यसरी हुँदैछ बाबुराममाथि कारबाही

काठमाडौं । पार्टीको कारबाहीसँगै विभिन्न आरोपको समेत सामना गर्दै आउनुभएका एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराई पुनः कारबाहीमा पर्नुहुने भएको छ। उहाँलाई भारतपरस्त भएको, संशोधनवादी नीति लिएको तथा पार्टी–नीतिविपरीत अभिव्यक्ति दिनुका साथै पार्टीभित्र गुटगत संस्कृतिको विकास गर्नमा उद्यत् रहेको आरोपमा कारबाही गरिन लागेको माओवादी उच्च स्रोतको बताएको छ। स्रोतका अनुसार भट्टराईलाई विभिन्न स्थानमा केन्द्रको अनुमतिबिना भेला आयोजना गर्न लगाई कार्यकर्तालाई दिग्भ्रमित हुने खालका एकतर्फी प्रशिक्षण दिएको र पार्टी नेतृत्वको छवि बिगार्ने काममा उद्यत् भएकोजस्ता आरोपमा कारबाही गरिन लागेको हो। भट्टराईलाई विस्तारित बैठकअघि कारबाही गर्ने कि बैठकपछि, त्यसबारेमा टुङ्गो भने लागेको छैन। प्रचण्डनिकट एक केन्द्रीय नेताका अनुसार कारबाहीको सम्पूर्ण तयारी गोप्य रूपमा भइरहेको छ, तर त्यो कहिले सार्वजनिक हुन्छ र कारबाही–प्रक्रिया अघि बढ्छ भन्नेबारेमा अहिले नै भन्न सकिन्न। स्रोतका अनुसार अध्यक्ष प्रचण्ड तत्कालै भट्टराईलाई कारबाही गर्ने पक्षमा हुनुहुन्छ। 'तर, ५ मङ्सिरबाट हुने विस्तारित बैठकअघि नै कारबाही गर्दा पार्टीभित्र भयानक रूप लिन सक्ने खतराका कारण बैठकपछि कारबाहीको प्रक्रिया अघि बढाउन आफूनिकटका नेताहरूबाट सुझाव आएपछि उहाँ मौन बस्नुभएको छ,' एक केन्द्रीय नेताले घटना र विचारसँग भन्नुभयो। प्रचण्डले यसअघि पनि संसद्वादी दल र भारतीयहरूको इशारामा चल्न खोजेको भन्दै सार्वजनिक कार्यक्रममा भट्टराईको चर्को आलोचना गर्नुभएको थियो। प्रचण्डनिकट दर्जनभन्दा बढी नेताले पनि भट्टराई पार्टी हितविपरीत हिँडेको, पार्टीलाई संसदीय मोडलमा लैजान खोजेको भन्दै कारबाहीको माग गर्दै आएका छन्। उहाँहरूले भारतीय नेताहरूसँग पटकपटक गोप्य भेट गरी गोप्य साँठगाँठ गर्न खोजेको आरोपसमेत भट्टराईलाई लगाउँदै आएका छन्। स्रोतका अनुसार भट्टराईलाई उपाध्यक्ष मोहन वैद्य किरणको संयोजकत्वमा आर्थिक, सांस्कृतिक सम्बन्धमा छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन कमिटीको प्रतिवेदनमा दोषी देखिएकाहरूसँगै कारबाही गर्दा बाहिर भट्टराईमाथिको कारबाही पार्टी शुद्धीकरण अभियानभित्रै पर्ने भएकाले बाहिर खराब सन्देश नजाने पनि प्रचण्डलाई सुझाएका छन्। झण्डै पाँच महिना लगाएर तयार गरिएको वैद्यको चालीस पृष्ठभन्दा लामो प्रतिवेदनमा दुई सयभन्दा नेताहरू पार्टी नीतिभन्दा बाहिर रहेका, आर्थिक तथा सामाजिक विचलनमा फसेको, अराजक बनेको आरोप लगाउँदै कारबाहीको सिफारिस गरिएको छ। प्रतिवेदनअनुसार पार्टी प्रवक्ता दीनानाथ शर्मा, वर्षमान पुन 'अनन्त', जनार्दन शर्मा, हिसिला यमी, टोपबहादुर रायमाझी, हितमान शाक्य, शालिकराम जमकट्टेल, सभासद् एवम् वाईसीएल उपत्यका इन्चार्ज चन्द्रबहादुर थापा सागर, दिलीमान तामाङ, अग्नि सापकोटा, बालकृष्ण ढुङ्गेल, प्रभु साह, चन्द्रप्रकाश खनाल, लेखराज भट्ट, दिलबहादुर श्रेष्ठ, पवनमान श्रेष्ठ, कालीसिंह मगर, भक्तबहादुर शाह, भक्ति पाण्डेलगायतका रहेका छन्। यी नेताहरूसँग भट्टराईलाई पनि कारबाही गर्दा एकतर्फी नदेखिने भकोले सामूहिक कारबाही प्रक्रिया अघि बढाउने तयारीमा प्रचण्ड रहेको स्रोत बताउँछ। भूमिगत कालमा पनि अध्यक्ष प्रचण्डले आफूबाहेक सबै नेताहरूलाई एक तह घटुवा गरी कारबाही गर्नुभएको थियो। माओवादी एक केन्द्रीय नेताका अनुसार भट्टराईलाई अहिले लेख्न र बोल्न प्रतिबन्ध लगाइएको छ। भट्टराईको लेख र बोलीबाट पार्टीभित्रको थुप्रै गोप्य र आन्तरिक कुराहरू बाहिर आएको भन्दै लेख्ने र बोल्ने कार्यक्रममा सहभागी नहुन केन्द्रले निर्देशन जारी गरेको छ। स्रोतका अनुसार विभिन्न स्थानमा गरिने पार्टीको कार्यक्रममा भट्टराईलाई मात्र वक्ताको रूपमा राखेर कुनै पनि कार्यक्रम नगर्न पार्टीभित्र रुलिङ नै जारी भएको छ। 'तर, भट्टराईजीले त्यसलाई बेवास्ता गरिरहनुभएको छ, यो राम्रो सङ्केत होइन,' माओवादीका एक स्थायी समिति सदस्यले भन्नु भयो।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out