बलिउड सेलिब्रेटीको तिहार

अमिताभ बच्चनः जुन उत्साहले मुम्बईको जुहुस्थित आफ्नो बंगला प्रतीक्षाको आँगनमा होली खेल्छन्, त्यसैगरी दीपहरूको पर्व तिहारमा पनि अमिताभ उत्साहका साथ मनाउँछन् ।  मुम्बईमा उनका तीनवटै बंगला प्रतीक्षा, जलसा तथा जनकलाई दुहलीझैं झिलिमिली बत्तीले सजाइन्छ । ती बंगलाका मुख्य द्वारलाई फूलको तोरणले आकर्षक रंग-रूप प्रदान गरिन्छ ।  लक्ष्मीपूजाको दिन अमिताभ तथा जयासँगसँगै अभिषेक तथा ऐश्वर्या पनि पूजा गर्छन् । उनीहरू सुरुमा जलसा, त्यसपछि जनक तथा अन्त्यमा प्रतीक्षामा लक्ष्मीपूजा गर्छन् । प्रतीक्षाको  आँगनमा पटकाको पसल नै हुन्छ । यो अवसरमा उनका पारिवारिक तथा चलचित्र क्षेत्रका केही नजिकका साथीका साथै मुम्बईमा रहेका केही नातेदार पनि सहभागी हुन्छन् । घरभित्र  तथा बाहिर उत्सवको वातावरण हुन्छ । सम्पूर्ण बच्चन परिवार अतिथिहरूको स्वागतमा व्यस्त हुन्छ । अमिताभको बंगलामा सगुनका रूपमा तास पनि खेलिन्छ । पैसाको साटो  प्लास्टिकको टोकनले जुवा खेलिन्छ । उक्त टोकन जया बच्चनले तास खेल्न इच्छुकहरूलाई बाँड्छिन् । अमिताभ बच्चन भन्छन्- 'तिहार खुसियालीको पर्व हो, त्यसैले सबै दुःख, पीर  बिर्सेर यो पर्व हर्षोल्लासपूर्वक मनाउने हाम्रो परम्परालाई यस वर्ष पनि निरन्तरता दिँदैछौं ।'
शाहरुख खान ः शाहरुखको बंगला मन्नत पनि सम्पूर्ण रूपमा प्रकाशमय हुन्छ । श्रीमती गौरी तथा छोरा र छोरीसँग उनी घरमै लक्ष्मीपूजा गर्छन् । उनका केही नजिकका साथी पनि  त्यहाँ उपस्थित हुन्छन् । शाहरुख आफ्ना छोरा-छोरीसँग पटका पनि पड्काउँछन् । खान भन्छन्- 'म सानो छँदा पनि सडक-गल्लीहरूमा प्रशस्त पटका पड्काउँथें तर अहिले यो कायर् क्रम घरको पर्खालभित्र  सीमित हुन्छ । मलाई लाग्छ, चाडपर्वहरूमध्ये तिहार नै सबैभन्दा उत्कृष्ट छ । यतिबेला आकाश, धर्ती सबैतिर झिलिमिली हुन्छ । यो रंगीबिरंगी प्रकाशले मन  पनि खुसीले भरिन्छ ।

अक्षय कुमार ः अक्षय कुमार छोरा-छोरीको बुबा बनेपछि घरमै तिहार मनाउन मन पराउन थालेका छन् । परिवारका सबै सदस्य मिलेर लक्ष्मीपूजा गर्छन् । उनी आफू जति नै लोकपि्रय  कलाकार भए पनि आतिसबाजी गर्न छाड्दैनन् । अब त उनलाई उनका छोराले पनि पटका पड्काउन साथ दिन थालेका छन् । अक्षय भन्छन्— 'छोरो ठूलो भएकाले यस पटकको  तिहारमा उसका साथीहरूलाई घरमै बोलाएर पटका पड्काउँदै रमाइलो गर्ने योजना छ ।'

पि्रयंका चोपडा ः पि्रयंका चोपडा अचेल निकै धार्मिक भएकी छिन् । उनी आफ्ना आमा-बुबा तथा भाइसँग गणेश एवं लक्ष्मीको पूजा गर्छिन् । पि्रयंकालाई पटका पड्काउन मन लाग्दै न । भन्छिन्, 'हाम्रो घरमा प्रायः सबै चाडपर्व भारतीय संस्कृति तथा परम्परा अनुसार नै मनाइन्छ । हामी तिहार पनि धूमधामसँग मनाउँछौं ।' पि्रयंकाको घरमा विद्युतीय प्रकाशको  साटो दीयो बाल्ने चलन छ  । पि्रयंकालाई धेरै मिठाई एवं पटका घरमा थुपारेपछि मात्र तिहार आएजस्तो लाग्छ । उनका अनुसार तिहारको मजा त्यसबेला मात्र लिन सकिन्छ जब  परिवारका सबै सदस्य तथा नातेदार एकै ठाउँमा भेला हुन्छन् ।

