स्टेज हिरोइन नन्दिता

आफ्नो आसन्न खाडी टूरलाई लिएर अभिनेत्री नन्दिता केसी यतिबेला आफ्नो 'कन्सेप्ट' तयार पार्न व्यस्त छिन् । भाइटीकापछि सांस्कृतिक कार्यक्रममा ओमान र कतार उड्न लागेकी यी डिम्पल गर्ल अब 'स्टेज हिरोइन' बन्नेछिन् । 'मालतीको भट्टी' सकिएपछि उनी यतिबेला उक्त कन्सेप्टलाई घरमै रिहस्रल गरिरहेकी छिन् । त्यहाँका गैरआवासिय नेपालीले आयोजना गर्न लागेका उक्त कार्यक्रममा नन्दिताले गाउनेछिन् र दर्शकसँग अन्तकि्रया गर्नेछिन् ।

नन्दिताको कम्पोज गजबको छ । 'बिहान उठ्नेवित्तिकै हिमाल देख्न पाइयोस…', 'यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर…', 'थोरै मात्र बचेको शान्ति लुकाउँ कहाँ…'मा नन्दिताले गाउनेमात्र छैनिन् गायनको बीचमा दर्शकसँग भलाकुसारी गर्नेछिन् । 'लास्ट टाइम कोरियामा पनि यसरी नै गाएकी थिएँ' धपेडी र चिसोका कारण ज्वरोसँग संघर्ष गरिरहेकी तन्नेरी हिरोइनले मेरोसिनेमासँग सुनाइन् 'जसका लागि बरु केही छिटो पुगेर त्यहाँका लोकल बासिन्दासँग पर्फमेन्स गर्ने मुडमा छु ।'

मंसिरको चिसोमा त्यता उड्ने नन्दिता दुई साता खाडीको गर्मीमा भुल्नेछिन् । आफूले तयार पारेको 'कन्सेप्ट' खाडीमा श्रम बेचिरहेका नेपाली दाजुभाईप्रति समर्पित हुने नन्दिता बताउँछिन् । 'मान्नुस ती दाजुभाईका लागि मेरो यो तिहारको कोसेली हो' उनी भन्छिन् । खाडीबाट फर्किएपछि गायत्री भुटियाको प्रोजेक्ट 'मृगातृष्णा'मा काम गर्नेछिन् उनले । तिहार मान्न सन्धिखर्क जाँदैछिन् । भन्छिन् 'सबैलाई तिहारको शुभकामना ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out