गोर्खापल्टन दुइ करोड नजिक

प्रशान्त तामाङ स्टारर 'गोर्खापल्टन'ले मंगलबार डिजिटल सिनेमा नेपालको बक्सअफिसमा १ करोड ८७ लाख ग्रस रिभेन्यु बटुलेको छ । कुनैपनि नेपाली सिनेमाले यति आम्दानी गरेको पहिलोपटक हो । लाहुरे चलचित्र 'गोर्खापल्टन'ले डीसीएनका अघिल्ला दुई चलचित्र 'फस्टलभ' र 'कसले चोर्‍यो मेरो मन'को कलेक्सनलाई 'ब्रेक' गर्‍यो । 'गोर्खापल्टन'को कलेक्सन 'फस्टलभ'भन्दा दुई लाख र 'कसले चोर्‍यो मेरो मन'को भन्दा ३० लाखले बढ्ता हो ।
डीसीएन डि्ष्ट्रिब्युट चिफ दीपक दंगालले 'गोर्खापल्टन' कलेक्सनको पुष्टि गरे । उनका अनुसार नारायण रायमाझी निर्देशित यो चलचित्र बुटवल, पोखरा, नेपालगन्ज, दाङ, सुर्खेत लगायत एकदर्जन साना थिएटरमा प्रदर्शनरत छ । कलेक्सनको अनुपातलाई पछ्याउने हो भने 'गोर्खापल्टन' दुई करोडको सम्मुख छ । अहिले प्रदर्शन भैरहेको चलचित्र 'बाटो मुनिको फूल'ले चौंथो सातामा चलिरहेको 'गोर्खापल्टन'को स्क्रिनिङलाई प्रभाव पार्न सकिरहेको छैन । 'बाटो मुनिको फूल' पूर्वमा रिलिज हुन नसक्नु 'गोर्खापल्टन'का लागि लाभदायक रह्यो ।

'लाहुरे र जनजाति बहुल थिएटरमा अहिलेपनि गोर्खापल्टनको पिकअप राम्रो छ' दंगाल भन्छन् 'यही अनुपातमा कलेक्सन हुने हो भने दुई करोडको दूरी टाढा छैन ।' 'गोर्खापल्टन'को लगातार होल्डओभरका कारण यतिबेला डीसीएनको रिलिज डेट खल्बलिएको छ भने रिलिज भैसकेका फिल्मलाई हल पाउन मुस्किल छ ।

फर्कियो प्रशान्तको लोकप्रियता
प्रशान्त तामाङले 'गोर्खापल्टन' रिलिज हुनुअघि मेरोसिनेमासँग एउटा दाबी गरेका थिए -मलाई इन्डियन आइडलमा भोट गरेर जिताउने नेपालीमध्ये ५ प्रतिशतले मात्र हेरे पनि फिल्म हिट हुन्छ ।'

नभन्दै त्यस्तै भयो । इन्डियन आइडल प्रशान्तको लोकप्रियताको पुनर्पुष्टि भयो नेपाली सिनेमामार्फत । जुन कुरा उनले अष्टनारायण हलमा बगाएको आँसुबाट पुष्टि हुन्छ । आफ्ना शुभेच्छुकहरुको ऋण तिर्न प्रशान्तलाई ती आँसुहरु महंगो पर्ने निश्चित छ ।

चलचित्र समीक्षकहरु 'गोर्खापल्टन'को सफलतापछाडि प्रशान्तको 'स्टारडम' र मौलिक कथावस्तु प्रमुख कारक रहेको औंल्याउँछन् । उनीहरुका अनुसार जनजाति र लाहुरेहरुले धरान, हेटौंडा, पाल्पा र पोखरामा चलाएका अभियानपनि 'गोर्खापल्टन' सफलताको आधार हो । ती सहरहरुबाट स्वतःस्फूर्त लाहुरे संस्थाको अगुवाइमा र्‍यालीहरु निस्किएका थिए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out