विपाशा बसु ः हरेक वर्ष तिहारको अवसरमा उनी मुम्बईबाट आफ्नो आमा-बुबाको घर जान्छिन् । बसु भन्छिन्— 'दुर्गा पूजा, काली पूजा आफन्तहरूका बीच मनाउँदा एउटा अलग्गै  आनन्द प्राप्त हुन्छ । किनभने चाडपर्व एक्लै मनाउने कुरा होइन ।' हामी घरमा पटका पड्काउँदैनौं । यसले प्रदँषण मात्र फैलाउँछ । घरको आँगनमा रंगोली त बन्छ, तर त्यसमा  विपाशाको कुनै योगदान हुँदैन । मोटाउने डर हुँदा-हुँदै पनि उनी तिहारमा टन्न रसवरी खान्छिन् । बंगालमा तिहारको लक्ष्मीपूजालाई विशेष महत्व दिइन्छ । यो दिन उनीहरू  अन्धकारमाथि प्रकाशको विजयको घोषणा गर्छन् र त्यसैको खुसीयालीमा रमाइलो गर्छन् ।

मनीषा कोइराला ः मनीषालाई पनि तिहार खुबै रमाइलो लाग्छ । कोइराला भन्छिन्- 'आज पनि मलाई बनारसको न्यू कोलनीस्थित घरमा माटोको दियोमा बत्ती बालेको सम्झना आउ ँछ ।' त्यसैले पनि उनी मुम्बईमा तिहार मनाउँदा आफ्नो घरको छतमा माटोकै दियो बाल्छिन् । लक्ष्मीपूजाको दिन झिरझिरे तथा प्रकाशमय अनार सल्काउँदा उनलाई रमाइलो  लाग्छ । यस पटकको तिहारमा भने उनी काठमाडौंमै मनाउँदैछिन् ।

अमृता राव ः अमृतालाई तिहार सबैभन्दा मनपर्ने चाड हो । उनी यो चाडका लागि पूरै एक वर्ष प्रतीक्षा गर्ने बताउँछिन् । तिहारका लागि उनको घरमा उनकी आमाले नै सबै व्यवस्था  मिलाउँछिन् । अमृतालाई तिहारमा क्यान्डल बाल्न साह्रै रमाइलो लाग्छ । अमृताको ध्यान आफ्नो घरमा बालिएको क्यान्डल अरूको तुलनामा भिन्न तथा आकर्षक देखियोस् भन्ने  कुरामा केन्दि्रत हुन्छ । पहिले-पहिले उनीहरू घरमै क्यान्डल बनाउँथे तर अचेल उनी बजारबाट एउटा ठूलो तथा प्रसस्त साना क्यान्डल ल्याउँछिन् र आफ्नो कोठा, पूजा कोठादेखि  सम्पूर्ण घर नै झिलिमिली बनाउँछिन् । अमृतालाई ठूलो आवाजमा पड्किने पटका पड्काउन डर लाग्छ । उनलाई लक्ष्मीपूजा गर्न पनि रमाइलो लाग्छ । उनीहरू मन्दिर गएर  परम्परागत रूपमा पनि लक्ष्मीपूजा गर्छन् ।

शिल्पा सेट्टी ः तिहारको अवसरमा शिल्पाको घरमा विभिन्न प्रकारका सजावटी सामान देख्न पाइन्छ । झिलिमिली बत्ती बाल्न उनी तिहारको दिन बिहानैदेखि उत्साहित हुन्छिन् ।  शिल्पाकी आमालाई परम्परागत दक्षिण भारतीय सजावट मन पर्छ । शिल्पाको घरमा एउटा ठूलो मन्दिर पनि छ, जहाँ नियमित पूजाआजा गरिन्छ । उनकी आमा पूजाकोठालाई  सजाउन व्यस्त हुन्छिन् । तिहारको बेला शिल्पा पनि पूजाकोठामा दियो बाल्छिन् ।

विद्या बालन ः सानै उमेरदेखि उनलाई घर सजाउने सौख थियो । तिहारको बेला त घर सजावट गर्ने कार्यमा विद्या नै सबैभन्दा अगाडि हुन्थिन् । उनको यो बानी अहिलेसम्म हटेको  छैन । नायिकाका रूपमा व्यस्त भएपछि चाहिं उनलाई तिहारको बेला घरमा पर्याप्त समय दिन नपाएको दुःख लाग्छ । त्यसैले उनी  तिहारमा सकेसम्म घरमै बस्ने प्रयास गर्छिन् र  सबैको काममा सहयोग पुर्‍याउन चाहन्छिन् । तिहारका अवसरमा रंगोली सजाउन उनलाई कसैले भेट्न सक्दैन । उनलाई पटका पड्काएको मन पर्दैन । धेरै पटकाले वातावरण प्रदँषण  हुने विद्याको तर्क छ । तिहारमा विद्युतीय उपकरणको साटो दियो बाल्नु उचित हुने उनी बताउँछिन् ।

