कतारमा करिश्मा कला

मरुभूमिको तापमान घट्दै गरेको बेला अभिनेत्री करिश्मा मानन्धर भने तताउने तयारीमा छिन् । बक्र इदको मेसोमा स्याङ्जा सहयोग नेपालले खाडीको थलो दोहामा गर्न लागेको जमघटमा नेपाली सिनेमा हिरोइनले आफ्नो 'करिश्मा' पस्कन लागेकी हुन् । यी पाकी हिरोइनलाई साथ दिनेछन् चलचित्र, गायन, मोडलिङ तथा हाँस्य क्षेत्रका लोकप्रिय कलाकारले ।

दोहा सिनेमा हलको प्रेक्षालयमा नेपाली सेलिव्रेटीले वक्र इदको छुट्टीलाई अन्तरंग बनाउन लागेका हुन् । समाजका अध्यक्ष गुरुनारायाण रानाभाटका अनुसार करिश्मासहित 'मिस यू' निर्माता तथा हिरो दिलीप रायमाझी, गायक नरेन्द्र प्यासी, पप गायिका मौसमी गुरुङ, मल्लिका कार्की, हिरोइन तथा नृत्यांगना सौजन्य सुब्बा, लोकगायिका सुनिता दुलाल, हाँस्यकलाकार गोपाल नेपाल फिस्टे र हिरोइन सोभिता िसंखडाले गीत, नृत्य, अभिनय र हाँस्यव्यंग्य प्रस्तुत गर्न लागेका हुन् ।

कार्यक्रमबाट उठेको रकमले स्याङ्जा र पाल्पाको सिमानामा पर्ने राम्दीघाटमा ३६ कोठे वृद्धाश्रम निर्माणमा सहयोग गरिनेछ । तीनदेखि पाँचलाख रकम संकलन गर्ने लक्ष्य राखिएको जानकारी अध्यक्ष रानाभाटले दिए । पछिल्लो समय चलचित्रबाट फुस्रदमा रहेकी करिश्मा सामाजिक कार्यक्रममा सकि्रय हुन थालेकी छिन् । उकेश दाहालले निर्माण गर्न लागेको चलचित्र 'किन किन'मा करिश्माले खेल्ने तयारी गरेकी छिन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out