सर्वाधिक उचाइमा 'तुलसी'

अभिनेत्री ऋचा घिमिरे होमप्रोडक्सनको निर्माणाधिन सिनेमा 'तुलसी'का बाँकी दुई गीतको सुटिङ सर्वाधिक उचाइको 'तिलिचो' तालमा गर्ने तयारीमा छिन् । यसबाहेक दोलखाको च्छो रोल्पा हिमताल र उपल्लो डोल्पामा समेत गीतको सुटिङ गरिनेछ ।

यी दुई सुटिङका लागि मात्र ऋचाले २० लाख छुट्याएकी छिन् । पहिलोपटक नेपाली चलचित्रमा यी लोकेसन समेट्न लागेकी ऋचा भन्छिन् 'कति मूढे पोखरा चोभार जोमसोम र पालुङमा मात्र सुटिङ गर्ने ? नयाँ र विश्वप्रसिद्ध ठाउँ रोजौं भनेर यी स्थानमा सुटिङ गर्न लागेका हौं ।'

आगामी डिसेम्बरबाट सुरु हुने सुटिङ भने 'वीरताको चिनो' रिलिजपछि मात्र हुनेछ । 'यसका लागि पर्यटन विकास बोर्डलाई समेत आग्रह गरेका छौं' सुटिङबारे ऋचाले भनिन् 'सरकारले सहयोग त नगर्ला तर यसबाट सरकारको पर्यटन वर्षलाई पक्कै सघाउ पुग्छ ।' विश्वमै लोकप्रिय र सर्वाधिक उचाइको ताल मनाङस्थित तिलिचो च्छो रोल्पा र उपल्लो डोल्पा पुग्न हवाइ यातायात र यात्रा असहज हुने भएकाले लागत महंगो पर्ने ऋचाको ठम्याई छ । लभस्टोरी श्रेणीको चलचित्रमा ऋचासहित आयुष रिजाल र डेब्यु हिरो विमलेश अधिकारी स्टारर छन् ।

साताअघि मात्र ग्लोबल मार्केटिङ अन्तर्गत संयुक्त अधिराज्यबाट फर्किएका ऋचा दम्पत्ति यतिबेला अपकमिङ प्रोजेक्ट 'वीरताको चिनो'को पब्लिसिटीमा व्यस्त छन् । यो प्रोजेक्टपछि मात्र 'तुलसी'को सुटिङ सुचारु गर्ने तयारीमा छन् उनीहरु ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out