सोनम कपुर ः सोनम पनि सानैदेखि सिर्जनात्मक कार्यमा रुचि राख्थिन्, त्यसैले अहिले पनि तिहारको दिन घरको साज-सज्जाको जिम्मा उनलाई नै दिइन्छ । उनी हजुरआमा तथा  आमासँग मिलेर रंगोली बनाउँछिन् । तिहारमा उनी मैनबत्तीको तुलनामा दियो बालेर घरलाई झिलिमिल बनाउन मन पराउँछिन् । उनलाई चर्को आवाज आउने पटका मन पर्दैन ।  त्यसैले उनी झिरझिरे बालेर आफ्नो खुसी व्यक्त गर्छिन् । तिहारको दिन सोनमको परिवार तडकभडकको साटो साधारण शैलीलाई महत्व दिन्छन । तिहार झिलिमिलीको पर्व हो, चर्को  आवाजको होइन भन्ने कुरालाई महत्व दिने सोनम यसपटकको तिहारमा पनि पटका पड्काउँदिनन् ।

गोविन्दा ः गोविन्दा प्रत्येक तिहारमा आफ्नी आमालाई सम्झन्छन् । आमाको हातको स्वादिष्ट मिठाई खाँदै तिहार मनाएको उनी कहिल्यै बिर्सन सक्दैनन् । अहिले पनि उनी तिहारको  दिन परिवारका सदस्यहरूसँग बसेर लक्ष्मीपूजा गर्छन् । साथीहरूलाई भेला पारेर पटका पड्काउँछन् । जे जसरी तिहारलाई उल्लासमय बनाए पनि उनी आफ्नी आमालाई भने बिसर्न  सक्दैनन् ।

सुनील सेट्टी ः सुनिलका लागि तिहार सबैभन्दा उत्कृष्ट पर्व हो । उनी यो पर्व आफ्ना परिवारका सदस्यहरूसंग मनाउँछन् । सुनिल तिहार मनाउनकै लागि परिवारका सदस्यहरूसहित  लोखनवाला जान मन पराउँछन् । तिहारको बेला चलचित्रको छायांकन भैरहेको छ भने उनी छायांकनस्थलमै परिवारका सदस्यहरूलाई बोलाएर रमाइलो गर्छन् । यसपटकको तिहार  भने उनी मुम्बईमै मनाउँदैछन् ।

एकता कपुर ः हरेक वर्षको तिहारझैं यस वर्ष पनि उनी पूजा गर्दै तिहार मनाउने तयारी गर्दैछिन् । एकताको परिवारमा पूजाआजा गरी तिहार मनाइन्छ । पूजाबाट प्रारम्भ हुने उनको  तिहार पटका पड्काउँदै सम्पन्न हुन्छ ।

जायद खान ः मेरो विचारमा तिहार मोज-मस्तीको पर्व हो, तर तिहारमा पटका पड्काउने क्रममा सावधानी अपनाउन बिर्सनु हुँदैन । तिहार शान्ति तथा भाइचारा सञ्चार गर्ने दिन  हो । त्यसैले हामीले सबै भेदभाव बिर्सेर सकारात्मक उर्जाका साथ यो पर्व मनाउनुपर्छ ।

शत्रुघ्न सिन्हा ः शत्रुघ्नको घरमा पनि उल्लासमय ढंगले तिहार मनाइन्छ । उनको घर बिजुलीको प्रकाशले झिलिमिली हुन्छ । श्रीमती पूनम, छोरा लव तथा कुश अनि छोरी सोनाक्षीसँग  उनी घरभित्रै निर्माण गरिएको मन्दिरमा पूजा गर्छन् । शत्रुघ्न भन्छन्- 'तिहारको बेला ठूलाले सानालाई आशीर्वाद दिनु, उनीहरूको खुसीयालीमा सहभागी हुनु हाम्रो परिवारको पुरानो  परम्परा हो ।'

राज बब्बर ः अभिनेताबाट नेता बनेका राज बब्बरको बंगला नेपथ्यमा पनि तिहारको दिन अलग्गै प्रकारको वातावरण हुन्छ । तिहारको दिन बिहानै सम्पूर्ण बब्बर परिवार पूजा तथा  हवनमा व्यस्त हुन्छ । राजकी श्रीमती नादिरा बब्बरको नाट्य संस्था एकजुटका  कलाकार, राज बब्बरका आमा-बुबा, छोरी जुही, छोरा आर्य बिहानको हवनदेखि राति आयोजना हुने  पटकाबाजी तथा खानपिनसम्ममा सँगै हुन्छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out