हरिवंशको जन्मदिनमा जे भयो

आफ्नै ५३ औं जन्मदिन मनाइरहँदा शनिबार हाँस्यअभिनेता हरिवंश आचार्य मुडमा थिए । यस्तो लाग्थ्यो -त्यो उनको बर्थडे सेरेमोनी नभएर कुनै कमेडी प्रोग्राम हो । वानेश्वरस्थित रेडियो अडियोको उचाइको छतमा यी लोकप्रिय अभिनेताले बर्थडे केक काटे र दीर्घायुको शुभकामना ग्रहण गरे । उनीसँगै थिए -३१ वर्षदेखिका सहयात्री मदनकृष्ण श्रेष्ठ, पत्नी मीरा र शुभेच्छुकहरु ।

'मेरो भन्दा पनि संविधानसभाको बर्थडे मनाउन पाउँ' जन्मदिन समारोहमा हरिवंशले भने 'नेपाली कलाक्षेत्रको इज्जत उठाउने काममा लागौं ।' उनले आफ्नो जन्मदिनसम्म अनेकौं राजनीतिक व्यवस्था परिवर्तन भएको चर्चा गर्दै राजनीति र आफ्नी पत्नीलाई निकै कटाक्ष गरे । उक्त समारोह 'विशेष प्रोग्राम नभएर मिसेस प्रोग्राम' भएको भन्दै हरिवंशले पत्नी मीराको प्रशंसा गरे ।

सहयात्री मदनकृष्ण श्रेष्ठले पनि हरिवंशको जन्मदिनमा संविधान बनोस भनेर शुभकामना दिए । नेपाली जनताले आफूहरुको लोकप्रिय जोडीलाई अनन्तकालसम्म हेर्न चाहिरहेको पनि उनले उल्लेख गरे । अर्को लोकप्रिय जोडी किरा (किरण केसी र राजाराम पौडेल)ले पनि हरिवंशलाई नेपाली हाँस्य विधाको 'भीष्मपितामह'को संज्ञा दिए ।

रेडियोका प्रवन्ध निर्देशक दीपेन्द्र खनियाँले हरिवंश दाई ५३ नभएर् ३५ वर्षको जस्तो भएको भन्दै ठट्टा गरे । जवाफमा हरिवंशले आफू एकहप्ता ढिलो जन्मिएको नत्र लक्ष्मीपूजा, कागतिहार र कुकुर तिहार मनाउन पाउने भन्दै हँसाए । समारोहलाई रेडियो अडियोले प्रत्यक्ष प्रसारण गरेको थियो । आठवर्षपछि महजोडी कमब्याक भएको नेपाली चलचित्र 'हाँसिदेऊ एकफेर' मध्यमंसिरबाट रिलिज हुँदैछ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out