ठेक्काको कमिसन विवादमा माओवादीबीच कुटाकुट

तीन जिल्ला कार्यकर्ता निलम्बित-
कमल थापा, रुकुम, कात्तिक १३- पार्टीभित्रको आन्तरिक विवादलाई सकभर भित्रै मिलाउने एकिकृत नेकपा माओवादीका कार्यकर्ता ठेक्का कमिसन भागबण्डा गर्ने विषयमा कुटाकुट गरेका छन्। नेपाली सेनाको रासन ठेक्काको विषयलाई लिएर माओवादी कार्यकर्ता आपसमा भिडेका हुन्।
कात्तिक ९ गते नेपाली सेनाको दि फेमस महिन्दा दल गणले खोलेको रासन ठेक्कामा ठेकेदारहरुबाट आएको कमिसन रकम वितरणमा कुरा नमिल्दा पार्टी कार्यकर्ताहरु आपसमा कुटपिट चलेको हो। अहिले त्यो कुटपिट र कमिसनको विषय प्रेस विज्ञप्तीमार्फत् सडकमै आएको हो।सो आपसी विवादमा एकिकृत नेकपा माओवादीका राज्य समिती सदस्य एवं जिल्ला कमिटी सचिवालय सदस्य धनवीर ओली माओवादी कार्यकर्ताकै कुटाईबाट घाइते भएका छन्।

रासन ठेक्कामा ठेकेदारहरुबाट आएको कमिसन वितरणमा कुरा नमिल्दा वाइसिएलका जिल्ला सदस्य विशाल गौतम समूहको कुटाइवाट माओवादी सचिवालय सदस्य ओली घाइते भएका हुन्। उनलाई कमिसन वितरण स्थलमै कुटिएको एक माओवादी नेताले बताए। स्थानीय युवाहरुलाई भन्दा काठमाडौंबाट बोलाइएका युवाहरुलाई माओवादी नेतृत्वले बढी कमिसन दिएकाले ओलीलाई कुटपिट गरिएको विशाल गौतमले वताए।

'नेपाली सेनाको रासन ठेक्कामा जिल्लाको पार्टी नेतृत्वले काठमाडौं बोलाइएका २ गाडी गुन्डाहरु प्रयोग गरेको थियो, उनीहरुलाई नै बढी कमिसन दिइएको स्रोतले बतायो।

सबै युवालाई बराबर रकमको माग गर्दा आपसमै विवाद भएपछि कुटपिट भएको हो।' विशालले भने 'पार्टी नेतृत्वले हामी जस्ता युवाहरुलाई उपेक्षा गरेर बाहिरकालाई प्राथमिकता दिने काम बन्द गर्नु पर्छ, अन्यथा अझैं विवादले ठूलो रुप लिन सक्छ।'

व्यक्तिको चरित्र हत्या गर्ने उद्देश्यले पार्टी नेतृत्वले प्रचारबाजी गरेको विशाल समूहको भनाइ छ। कुटपिट र विवादको विषयमा तत्काल कुनै प्रतिक्रिया नदिने पीडित ओलीले बताए। 'यसको विषयमा जिल्ला सेक्रेटरी कमरेडलाई सोध्नु होला, अहिले म केहि भन्न सक्दिन' ओलीले भने।

एकिकृत नेकपा माओवादीले भने पार्टीको नीति, सिद्धान्त विपरित गई अवाञ्छित र अराजक क्रियाकलापमा लागेको भन्दै ३ जना कार्यकर्तालाई निलम्वन गरेको जनाएको छ।

यसरी निलम्वनमा पर्नेहरुमा एकिकृत माओवादीका रुकुमका सचिवालय सदस्य नविन भनिने ईश्वरमान बुढा, वाइसिएलका जिल्ला सदस्यहरु विशाल गौतम र युवन पुन रहेका छन्।

पार्टी हित विपरित गएर अराजकता र विसंगती ल्याएको भन्दै उनिहरुलाई निलम्वन गरिएको जिल्ला पार्टी सेक्रेटरी रामसुर बूढाद्वारा प्रकाशित गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ।

'राम्रो काम गर्नेलाई समेट्ने र नराम्रो काम नेता कार्यकर्ताहरुलाई पन्छाउने गर्ने नीति अनुरुप उनीहरुलाई अनिश्चितकालिनरुपमा निलम्वन गरिएको हो' विज्ञप्तीमा छ।

उता आफूहरुलाई पूर्वाग्रहीरुपमा बिना सूचना पार्टी नेतृत्वले कार्वाही गरेको भन्दै निलम्वित ३ जनाले शनिवार संयुक्त प्रेस विज्ञप्ती मार्फत पार्टी सेक्रेटरीको कार्वाहीको माग गरेका छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out