"आफूलाई राजनीतिमा आउने कुनै इच्छा र लालशा नरहेको"
पूर्वपधानसेनापति रुक्माङ्गत कटवालले माओवादीले अहिले पनि हिंसाको राजनीति नछाडेको बताउनुभएको छ । वीरगञ्जमा मंगलबार रिपोटर्स क्लव पर्साले आयोजित पत्रकार सम्मेलनमा कटवालले यस्तो असहमति जनाउनु भएको हो । उहाँले माओवादी लडाकुको शिविरमा अहिले पनि हत्या हिंसा भइरहेको र उनीहरु हतियार सहित शिविरबाट वाहिर निस्कने गरेको बताउनुभयो । पूर्वप्रधानसेनापति कटवालले माओवादीको विस्तारित वैठकमा लडाकुहरु सहभागि हुन शान्ति सम्झौता वितरित भएको भन्दै सरकारको धारणा समेत माग्नुभयो । कटवालले माओवादीको आइडोलोजी गलत नभएको बताउदे माओवादीको आइडोलोजी गलत भएको र त्यसलाई जर्बजस्ती नेपाली जनता उपर नथोपार्न पनि आग्रह गर्नुभयो । आफु माओवादी विरोधी नभएको स्पष्टिकरण दिँदै उहाँले माओवादीलाइ आफनो आँखा रुपान्तरण गर्नु पर्ने बताउनुभयो ।
पूर्वप्रधानसेनापति कटवालले राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा गर्ने निर्णय प्रति असहमति जनाउनु भउको छ । उहाँले मुलुकका लागि ुसेरेमोनियल किङु आवश्यक रहेको बताउनुभयो । उहाँले राजतन्त्रको विषयमा नेपाली जनता आफैले निर्णय गर्न पाउनु पर्ने र तीन जनाले बन्द कोठामा यसबारे निर्णय गरेर नहुने बताउनुभयो ।
पूर्व प्रधानसेनापति कटवालले आफूलाई राजनीतिमा आउने कुनै इच्छा र लालशा नरहेको पनि बताउनुभयो ।
De Goli (2017): Indian Pop MP3 Songs
4 months ago