चौध च्यानललाई चेतावनी

प्रसारण नियम उल्लंघन गरिरहेका चौध टेलिभिजन च्यानललाई भारत सरकारले चेतावनी दिएको छ । यी सबै च्यानललाई एकपटक भन्दा बढी पटक चेतावनी दिइएको हो । कलस्र र एमटीभीलाई त सबैभन्दा बढी चार-चारपटक चेतावनी दिइसकिएको छ ।

मनोरन्जन टीआरपीको होडमा कतिपय च्यानलले केन्द्रिय प्रसारण मन्त्रालयको मापदण्ड उल्लंघन गरिरहेका छन् । पछिल्ला केही समयमा सूचना तथा प्रसारण मन्त्रालयले अश्लिलता र भद्दा टिप्पणी सम्बन्धी केही उजुरीहरु धमाधम दर्ता गरिरहेको छ ।

सरकारले लोकसभा जनाएअनुसार चेतावनी दिएका चौध टिभी च्यानलहरुमा बिन्दास, च्यानल भी, कलस्र, आइबीएन-७, इन्डिया टिभी, एमटिभी, इमेजिन, न्यूज २४, सोनी, स्टार आनन्दो, स्टार न्यूज, स्टार प्लस, टिभी ५ र बीएच १ सामेल छन् ।
मन्त्रालयको नोटिसपछि कलस्र च्यानलले त स्क्रोलबारमा चारपटक माफी मागिसकेको छ ।
मन्त्रालयले विभिन्न टिभी सिरिएल रियालिटी सो विज्ञापन आदिका सम्बन्धमा दर्शकले गरेको गुनासो र उजुरीका आधारमा कारवाही प्रकि्रया अघि बढाएको हो ।

मनोरन्जन कार्यक्रमका लागि नोटिस चेतावनी र निर्देशन दिइएका च्यानलहरुमा दादागिरी, सन यार चिल मार, गेट जर्जियस ५, बिग बोसको दोस्रो र तेस्रो सिजन, आने को है, एमटीभी रोडिज, स्पिलिट्सविला २ र ३, बन्दिनी, पति पत्नी और वो, इस जंगल से मुझे बचाओ, इन्टरटेनमेन्ट के लिए कुछ भी करेगा, सपना बाबुल का, सचका सामना र स्याटर्डे नाइट सामेल छन् ।

बीएच १ द्धारा प्रसारित 'साउथ पार्क'लाई त मन्त्रालयले तत्काल हटाउन निर्देशन दिएको छ । स्टार प्लसद्धारा प्रसारण हुने कार्यक्रम 'सचका सामना'लाई त भारतीय सभ्यताको आधारमा प्रसारण गर्न निर्देशन गरिएको छ । न्यूज च्यानललाई आपत्तिजनक र िहंसालाई प्रेरित गर्ने दृश्यहरु, बिना बैज्ञानिक आधारमा प्रसारण गरिने भ्रामक खबर, आम जनताको भावना भड्काउने र मुम्बइ आक्रमणको दौरान कवरेज गरिएका प्रसारित फुटेजका लागि नोटिस गरिएको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out