्स हल्ला मात्रै : मनीषा

काठमाडौं, मंसिर २ (नागरिक)- माइती बस्न थालेपछि अभिनेत्री मनिषा कोइरालाको वैवाहिक सम्वन्धलाई लिएर विभिन्न चर्चा चलिरहेको बेला उनले त्यसलाई 'अनावश्यक हल्ला' बताएकी छिन्।

'मलाई चिसोको समस्या भएकाले बाँसबारीस्थित माइतीमा केहि समय बस्न आएकी हुँ,' बुधबार एक कार्यक्रममा उपस्थित उनले नागरिकको जिज्ञासालाई स्पष्ट पार्दै भनिन्, 'अहिले पनि कहिलेकाँहि उता (श्रीमान्ले भाडामा लिएको घर) जाने गरेकी छु।'

  मनिषाका अनुसार बुढानिलकण्ठको उक्त घर लोकेसन र सुविधाको हिसाबले राम्रो भए पनि जाडो महिनामा अलिक चिसो हुनेगर्छ। हनिमुनदेखि उनीहरुको जोडी यसै घरमा बस्दै आएको थियो।

जन्मथलो विराटनगर र कर्मथलो मुम्बई रहेकाले चिसोमा बस्ने बानी नभएको र केही दिनअघि बिरामीसमेत परेको उनको भनाइ थियो।
'यसैबीच सम्राट पनि प्रोजेक्ट म्यानेजमेन्टको गोष्ठीमा भाग लिन टर्की गएपछि माइती गएर बसेकी हुँ,' उनले भनिन्, 'एक्लो महशुस भएपछि यता आएकोमा चिसोको कारण पनि तत्कालन नफर्किएकी हुँ।'

श्रीमान् भाइटिकाका दिन काठमाडौं फर्किएपछि कहिले यता कहिले उता बस्दै आएको बताउने उनले विवाहित चेलीले मनलागेको बेला माइतीमा बस्न सक्ने दाबी पनि गरिन्।
माइती बसाई सरेका बेला थुप्रै सरसामान लिएर हिँडेका कारण उनीहरुको सम्वन्धलाई लिएर विभिन्न टिका टिप्पणी चलेको थियो।

'हामी बीचको सम्वन्ध अझ राम्रो हुँदै गइरहेको छ,' मनिषाले स्पष्ट पारिन्, 'मैले गर्न चाहेको काममा सम्राटबाट सहयोग र सल्लाहसमेत पाउदै आएकी छु।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out